रौतहट— शनिबार साँझको आकस्मिक मौसम परिवर्तनले रौतहट जिल्लामा दुःखद क्षति पुर्याएको छ। हावाहुरीसहितको अविरल वर्षाका बीच परेको चट्याङले तीन जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीको सेवा सञ्चालनमा प्रयोग हुने उपकरणसमेत क्षति पुर्याएको छ।साँझ करिब ६ बजे चट्याङ लागेर कटहरिया नगरपालिका–२ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । दुवै किशोर घर बाहिर सामान्य रूपमा घुमिरहेका बेला चट्याङ लागेको कार्कीको भनाइ छ ।यसैगरी, ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षीय शेख जमरुन (ननक) पनि आफ्नै घरको
काठमाडौं— नारायणगढ(मुग्लिन सडक खण्डको तीन ठाउँमा पहिरो खसेको छ । तुइनखोला, कालीखोला तथा फिस्लिङदेखि उत्तर खण्डमा पहिरो खसेको चितवनका प्रमुख जिल्ला गणेश अर्यालले जानकारी दिए ।उनका अनुसार पहिरोका कारण दुवैतर्फ सडक अवरुद्ध रहेको छ । तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको सीडीओ अर्यालको भनाइ छ । पहिरो गएका स्थानमा बाटो खुलाउने प्रयास भइरहेको उनले बताए। पहिरोको जोखिमका कारण शुक्रबार साँझ ६ बजेदेखि जिल्ला सुरक्षा समितिले नै यस क्षेत्रमा गाडी चलाउन रोकेको थियो ।
काठमाडौं— अविरल वर्षाले काठमाडौं उपत्यकाका खोला किनारका बस्तीहरूलाई जोखिममा पार्न थालेको छ। बागमती नदीको पानीको सतह बढ्दै जाँदा टेकु क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा बाढी पस्न थालेको छ।स्थानीय बासिन्दाहरूका अनुसार नदीको पानी बिस्तारै तल्लो बस्तीहरूमा पस्न थालेको छ। 'पानी झन् झन् नजिक आउँदैछ, रातभर निद्रा लागेन,' एक बासिन्दाले बताए। यदि वर्षा अझै निरन्तर भयो भने बस्ती डुबानमा पर्ने स्पष्ट खतरा देखिएको छ।बाढीको डरले त्रस्त बासिन्दाहरू वैकल्पिक सुरक्षित स्थानतर्फ जान चाहन्छन्, तर वैकल्पिक बासस्थान नहुँदा अन्योलमा परेका छन्। स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन कार्यालयलाई खबर गरिसकिएको जनाइएको
जनकपुर— हिजो(शुक्रबार) रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण धनुषाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । जनकपुरधाम, ढल्केवर, महेन्द्रनगरलगायत सहरी क्षेत्रसहित ग्रामिण भेगका गाउँहरु जलमग्न भएका छन् । बजारका अधिकांश पसलहरु बन्द छन् भने चहलपहल पनि सून्य देखिएको छ ।घुम्न आएका पर्यटकहरुलाई असहज भएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार तीन दिन लगातार पानी पर्ने उल्लेख रहेको छ ।मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालय सपही, धनुषाले पनि सूचना जारी गरी तीन दिन सर्तक रह्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेको छ । निर्देशनालयले तीन दिन अतिआवश्यक बाहेक आवत जावत न
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने
काठमाडौं । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेकोे छ ।जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् ।यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक व
काठमाडौं— मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ। शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ।वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ। दसैँको
काठमाडौं— वडादशैंको मुख्य दिन आज देशभरका अधिकांश स्थानको मौसम प्रतिकुल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।विभागका अनुसार बंगालको खाडीमा विकसित भएको
ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।स्थ
सुत्नु आराम गर्ने सबैभन्दा सजिलो तरिका हो । सुत्दा धेरै प्रकारका रोगहरूबाट बच्न सकिन्छ, त्यसैले महिला र पुरुष दुवैका लागि निद्रा धेरै आवश्यक हुन्छ । पुरुष र महिलाहरूको निद्राको आवश्यकता फरक–फरक हुन्छ । साथै महिला र पुरुषको सुत्ने ढाँचा पनि फरक–फरक हुन्छ ।महिला र पुरुषको सुत्ने ढाँचा के हो ?पुरुष र महिलाको शरीरमा निद्राको लागि एक प्रकारको जैविक घडी हुन्छ, जसले बिहान समयमा उठ्न र रातमा समयमा सुत्न मद्दत गर्छ । दिमागमा रहेको हाइपोथ्यालमस ग्रन्थीले सर्केडियन रिदमलाई नियन्त्रण गर्छ । सर्केडियन रिदमका कारण निद्रा ल्याउन मेलाटोनिन हर्मोन निस्कन्छ, जसले हामीलाई सुत्ने समय भएपछि निद्रा लाग्न थाल्छ । सु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.