खेलकुद

    Showing 1,081-1,090 of 1,265 items.
  • ताजिकिस्तान गयो यू २३ फुटबल टोली

    काठमाडौं / राष्ट्रिय युवा फुटबल टोली मंगलबार बिहान ताजिकिस्तानतर्फ प्रस्थान गरेको छ । ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न नेपाली युवाको फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको हो । ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् । झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी युवा टोलीमा रहेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँग

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 193 पटक पढिएको
  • अल्मुताइरी फर्किए हामी खुशी हुनेछौँ : कप्तान चेम्जोङ

    बिर्तामोड / नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किए आफूहरू खुशी हुने बताएका छन् । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चेम्जोङले सो कुरा बताएका हुन् । ‘प्रशिक्षकको रुपमा उहाँ राम्रो मान्छे हुनुहुन्छ । पक्कै पनि छोटो अवधिमा उहाँले नेपाली फुटबलमा केही परिवर्तन र सकारात्मक बाटोमा लानु भएको छ,’ किरणले भने, –‘उहाँ आउनु भयो भने हामी खुशी हुनेछौ ।’नेपाली टिम सोमबार स्वदेश फर्किएका छन् । तर प्रशिक्षक अल्मुताइरी भने कुवेत लागे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 199 पटक पढिएको
  • रोहित माल्दिभ्सबाट आएनन् नेपाल !

    बिर्तामोड / नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्स आएका रोहित त्यहीँबाट इन्डोनेसिया गएका हुन् । रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । इन्डोनेसियाको शीर्ष डिभिजनको लिग चलिरहेको छ ।उनी नेपालका लागि सर्वाधिक धेरै खेल खेल्ने दोस्रो खेलाडी हुन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् ।रोहितले पूर्व कप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् । २९ वर्षीय रोह

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • 220 पटक पढिएको
  • साफ च्याम्पियनसीपको फाइनल खेल नेपाल र भारतबीच हुने

    काठमाडौं // साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए ।सात पटकको विजेता भारत सन् २००३ मा मात्र तेस्रो स्

    • प्रकाशित मितिः असोज २८, २०७८
    • 159 पटक पढिएको
  • म नोकर होइन, प्रशिक्षक हुँ :अल्मुताइरी

     काठमाण्डौ //नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका छन् । बुधबार बंगलादेश सँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् ।आफ्नो नेतृत्वमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले आफू नोकर नभई प्रशिक्षक रहेको बताएका छन्। त्यसैले फाइनल खेल्ने आफ्नो अन्तिम खेल हुने र आफू नेपाल न फर्किने उनले प्रतिक्रिया दिएका छन्। ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खे

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 267 पटक पढिएको
  • साफ च्याम्पियनसिपको फाइनलपछि मुख्य प्रशिक्षक अलमुताइरी नेपाली टोलीमा नरहने

    काठमाडौँ / राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनल नबस्ने बताएका छन् ।बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले नबस्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । सााफमा नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागु हुने र आफूले टोली छोड्ने बताएका हुन् ।बुधबार अल्मुताइरीले उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताए । उनले साफको इतिहासमा नेपाललाई फाइनल पुर्याएर इतिहास रचेको र फाइनल खेल नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 80 पटक पढिएको
  • साफ फुटबल :पहिलो पटक नेपाल पुग्यो फाइनलमा

      काठमाडौं// नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा पुगेको छ ।१३ औं साफ च्याम्पियनसिप अन्र्तगत आज भएको बंगलादेश सँगको बराबरी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको थिएन।यसअघि नेपाल सेमिफाइनल सम्म मात्र पुग्न सकेको थियो। यसपटक भने नेपाल फाइनल पुगेको छ ।  

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 146 पटक पढिएको
  • अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्क छनौट

    एजेन्सी //युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो ।यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् । गएरातिको जितपछि विश्वकप छनौटको युरोपेली समूह एफ मा डेनमार्कले ८ खेलबाट २४ अंक जोडेको छ ।जारी छनौटमा डेनमार्कले अहिलेसम्म सबै ८ खेल जितेको छ । यो समूहमा १७ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ । गएराति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 166 पटक पढिएको
  • १३ औं साफ च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । १३ औं साफ च्याम्पियनसिप अन्र्तगत नेपालले लिग चरणको अन्तिम खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिननमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ ।सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 170 पटक पढिएको
  • फिफा विश्वकपको खेलमा इंग्ल्यान्ड हंगेरीसँग बराबरीमा रोकियो

     काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले हंगेरीसँग १-१ गोलको बराबरी खेल्दै अप्रत्यासित नजिता निकालेको छ।वेम्बली स्टेडियममा हंगेरीका समर्थकको हिंसात्मक गतिबिधिले प्रभावित खेलमा घरेलु टोलि इंग्ल्यान्ड बराबरीमा रोकिएको हो ।खेलमा हंगेरीले २४ औं मिनेटमै सुरुआती अग्रता लिएको थियो । रोनाल्ड सालाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई अग्रता दिएका थिए ।तर, जोन स्टोन्सले ३७ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो ।यस बराबरीपछि समूह ‘आई’ को इंग्ल्यान्डले ८ खेलबाट २० अंक जोडेको छ । र, शीर्ष

    • प्रकाशित मितिः असोज २७, २०७८
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा