काठमाडौं । नेपालको सवारी बजार पेट्रोल–डिजेलबाट विद्युतीय तथा नयाँ प्रविधितर्फ तीव्र रूपमा मोडिँदै गर्दा त्यसको झल्को काठमाडौंको भृकुटीमण्डपमा देखिएको छ । मंगलबारदेखि सुरु भएको दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा एकै ठाउँमा नयाँ सवारीसाधन, प्रविधि र मोबिलिटीसँग जोडिएका सेवाहरू प्रदर्शनमा राखिएका छन् ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार यसपटक ५५ भन्दा बढी ब्रान्ड र ५१ वटा स्टल सहभागी छन् । एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको छ ।एक्स्पोको मुख्
काठमाडौं । पर्साको वीरगन्जमा स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएर ठूलो रकम बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार राति उनीहरू पक्राउ परेका हुन् । प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका दुई मोटरसाइकलमा सवार चार जनाको साथबाट ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहारको सितामढीका २६ वर्षीय सुरज कर्ण, पर्साका २५ वर्षीय राहुल गुप्ता, बाराका ३२ वर्षीय उपेन्द्र साह र २६
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार विशेष अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध दायर मुद्दामा बयान सुरु भएसँगै अब अदालतको प्रक्रिया थुनछेकतर्फ अघि बढ्ने भएको छ ।गोल्छा विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयानका लागि उपस्थित भएका हुन् । उनको बयान अहिले चलिरहेको छ ।बयान सकिएपछि अदालतमा थुनछेकसम्बन्धी बहस सुरु हुनेछ । वादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भएपछि गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारि
काठमाडौं । भदौ २३ र २४ गतेको घटनामा जलेर नष्ट भएका सरकारी कागजातका कारण रोकिएको लेखापरीक्षणलाई वैकल्पिक प्रमाणबाट अघि बढाउने बाटो सरकारले अघि सारेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्राथमिक कागजात नष्ट भए पनि उपलब्ध अन्य स्रोतबाट तथ्य रुजु गरेर लेखापरीक्षण अघि बढाउन सकिने बताएका छन् ।मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले भदौ २३ र २४ गतेको घटनालाई कानुनी भाषामा ‘फोर्स मेजर’ अर्थात् काबुबाहिरको परिस्थितिका रूपमा परिभाषित गर्न सकिने बताए । यस्तो अवस्थामा घटनालाई दुर्घटनाको आयामभित्र राख्न सकिने उनको भनाइ थियो ।महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअ
काठमाडौं । जापान जाने सपना देखाएर ठूलो रकम असुल गरेको आरोपमा बुटवलबाट एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।ग्याट्सबी इन्टरनेसनल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) २९ वर्षीय प्रतीक बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो ।ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथली निवासी बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएको आरोप छ ।जापान पठाउने प्रक्रिया, रोजगारी र अन्य अवसरको आश्वासन दिएर रकम संकलन गरेको भन्दै उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी परेको थियो
काठमाडों / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं / सानिगाड हाइड्रो लिमिटेडले ऋणसम्बन्धी वित्तीय खर्च उल्लेख्य रूपमा घटाउन सफल भएपछि गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा करिब चार गुणाले बढेको छ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा वित्तीय खर्च ५७ करोड ५१ लाख रुपैयाँबाट घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ। एक वर्षमै करिब १७ करोड रुपैयाँ खर्च बचत हुँदा कम्पनीको खुद नाफा ३९०.१५ प्रतिशतले बढेर २६ करोड ५८ लाख रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४२ लाख रुपैयाँ थियो।विद्युत् बिक्रीबाट प्राप्त आम्दानी पनि ३.६९ प्रतिशतले वृद्धि भई १ अर्ब ११ करोड रुपैयाँ पुगेको
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले मंगलबार एकैदिन ठूलो उछाल लिएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको सुनको भाउ मंगलबार प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।एकैदिनको ठूलो वृद्धिसँगै सुनको मूल्य फेरि ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको हो ।सुनसँगै चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार प्रतितोला ४ हजार ६ सय ७०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरूसँग निकट रहेर शक्तिको केन्द्रमा काम गरेका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिको स्रोतबारे अख्तियारले अनुसन्धान थालेको हो ।अख्तियारले भानु देउवाको सम्पत्तिको विस्तृत अनुसन्धानका लागि प्रचलित भाषामा ‘१३ पाने फारम’ भराइसकेको स्रोतले जनाएको छ । आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारको नाममा रहेको सम्पत्ति तथा त्यस
काठमाडौं । वर्षौंदेखि बन्द रहेको मुलुककै ऐतिहासिक औद्योगिक प्रतिष्ठान विराटनगर जुट मिल पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी थालेको छ । मिलको वर्तमान अवस्था, सम्पत्ति, मेसिनरी, आर्थिक तथा कानुनी जटिलता अध्ययन गरी सञ्चालनको व्यवहारिक विकल्प पहिचान गर्न सरकारले विज्ञसहितको कार्यदल गठन गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई एक महिनाभित्र विराटनगर जुट मिल पुनः सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीतिसहितको प्रतिवेदन उद्योग,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.