खेलकुद

    Showing १,१०१-१,११० of १,६४७ items.
  • फिफा विश्वकप : फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

    एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । जसमा पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दोहाको लुसेल रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा दुवै टोली फाइनल पुग्ने योजनामा हुनेछन् । यता, आजको खेलमा सबैको नजर अर्जेन्टिना कप्तान लियोनल मेस्सी र क्रोएसियाको कप्तान लुका मोड्रिचमा रहनेछ ।अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • २८५ पटक पढिएको
  • फिफा विश्वकप : सेमिफाइनल समीकरण पूरा, फाइनल पुग्न यी चार देश भिड्ने

    एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् ।फ्रान्सले इङ्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको छ भने त्यसअघि मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।यस्तै, शुक्रबार क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।अब सेमिफाइनलमा अर्जेन्टिना र क्रो

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ३५८ पटक पढिएको
  • सेमिफाइनल प्रवेशका लागि आज अर्जेन्टिना–नेदरल्यान्ड्स तथा ब्राजिल–क्रोएसिया भिड्दै

    एजेन्सी  / कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार) देखि क्वाटरफाइनल खेलहरू सुरू हुँदैछन् । पहिलो दिन ब्राजिल– क्रोएसिया र नेदल्यान्ड्स–अर्जेन्टिना भिड्दै छन् । नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुन छ । समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले हराएर क्वाटरफाइनमा स्थान बनाएको छ ।यस्तै समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो । ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । ब्

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • २९७ पटक पढिएको
  • फिफा विश्वकप : ब्राजिल र क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

    झापा / ब्राजिल र क्रोएसिया फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो ।यो जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोरिया र जापान भने राउण्ड अफ सिक्टिनबाटै बाहिरिएका छन् । अब क्रोएसिया र ब्राजिलको भिडन्त क्वार्टरफाइनलमा हुनेछ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ३०९ पटक पढिएको
  • विश्वकप फुटबल : आज अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदै

    एजेन्सी / फिफा विश्वकप फुटबलमा सोमबार अन्तिम १६ अन्तर्गतका आज दुई खेल हुँदैछन् । कतारको अल जानुब स्टेडियममा पौने ९ बजे हुने पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान समूह ‘ई’ बाट  विजेता र  क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। यस्तै राति पौने १ बजे ब्राजिल र दक्षिण कोरियाबीच खेल हुनेछ । खेल कतारको स्टेडियम ९७४ मा तय भएको छ। ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह  ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। 

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • २६१ पटक पढिएको
  • कतार विश्वकपमा आज नकआउट चरणका दुई खेल हुँदै

    एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउन्ड अफ १६ का दुई खेलहरू हुँदैछन् । अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८: ४५ बजे सुरु हुनेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह डी को विजेता र पोल्याण्ड समूह सी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटरफाइनमा पुग्न च

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • २०० पटक पढिएको
  • विश्वकपमा आज ब्राजिल र क्यामरुनको सहित चार खेल हुँदै

    एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरू हुँदैछन् ।   विश्वकपमा शुक्रबार समूह एच र समूह जी को दुई / दुई खेलहरू हुनेछन् ।समूह एच अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८: ४५ बजे सुरु हुनेछ ।यस्तै समूह जी अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२: ४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • १९७ पटक पढिएको
  • कतार विश्वकप : आज समुह ई र समुह एफ का दुई/दुई खेल हुँदै

    काठमाडौं  / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । जसमा समूह ई र समूह एफ का दुई दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह एफ मा रहेको क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ । दुबै खेल नेपाली समय अनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह एफ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । यस्तै दोस्रो दुई खेलमा समूह ई मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच प्रतिस्पर्धा हुँदैछ । यी दुबै खेल पनि नेपाली समय अनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ई बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो ल

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३६२ पटक पढिएको
  • फिफा विश्वकप : पोल्यान्डलाई हराएसँगै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

    एजेन्सी / अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउन्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा बुधबार राति पोल्यान्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अजेंतिनालाई २-० गोलको जित दिलाए । यस जितसँगै अर्जेन्टिना समू

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३४८ पटक पढिएको
  • फिफा विश्वकप : आज बुधबार अर्जेन्टिना र पोल्यान्ड सहित चार खेल हुँदै

    एजेन्सी / कतारमा जारी  फिफा विश्वकप फुटबलमा आज बुधबार पनि चार खेल हुँदैछन् । बुधबार समूह ‘सी’ र ‘डी’ का दुई दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’ का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ । यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । यस्तै बुधबार राति १२: ४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’ मा रहेका चार देशले प्रतिस्पर्धा गर्दैछन् ।एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहेको छ । पोल्यान्डसँग अर्जेन्टिना

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.