जीवनशैली

    Showing 51-60 of 350 items.
  • उपत्यकामा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

    काठमाडौं— पश्चिमी वायुको प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको कारण काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनेको छ।मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज दिउँसोपछि क्रमशः कमजोर हुने अनुमान गरिएको छ। तर त्यसपछि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालमा पर्ने सम्भावना रहेको बताइएको छ।मौसमविद्हरूले वर्षाका कारण तापक्रम घट्ने र हवाई तथा सडक यातायातमा समेत असर पर्न सक्ने चेतावनी दिएका छन्।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 412 पटक पढिएको
  • अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

    काठमाडौं— सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ ।९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो ।कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ । अ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 477 पटक पढिएको
  • रारातालमा आन्तरिक–बाह्य पर्यटकको घुइँचो लाग्दा राजस्वमा वृद्धि

    मुग— दशैं–तिहार सकिनासाथ कर्णाली प्रदेशको मुगुमा अवस्थित प्रसिद्ध राराताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने राराताल कर्णालीको पर्यटन मुटुका रूपमा परिचित छ ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म मात्र २ हजार ३४७ जना आन्तरिक तथा २७ जना बाह्य पर्यटक रारा पुगेका छन् । सोहि अवधिमा प्रवेश शुल्कबाट मात्र २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटकले भ्रमण गर्दा २८ लाख ५३ हजार ९ सय राजस्व संकलन भएको थियो ।निकुञ्जका वरिष्ठ गेम

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 472 पटक पढिएको
  • बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

    काठमाडौं— बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुपथुर, ति

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 512 पटक पढिएको
  • इनरुवामा मोटरसाइकल ठक्कर: महिला गम्भीर घाइते, आर्थिक सहयोगको याचना

    सुनसरी — सुनसरीको इनरुवा–७ निवासी बेचनीदेवी साह ग्यालेम्बर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। दुर्घटना कार्तिक ४ गते साँझ करिब ६ बजेतिर घटेको हो।प्रत्यक्षदर्शीका अनुसार मनिस कुमार यादवले चलाएको ग्यालेम्बर मोटरसाइकलले बेचनीदेवीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर रूपमा घाइते भएकी साहलाई तत्काल उपचारका लागि नोबल अस्पताल लगिएको र अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घाइतेकी साहका छोरा वीरेन्द्र कुमार साहका अनुसार उपचारका क्रममा लाखौं रुपैयाँ खर्च भइसकेको छ र थप उपचारका लागि आर्थिक अभाव देखिएको छ। उनले आमाको ज्यान बचाउनका लागि सहयोगकाे याचना समेत गरेका छन्।उनका भनाइअनुसार चालक पक्षबा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 535 पटक पढिएको
  • हिमपातको जोखिमः आगामी कात्तिक १४ सम्म अन्नपूर्ण बेसक्याम्प जान रोक

     म्याग्दी— जिल्लामा बढ्दो हिमपातको जोखिमलाई मध्यनजर गर्दै म्याग्दी जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण बेसक्याम्प (एबीसी) भ्रमणमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रशासनले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म सम्पूर्ण यात्रु र पर्यटकलाई एबीसी नजान आग्रह गरेको हो।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कात्तिक १० देखि १२ गतेसम्म देशका विभिन्न भागमा सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। सोही कारण म्याग्दीका उच्च पहाडी क्षेत्रहरूमा जोखिम बढेको प्रशासनले जनाएको छ।हाल जिल्लाभर वर्षा भइरहेको र अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा हल्का हिमपात सुरु भइसकेको प्रमुख जिल्ला

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 465 पटक पढिएको
  • मुस्ताङमा भारी हिमपात भएपछि जनजिवन प्रभावित

    काठमाडौं— हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।  गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 458 पटक पढिएको
  • हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, मिति २०८२/०७/१० गते रातीदेखि २०८२/०७/१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ । हिमपात र वर्षाले दैनिक जीवनसँगै

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 440 पटक पढिएको
  • महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

    काठमाण्डौ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएका छन् ।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोट

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 246 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। राति भने मौसम देशभर मुख्यतया सफा (लगभग पूरै आकाश सफा) रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ। मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 193 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा