खेलकुद

    Showing 1,051-1,060 of 1,265 items.
  • ब्राजिलसँग बराबरीमा रोकियो अर्जेन्टिना

    एजेन्सी / अर्जेन्टिनाले ब्राजिलसँग बराबरी खेलेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो । स्टार खेलाडी नेयमार बिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सी सहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंक सहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंक सहित चौथो स्थानमा छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 159 पटक पढिएको
  • सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड छनोट

    काठमाडौँ  / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलमा  इंग्ल्यान्ड छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गएराति सान मारिनोलाई १०–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो । इंग्ल्यान्डको जितमा ह्यारी केनले चार गोल गरे । सान मारिनोका फिलिप्पोले एक आत्मघाती गोल गरेका थिए । यस जितसँगै समूह आई को इंग्ल्यान्डले १० खेलमा २६ अंक जोडेको छ । सान मारिनोले भने १० खेलमा अंक जोड्न सकेको छैन् ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 127 पटक पढिएको
  • आइसीसीको उत्कृष्ट ११ खेलाडीमा परेन भारत !

    एजेन्सी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२१ टि –२० विश्वकपका प्रदर्शनको आधारमा ११ उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको छ । आइसीसीले टि–२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुर्नामेन्ट सार्वजनिक गर्दा उत्कृष्ट ११ खेलाडीमा भारतीय एक खेलाडी पनि परेका छैनन् ।आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसीसीले सार्वजनिक गरेको मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्टमा भारतीय खेलाडीसँगै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका ओपनर मोहम्मद रिजवान पनि छैनन् । आइसीसीको विश्वकप उत्कृष्ट टोलीमा अष्ट्रेलियाबाट सर्वाधिक तीन खेलाड

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 112 पटक पढिएको
  • टी –२० सिरिज खेल्न महिला क्रिकेट टिम कतार प्रस्थान

    काठमाडौं  / नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार टी –२० सिरिज खेल्न उक्त टिम कतार प्रस्थान गरेको हो । नेपालले कतारसँग तीन खेलको टी –२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ । एसियाली छनोट नोभेम्बर २२ देखि सुरु हुनेछ ।मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी –२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी –

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 105 पटक पढिएको
  • विश्वकप २०२२ का लागि ब्राजिल छनोट

    काठमाडौँ  / ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ । शुक्रबार कोलम्बियालाई १–० गोलले हराएर ब्राजिल विश्वकप २०२० का लागि छनोट भएको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अहिलेसम्म युरोपबाट जर्मनी र डेनमार्क तथा आयोजकका रुपमा कतार अबको  प्रतियोगिताका लागि छनोट भइसकेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटका १२ खेलमध्ये ११ औं जित निकालेको ब्राजिल यस चरणका छ खेल अगाडि नै कतारको टिकट काट्न सफल भएको हो ।विश्वकप इतिहासमा प्रतियोगिताको अन्तिम चरणका लागि प्रत्येक संस्करणमा छनोट हुन सफल एक्लो टिम ब्राजिल रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • 141 पटक पढिएको
  • टी –२० विश्वकप : आज इंग्ल्यान्ड र न्युजिल्याण्ड भिड्दै

    बिर्तामोड / आईसीसी टी –२० विश्वकप २०२१ क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछन् । यूएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्यान्ड र  न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्यान्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।इंग्ल्याण्डले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, वेष्ट इंडीज, श्रीलंका र बङ्गलादेशलाई हराएको थियो ।उता न्युजिल्याण्ड आफ्नो समुहमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तुलनात्मकरूपमा कमजोर मानिएको यो समुहमा न्युजिल्याण्डले पाकिस्तानसँग हार बेह

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 220 पटक पढिएको
  • टी –२० विश्वकप : भारतसँग नामिबिया ९ विकेटले पराजित

    बिर्तामोड / आईसीसी टी –२० विश्वकपमा नामिबियालाई भारतले ९ विकेटले पराजित गरेको छ । सोमबार सुपर –१२ को समूह –२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो ।जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्वाधिक ५६ रन बनाए । भारतका ओपनर के एल राहुल ५४ रनमा अविजित रहे ।यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेभिड विजाले सर्वाधिक २६ रन बनाए ।भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 188 पटक पढिएको
  • अल इन वान र द हन्टर को बिजयी सुरुवात

    बिर्तामाेड / झापाको झापा गाउँपालिकामा आइतबार देखि सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगितामा अल इन वान सैनिक मोड र द हन्टर गौरादहले बिजयी सुरुवात गरेका छन ।उद्घाटन खेल खेल्ने अवसर पाएको अल इन वनले डाँगीबारी बाह्रदशीको टिम सँग ट्राइबेकरमा जित निकाल्दै बाजी मारेको हो।खेलको ४० औँ मिनेटमा अल इन वानका विश्वास लिम्बुले टिमलाई अग्रता दिलाए सँगै डाँगीबारीका दिपेश श्रेष्ठले खेलको ४३ औँ मिनेटमा एक गोल पुनः जस्ताको तस्तै अल इन वानलाई फर्काएका थिए।निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा ५–५ सुटको अवसर पाएका दुबै टिममा अल इन वान ३–२ को गोलअन्तरले बिजयी

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 184 पटक पढिएको
  • स्पेनिस ला लिगा : बार्सिलोनाको निराशाजनक बराबरी

    एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेकाे छ । आईतबार राति बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो ।सुरुवाती तीन गोलको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्न बाध्य भयो । अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए ।तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्यायो। सेल्टा भिगोका लागि लागो अस्पासले दुई तथा नोलिटोले एक गोल गरे ।शनिबार मात्र बार्सिलोनाले जाभी क्लब फर्कने पक्का गरेको थियो । उनले सोमबारदेखि आधिकारिक रुपमा क्लबको जिम्मेवारी लिनेछन् ।जाभीले नवौं स्थानमा रहेको

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 106 पटक पढिएको
  • मेयर कप भेट्रान्सको उपाधि झापाले जित्यो

    बिर्तामोड / झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । झापालाई उपाधि दिलाउन दुबै गोल श्याम कुमार गोलले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।लिगकम नकआउट प्रणालीमा खेलाएको प्रतियोगितामा २१ टिम सहभागी थिए ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 218 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा