रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए। उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए। सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे। ‘विश्वकपमा अहिले सबैको चास
काठमाडौँ। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलील
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् । समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुस
सिद्धार्थनगर। रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ । निजी लगानीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन ।तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब रु ६० करोड लागतमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिएको हो । छ बिघा क्षेत्रफलमा फैलिएको उक्त रङ्गशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भिआइपी बक्सलगायतका
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भरखरै सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनील
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो । अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे । जितसँगै समूह डीमा अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ ।यसअघिको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन् ।
वासिंटन, (एजेन्सी)— बेल्जियम र पोर्चुगल तथा जर्मनीसँग अभ्यास खेलमा पराजित भएको अमेरिकाले सानदार जितबाट विश्वकप २०२६ को सुरुआत गरेको छ ।सहआयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । यो जितको साक्षी हलिउडका प्रतिष्ठित कलाकारहरू टम क्रुज र लियोनार्दो डिकाप्रिओ तथा फुटबल लेजेन्ड डेभिड बेकहामका साथै लस एन्जेलसको स्टेडियममा उपस्थित करिब ७० हजार दर्शक साक्षी बनेका थिए । यो जितससँगैं अमेरिकाले समूह डी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो ।यसले अमेरिकालाई अन्तिम ३२ मा पु¥याउने संभावना पनि बलियो बनाएको छ । यस समूहमा अरू दुई टोलीमा टर्की र अस्टे«लिया
पोखरा । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेगनासतालमा छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गा दौड प्रतियोगिता सुरु भएको छ। पोखरा महानगरपालिका–३१ स्थित ताल क्षेत्रमा जेठ २७ गतेदेखि प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भइरहेको प्रतियोगिताले तालको पर्यटन प्रवर्द्धनसँगै जल सुरक्षाबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ। आयोजकका अनुसार प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ।प्रतियोगिताअन्तर्गत पुरुषतर्फ करिब दुई किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एक किलोमिटर दूरीमा दौड सञ्चालन गरिनेछ। तालक
काठमाडौं । फिफा विश्वकपअन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेकियामाथि शानदार पुनरागमन जित दर्ता गरेको छ। दोस्रो हाफमा दुई गोल गर्दै दक्षिण कोरियाले २–१ को नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेकियाले दोस्रो हाफको सुरुवातमै अग्रता लिएको थियो। ५६औँ मिनेटमा कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए।तर त्यो अग्रता लामो समय टिक्न सकेन। दक्षिण कोरियाका ह्वाङ इबोनले ६७औँ मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि ८०औँ मिनेटमा ओ हेन्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण जित दिलाए। २० व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.