खेलकुद

    Showing १,०८१-१,०९० of १,६४७ items.
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • ६६६ पटक पढिएको
  • रुसले पनि साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने

    काठमाडौं - रुसको महिला युवा टोलीले बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गर्दै रुसको सहभागिता हुने पुष्टी गरेको छ ।युक्रेनमाथि गरेको आक्रमणका कारण अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र युरोपेली फुटबल महासंघ यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण रुस र रुसी क्लबले पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छन् । प्रतिबन्ध छल्नकै लागि रुसको फुटबल संघका अध्यक्षले यूईएफएको सदस्यता त्यागेर एसियाली फुटबल महासंघ एएफसीको सदस्यता लिने प्रस्ताव गरेका छन् । यस्तो स्थितिमा एएफसीमातह

    • प्रकाशित मितिः फागुन २, २०७९
    • १८२ पटक पढिएको
  • गोल्ड कपलाई व्यापक बनाउन भद्रपुर रन

     झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • ४२६ पटक पढिएको
  • केपी ओली कपको ड्र सावर्जिनक

     काठमाडौं- फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल बल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । आज आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुने छ ।फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । यो प्रतियोगिता आयोजना गर्नकै लागि केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष क

    • प्रकाशित मितिः माघ २९, २०७९
    • २८६ पटक पढिएको
  • भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, सदस्यहरु रुपेश अधिकारी, पुरुषोत्तम थापा, पेमा लामा, सरला श्रेष्ठ लगायतले उनीहरुलाई बिदाई गरेका हुन्।मुख्य प्रशिक्षक अनन्त राज थापाले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् । भारतसँग नेपालले चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • २६६ पटक पढिएको
  • रियल मड्रिडले जित्यो क्लब विश्व कपकाे उपाधि

    काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्व कप च्याम्पियन बनेको छ ।साउदी अरेबियाको अल हिलाललाई ५–३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचाैँ पटक क्लब विश्व कपको च्याम्पियन बनेको हो। मोरक्कोको रावतमा रहेको स्टेड प्रिन्स मोउले अब्दल्लाहमा गएराति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे।अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे । क्लब विश्व कपको पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्व कप जित्ने पहिलो एसियाली टिम बन्नबाट चुकेको छ।पाँच पटक

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ३९७ पटक पढिएको
  • फिफाद्वारा यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट तीन प्रशिक्षकको मनोनयन सार्वजनिक

    काठमाडौं -विश्व फुटबल महासंघ (फिफा) ले यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट तीन प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउन सफल लियोनल स्कालोनीसहित रियल मड्रिडका कार्लो एन्सेलोटी र म्यान्चेस्टर सिटीका पेप ग्वार्डियोला फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको पुरुषतर्फ मनोनयनमा परेका छन् ।यसैगरी, महिलातर्फ इंग्ल्याण्डलाई युरोकप जिताउने नेदरल्याण्ड्सकी प्रशिक्षक सरिना वेगमन मनोनयनमा परेकी छिन् । उनीसँगै फ्रेन्च कप लियोंलाई फ्रेन्च लिग र युरोपियन च्याम्पियन्स लिग जिताउने सोनिया बोम्पास्टर र ब्राजिललाई महिला कोपा अमेरिका जिताउने स्विडीस प्

    • प्रकाशित मितिः माघ २७, २०७९
    • २६२ पटक पढिएको
  • उपविजेता बनेको साफ अण्डर ट्वेन्टी महिला टाली आज स्वदेश आउँदै

    काठमाडौं :साफ अण्डर ट्वेन्टी महिला टाली आज स्वदेश आउँदैछ।  अखिल नेपाल फुटबल संघ एन्फाले यू–२० महिला टोली शुक्रबार बिहान स्वदेश फर्कने जनाएको हो। टोली बिहान ११ः३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने जनाएको छ। बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो। फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो। 

    • प्रकाशित मितिः माघ २७, २०७९
    • ३३१ पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक ‘चौधरी ग्रुप’

    झापा- भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि चौधरी ग्रुपले ‘मुख्य प्रायोजन’ गर्ने भएको छ । भद्रपुरमा एक समारोहबीच चौधरी ग्रुपको उत्पादन मुस्ताङ बियर र गोल्डकप आयोजकबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौतामा हस्ताक्षर भएसँगै अब प्रतियोगिताको नाम ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ । सम्झौतामा भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकाल र चौधरी ग्रुपका तर्फबाट मुस्ताङका कन्ट्री सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे ।सो प्रतियोगिता आगामी फागुन ७ देखि १६ गतेसम्म भद्रपुर-८ स्थित मेची रंगशालामा सञ्चालन हुनेछ । रंगशालामा करिब २० हजार दर्शक अट्ने

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ७४६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.