खेलकुद

    Showing १,०५१-१,०६० of १,६४७ items.
  • आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दै

    झापा । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेवि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • ३९५ पटक पढिएको
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै

    झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै वि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • २७९ पटक पढिएको
  • केपी ओली कप फुटबलको फाइनलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै

    झापा – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै छन् । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • ३११ पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

    भद्रपुर-  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए ।टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके ।टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे ।टाइब्रेकरमा मछिन्

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • २७० पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज मच्छिन्द्र र आर्मी भिड्दै

    झापा - सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधी उचाल्न यो सिजनमा पहिलो पटक एकआपससँग भिड्दै छ । झापास्थित मेची रंगशालामा आज ९मंगलबार० हुने प्रथम भद्रपुर झापा गोल्डकपको उपाधीका लागि दुबै टोली भिड्न लागेका हुन्। सेमिफाइनलमा मच्छिन्द्रले सशस्त्रको एपिएफलाई र आर्मीले संकटा फुटबल क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।राष्ट्रिय खेलाडी सुजल श्रेष्ठको कप्तानीमा भर्खरै सातौँ राजर्षी जनक कप जितेको मच्छिन्द्र दोस्रो उपाधि उचाल्ने दाउमा छ । राष्ट्रिय खेलाडीले भरिभराउ मच्छिन्द्रलाई मैदानमा रोक्दै लिगको दोस्रो टोली आर्मी यो सिजनमा पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १९४ पटक पढिएको
  • तीर हान्ने खेल सम्पन्न

    झापा - ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । तीन दिनसम्म सञ्चालित खेलमा प्रथम भएको कु–दिङले ५ हजार २५० अंक ल्याएको थियो । के.वाई.सी. किम्माथांकाले ५ हजार २२० अंक ल्याउँदै दोस्रो भएको थियो भने थांमुछी विकास समाजले ४ हजार ४८० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको नेपाल आर्चरी संघका जिल्ला अध्यक्ष पासाङ भोटेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख, दोस्रो हुनेले एकाउन

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १९० पटक पढिएको
  • महिला फुटबलको ओलम्पिक छनोट पहिलोपल्ट नेपालले आयोजना गर्ने

    झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्खेछ ।छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टो

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • २०८ पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : एपिएफ सेमिफाइनलमा प्रवेश, बंगलादेश सडनडेथमा पराजित

    भद्रपुर- विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो ।सडनडेथमा एपिएफले बंगलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए ।जितसँगै एपिएफले फाइनल प्रवेश

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • २४४ पटक पढिएको
  • सेभियाका गोलकिपरमाथि समर्थकद्वारा आक्रमण

    काठमाडौं - युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका छन् । पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभीको संकट टरेन ।३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर पन्च हाने । सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए । सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभि

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • १५४ पटक पढिएको
  • सर्जियो रामोस र डेजन लोभ्रेनद्वारा सन्न्यासको घोषणा

    काठमाण्डाै – स्पेनका डिफेन्डर तथा पूर्वकप्तान सर्जियो रामोस र क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । रामोस र लोभ्रेनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन् ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) का डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । रामोसले सन् २०१० मा फिफा विश्व कपको उपाधि जितेका थिए । यस्तै स्पेनले सन् २००८ र २०१२ मा युरो कप जित्दा रामोस टोलीमा रहेका थिए । उनले स्पेनका लागि १ सय ८० खेलमा २३ गोल गरेका छन् ।यस्तै क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेनले ३३

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ३५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.