रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् । गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन् । निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कने क्
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
पोखरा । कानूनी तथा संवैधानिक जनचेतनाका लागि पोखरा रिसर्च सेन्टरले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेको छ ।असोज २६ देखि ३१ गतेसम्म चल्ने यो प्रदर्शनीले संघीयता र यसको संरचनात्मक विषयलाई बलियो बनाउने पोखरा रिसर्च सेन्टरका अनुसन्धान सहायक श्रीकृष्णध्वज बस्नेतले बताए । ‘अहिले हामीले संविधानमा भएका व्यवस्थाहरु प्रदर्शनीमा राखेका छौँ । जसको कारणले एउटा नागरिक स्तरमा एउटा कानुनी जनचेतना तथा संवैधानिक चेतना वृद्धि गर्ने हिसाबले हामीले यो कार्यक्रम गर्दै आइरहेका छौँ,’ उनले भने । उनका अनुसार प्रदर्शनीमा संविधानमा भएका व्यवस्थाको विषयमा अन्तक्र्रिया गर्नुका साथै विभिन
काठमाडौं— हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौं— काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा आज उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका छन्।‘यो अहिले बिहान ५ः४५ बजेको मापन हो’, ती मौसमविद्ले भने, ‘आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ः४५ बजे पुन मापन हुन्छ। त्यतिबेला थोरै अझ घट्न पनि सक्छ। अथवा यत्ति नै रहन पनि सक्छ। तर यसभन्दा बढ्ने सम्भावना हुँदैन।’ ९ दिनअघि असोज २० गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
बाजुरा । बाजुरामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । कर्णाली नदीमा वेवारिसे अवस्थामा उक्त शव फेला परेको हो । जिल्लाको पुर्वि उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर ६ झुगला स्थित कर्णाली नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी देव वहादुर चौधरीले बताए ।उनका अनुसार कर्णाली नदीमा नदिले बगाएर ल्याएको अवस्थामा शव फेला परेको बताएका छन्। वेवारिसे अवस्थामा महिलाको शव फेला परेको भन्ने खवर स्थानीयले प्रहरी चौकी धुलाचौरलाई खवर गरे पश्चात् घटनास्थलमा प्रहरी खटाई शव नियन्त्रणमा लिएको बताएका छन् ।फेला परेको शवको पहिचान भने हुन सकेक
काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने स
काठमाडौं । देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुरयाएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् । रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । पाँचथर, खोटाङ, काभ्रे, मो
काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।अरनिको राजमार्गमा एकतर्फी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.