जीवनशैली

    Showing 11-20 of 350 items.
  • चिसो बढ्दै जाँदा मुस्ताङमा पर्यटकको चहलपहल घट्दो

    मुस्ताङ— हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँगै पर्यटक आगमनमा कमी देखिन थालेको छ। अत्याधित चिसो बढेसंगै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्।अघिल्ला महिनामा पर्यटकले भरिभराउ रहने लोमान्थाङ, जोमसोम, कागबेनी र मार्फाजस्ता प्रमुख गन्तव्य क्षेत्रमा हाल पर्यटकको उपस्थिति न्यून देखिएको छ। विशेषगरी हिमपात र अत्यधिक चिसोका कारण पदयात्रा तथा खुला गतिविधि प्रभावित हुँदा पर्यटकहरू अन्य गन्तव्यतर्फ आकर्षित भएको व्यवसायीहरूको भनाइ छ।होटल तथा लज सञ्चालकका अनुसार चिसो मौसम सुरु भएसँगै बुकिङ रद्द हुने क्रम बढेको छ भने दैनिक आवागमन पनि घटेको छ। स्थानीय तहले भ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 352 पटक पढिएको
  • आजको मौसमः तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु–कुहिरो रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ भने देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।हुस्सु–कुहिरोका कारण बिहानको

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 407 पटक पढिएको
  • पोखरामा ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु

    काठमाडौं— पोखरामा शुक्रबार(आज)देखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ ।पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृ

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 345 पटक पढिएको
  • अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

    काठमाडौं— पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभिया

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 342 पटक पढिएको
  • सरस्वती पूजा नजिकिँदा मूर्तिकारलाई भ्याईनभ्याई, मौसमले थप्यो चुनौति

    जनकपुर— सरस्वती पूजा आउन १५ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ ।जनकपुरधामसहित धनुषामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् ।सिजनल काम भएकोले गर्दा वर्षभरि अरु काम गर्ने र चाडपर्व नजिक आउँदा मूर्ति निर्माणमा व्यस्त हुन्छन मूर्तिकारहरु ।यसपाली भने मूर्तिकारहरुलाई असहजता भएको देखिएको छ । घाम नलागेका कारण माटो मुछ्नेदेखि लिएर मूर्ति सुकाउन समेत गाह्रो भएको बताउँछन् जनकपुरधामका मूर्तिकार उतीम लाल पण्डित । अत्याधिक चिसो बढेका कारण माटो मुछ्दा हात खुट्टा सुन्निने

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 386 पटक पढिएको
  • टोखा नगरपालिकाको ९ नम्बर वडामा ‘एक वडा, एक पार्क’ नीति कार्यान्वयन

     काठमाडौं— टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क अनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५५ काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।उनले भने, ‘पूर्वाधारमा हामी ८५५ काम सकिसकेका छौ र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौ । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, एक वडा, एक पार्क भने जस्तै, हामीले बसपार्कको नजिकै

    • प्रकाशित मितिः पुस २४, २०८२
    • 384 पटक पढिएको
  • ‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै

    काठमाडौं— इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ ।निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ ।पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु भई पूर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै इलाम नगरपालिकाको माईस्थान मन्दिरमा समापन हुनेछ । ४१ किलोमिटर लामो उक्त पदमार्ग प्राकृतिक सौन्दर्य, गाउँजीवन र ऐतिहासिक स्थलसँग जोडिएको छ ।सूर्यो

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 355 पटक पढिएको
  • ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ तयारी सुरु, आवेदनको माग

    काठमाडौं— मेकअप आर्टिस्ट टेकराज पाण्डेद्वारा सञ्चालित ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगिता २०१५ देखि सुरु भएको हो ।सपनामा देखेको अवधारणालाई बिपनामा उतार्ने लक्ष्यसहित सुरु गरिएको कार्यक्रम सुरुका दिनमै नाकाबन्दी जस्तो कठिन परिस्थितिमा पनि सफलतापूर्वक सम्पन्न भएको आयोजक पाण्डेले बताए ।हाल साथीभाइ र शुभेच्छुकहरूको सल्लाह तथा सहयोगले कार्यक्रम अघि बढाउन हौसला मिलेको उनको भनाइ छ ।प्रतियोगिताको मूल उद्देश्य सौन्दर्य मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको रहेको पाण्डेको भनाइ छ ।‘ब्यूटिफुल’ शीर्षक मेकअप आर्टिस्टको पहिचानसँग जोडिए पनि भविष्यमा यसलाई एउटा ब्रान्डका रूपमा स्थापित गर्दै समाजसे

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 354 पटक पढिएको
  • रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’: तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

    रामेछाप— अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ ।नदीको सतह चिर्दै पानी माथि ठुलो माछा पौडिए जस्तै दौडने जेटबोटले यात्रुहरूलाई केही मिनेटमै साहसिक अनुभूति दिलाउँछ । जलमार्गबाट छिटो यात्रा र रोमाञ्चक अनुभव चाहने पर्यटकका लागि तामाकोसी मरिण एडभेन्चर प्रा।लि।ले यो सेवा सुरु गरेको हो ।जेटबोट सञ्चालनअघि तामाकोसी नदीको बहाव, गहिराइ र भौतिक अवस्थाको

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 379 पटक पढिएको
  • काठमाडौंमा चिसो बढ्यो, आजको तापक्रम ३.० डिग्री

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ ।लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 340 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा