जीवनशैली

    Showing 221-230 of 350 items.
  • युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री

    काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली युवाहरूले ‘देशमै केही गर्न सक्छु’ भन्ने आत्मविश्वास विकास गर्नु आवश्यक रहेको बताएका छन्।राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले युवाहरूलाई देशको प्रमुख शक्ति स्रोतको रूपमा उल्लेख गर्दै उनीहरूले स्वदेशमै उद्यम गर्नुपर्नेमा जोड दिए।उनले बाध्यतापूर्ण वैदेशिक रोजगारलाई आगामी १० वर्षभित्र अन्त्य गर्ने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ कार्यक्रम अघि सारिएको जानकारी गराए।“वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यात्मक हैन,” मन्त्री भण्डारीले भने, “जो जा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 306 पटक पढिएको
  • अविरल वर्षाले धनगढीका बस्ती डुबानमा, सडक र पसल जलमग्न

    कैलाली — गए रातिदेखिको लगातार वर्षाका कारण धनगढी बजार र आसपासका धेरै क्षेत्र आज बिहानदेखि जलमग्न भएका छन्। विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार र कटान गाउँको दक्षिण क्षेत्रमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन्।भारी वर्षाले सडक र नालीहरू भरिँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। धेरै पसलहरू पनि पानीमा डुबेका छन्। स्थानीयहरूका अनुसार, पुराना र अव्यवस्थित नाली तथा पानी निकास प्रणाली प्रभावकारी नहुँदा वर्षात्को समयमा डुबानको समस्या बारम्बार दोहोरिँदै आएको छ।वर्षैपिच्छे डुबानको समस्या हुनुमा खोलानाला अतिक्रमण प्रमुख कारण रहेको स्थानीयवासीहरू बता

    • प्रकाशित मितिः असार १६, २०८२
    • 269 पटक पढिएको
  • सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ

    काठमाडौं - सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैया

    • प्रकाशित मितिः असार १६, २०८२
    • 264 पटक पढिएको
  • पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

    काठमाडौं, १६ असार । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने तपाईलाई धेरै फाइदा मिल्नेछ । पोषणविदहरूका अनुसार काँचो आँपमा भिटामिन सी प्रशस्त हुन्छ।  आँपमा प्रचुर मात्रामा एन्टि अक्सिडेन्ट पाइन्छ, जसले फ्री रेडिकलबाट बचाउँछ । जानौं काँचो आँप खाँदा धेरै स्वास्थ्य लाभ हुन्छ ।गर्मीबाट जोगाउनगर्मीमा सबैभन्दा ठूलो समस्या

    • प्रकाशित मितिः असार १६, २०८२
    • 233 पटक पढिएको
  • नेपाली पौरखी हातले तयार ‘जुजु धौै’ : विदेशी समेत झुम्मिन्छन्

    काठमाडौं -  आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ । नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ ।असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ । यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन् । यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन् । यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ – खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ ।तर आज मनाइने धान दिवस र

    • प्रकाशित मितिः असार १५, २०८२
    • 324 पटक पढिएको
  • बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

    यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् ।यदि तपाईं पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ भने तपाईंले यो मौसममा आफ्नो छाला हेरचाहका लागि दिनचर्यामा केही परिवर्तन गर्न आवश्यक छ। आउनुहोस्, हामी यो मौसममा पनि कसरी आफ्नो छालालाई ताजा र चम्किलो राख्ने भन्ने बारेमा जानकारी दिनेछौं ।हाइड्रेसनवर्षाको मौसममा छाला तैलीय हुन्छ, जसका कारण छालामा पिम्पल र एक्ने हुन सक्छ। यसका लागि दैनिक रूपमा एलोवेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। य

    • प्रकाशित मितिः असार १५, २०८२
    • 206 पटक पढिएको
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 286 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 332 पटक पढिएको
  • "जसलाई जीवन ठानेकी थिइन्, उहीले एक्लो बनाए: मनिकाको अन्तरजातीय विवाहको मूल्य"

    गोरखा — असारको तातो गर्मी, जस्ताले छाएको साँघुरो एक कोठे टहरो, झ्याल छैन, एउटा मात्र ढोका छ। यही 'कालकोठरी'मा पसिना चुहाउँदै ओत लागिरहेकी छिन् २१ वर्षीया मनिका परियार र उनका एक महिनाका नवजात छोरा। आफ्नै नाममा माटोको धुलोसमेत नरहेको उनी, काकी पार्वती परियारको टहरोमा शरण लिएकी छन्।गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी मनिका जेठ १० गते गोरखा अस्पतालमा आमाबनेकी हुन्। गर्भ रहँदै पतिबाट तिरस्कृत, परिवारबाट बहिष्कृत, माइतीको साथसमेत नपाएकी मनिकाका लागि छोरै एक मात्र सहारा बनेको छ।तर जब उनलाई सोधियो, "छोराको नाम के राख्नु भयो त?" — उनी छाँगाबाट खसेझैँ भइन्। "न्वारानै गर्न पाइएन, नाम सोचिएको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 319 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 388 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा