काठमाडौं— मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघु
काठमाडौं— नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते मध्यान्ह १२ बजेसम्म तोकिएको छ । आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ ।ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने
काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं— किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका २ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा मोडालिटी तयार भएको हो ।निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालि
काठमाडौं— सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँ बराबरका १५ लाख ५० हजार कित्ता शेयर स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।आयोज
काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल
काठमाडौं— उद्योग दर्तादेखि सञ्चालनमा ल्याउने प्रक्रियासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ।काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राख्दै स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर तथा अनुमति पत्र हटाउने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ।कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसँगै उद्यमी–व्यवसायीहरूको मनोबल उकास्न सु
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) बाट समानुपातिक सूचीमा नाम परेकी गोल्ड स्टार जुत्ता कम्पनीकी मालिक विदुषी राणाले आलोचनापछि आफ्नो उद्देश्य स्पष्ट गर्दै संसदमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज उठाउन आउने बताएकी छन् ।गायिका त्रिशाला गुरुङ, युवा व्यवसायी सचिन ढकाल र मिडियाकर्मी आसिफ शाहले आलोचनापछि नाम फिर्ता लिएको घोषणा गरेका थिए । तर राणाले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्ने र व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि नभई औद्योगिक अनुभवमार्फत राष्ट्र र समाजको हितमा काम गर्ने उद्देश्य रहेको उल्लेख गरेकी छन्
रामेछाप— अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ ।नदीको सतह चिर्दै पानी माथि ठुलो माछा पौडिए जस्तै दौडने जेटबोटले यात्रुहरूलाई केही मिनेटमै साहसिक अनुभूति दिलाउँछ । जलमार्गबाट छिटो यात्रा र रोमाञ्चक अनुभव चाहने पर्यटकका लागि तामाकोसी मरिण एडभेन्चर प्रा।लि।ले यो सेवा सुरु गरेको हो ।जेटबोट सञ्चालनअघि तामाकोसी नदीको बहाव, गहिराइ र भौतिक अवस्थाको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.