खेलकुद

    Showing 101-110 of 1,316 items.
  • अपराजित रोयल्स प्ले–अफ नजिक, लुम्बिनी लायन्स ७ विकेटले पराजित

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।बिहिबार भएको खेलमा सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८।२ ओभरको समाप्तीमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 296 पटक पढिएको
  • एनपीएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो । लुम्बिनीले सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ७० रनको अवस्थामा रहेको लुम्बिनीले बाँकी १० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्र जोड्न सक्यो । लुम्बिनीको फिनिसिङ राम्रो नहुँदा उसले मध्यम रन मात्र जोड्यो । आज लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने । डार्सी सर्ट १८,

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 343 पटक पढिएको
  • एनपिएलः आज दुई खेल हुँदै

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटाँै स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ अनिल शाह नेतृत्व

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 236 पटक पढिएको
  • नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ ।रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अंक बटुलेको छअनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 145 पटक पढिएको
  • चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सको हार भएको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको हो ।टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो भने विराटनगर किङ्सले १६.५ ओभरको खेलमा १२६ रन बनाएर अलआउट भएको हो । विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 228 पटक पढिएको
  • एनपीएलः विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 176 पटक पढिएको
  • विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

    काठमाडौ। सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।  भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुईदुई पटकका विश्वविजेतासमेत हुन् । नेपालको पहिलो खेल आगमी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 220 पटक पढिएको
  • एनपिएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

    काठमाडौँ। मङ्सिरः क्रिकेटको महाकुम्भ मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न थालिएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म ११ खेल सम्पन्न भइसकेका छन् ।एघार खेल सकिँदा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका प्रतिक्रिया आइरहेका हुन् । सम्पन्न ११ मध्ये चार खेलमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई जिताएर ‘प्लेयर अफ द म्याच’ समेत भएका छन् ।चारमध्ये पछिल्लो तीन खेलमा लगातार रूपमा नेपाली खेलाडी चम्किँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । मङ्सिर ९ गते सम्पन्न

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 237 पटक पढिएको
  • एनपीएलः आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिक

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 306 पटक पढिएको
  • आज एनपीएल क्रिकेटमा विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

    काठमाण्डौ  ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजले चुनौती प्रस्तुत गर्दै छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । विराटनगर आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा