खेलकुद

    Showing 1,001-1,010 of 1,265 items.
  • ए डिभिजन लिग फुटबलमा आज एनआरटी र जावलाखेल भिड्दै

    काठमाडौँ / शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरणको खेलमा आज न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । ८ खेलमा १० अंक जोडेको एनआरटी लिगको आठौं स्थानमा रहेको छ । आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ । ८ खेलमा ८ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ । जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 147 पटक पढिएको
  • च्यासलका १९ खेलाडीलाई कोरोना देखिएपछि पुलिससँगको खेल स्थगित

    काठमाडाैँ / खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । आइतबार स्थगित भएको खेल अब एन्फाले १० औँ राउन्डपछि खेलाउने भएको छ। एन्फाले नवौँ राउन्डका खेल सकेपछि लिगलाई करिब एक महिनाका लागि विश्राम दिने तयारी छ।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 209 पटक पढिएको
  • विराट कोहलीले दिए भारतीय टेस्ट टिमको कप्तानीबाट राजीनामा

    काठमाडौँ / भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारिता पूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।

    • प्रकाशित मितिः माघ २, २०७८
    • 111 पटक पढिएको
  • टाइगर कप : महिला तर्फको उपाधि एपीएफलाई

    पोखरा  / पोखरामा भएको दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय डर्बी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि आफ्नो हातमा पारेको हो।पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा आर्मी  एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा स्तब्ध बनायो ।उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ।

    • प्रकाशित मितिः माघ १, २०७८
    • 100 पटक पढिएको
  • पीएम कप : पुलिस र प्रदेश १ बीचको खेल स्थगित

    काठमाडौँ  / खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश –१ बीचको खेल स्थगित भएको छ ।प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएको थियो । तर, प्रदेश –१ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश -१ ले दोस

    • प्रकाशित मितिः माघ १, २०७८
    • 99 पटक पढिएको
  • डिभिजन लिग हेर्न खोप कार्ड अनिवार्य

    काठमाडौं / कोरोना भाइरस संक्रमण बढेपछि काठमाडौंमा जारी ए डिभिजन लिगका खेलहरू हेर्नको लागि खोप कार्ड अनिवार्य गरिएको छ । नबौं चरणका खेलबाट यस्तो नियम लगाइएको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगका खेल हेर्न जाने दर्शकले कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने बाध्यकारी नियम लगाएको हो । खोपकार्ड भएपनि खेल हेर्न मैदानमा जानु अघि दर्शकहरूको तापक्रम भने नापिनेछ । कतार एअरवेज ए सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल छ। अहिले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा भइरहेको छ भने दोस्रो खेलमा मनाङ मर्स्

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 100 पटक पढिएको
  • कराबाओ कपको फाइनलमा पुग्यो चेल्सी

    एजेन्सी / इंग्लिस क्लब टोटनहमलाई १–० ले पराजित गर्दै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।बुधबार लन्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३–० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीले उपाधिका लागि वेम्बली रङ्गशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।खेलको १८ औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलमा चेल्सी विजयी बनेको हो । म्यासन माउन्टको कर्नरमा रुडिगरले हेड मार्फत गोल गरेका थिए ।

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 101 पटक पढिएको
  • इन्टर मिलानले जित्यो सुपर कपको उपाधि

    एजेन्सी / युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई २–१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले उपाधि जितेको हो ।इन्टर मिलानलाई उपाधि दिलाउनको लागि लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले समान एक/एक गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याकेनीले गरेको गोल सान्त्वना बन्यो ।खेलको २५ औं मिनेटमा वेस्टनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।३५औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इडेन जेकोलाई डि स्किजलियोले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो ।त्यो पछि न

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 166 पटक पढिएको
  • प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

    काठमाडौं / ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियता अनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका  हुन । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।महासङ्घले जारी गरेको बरियता अनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 186 पटक पढिएको
  • बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा

    एजेन्सी / रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३९२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।रियललाई जित दिलाउन भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरेका छन् भने बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल गरेका छन् ।खेलको २५ औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । ७२ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई पुनः अग्रता दिलाएका थिए ।८३ औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गो

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 342 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा