जनकपुरधाम। मधेस प्रदेशमा जारी निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ । पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि ‘रनरेट’का आधारमा नेपाल एपिएफ क्लब फाइनलमा स्थान सुरक्षित गरेको छ ।मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा सात वटा प्र
कर्णाली। ‘कर्णाली क्रिकेट कप २०८३’ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ ।कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।प्रदेश सचिव केसीका अनुसार प्रतियोगिता
काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको आधारमा तीन अंक हात पारेको हो।आजको खेलमा स्पेनका लागि आलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही गोल स्पेनको लागि जित बन्यो।यस जितसँगै स्पेनले समूह चरणका तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । समूह विजेताका रूपमा स्पेन नकआउट चरण
काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ।टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे। पहिलो हाफ १–०
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा यही असार २७ र २८ गते ‘टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६’ हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको मार्गदर्शनमा काठमाडौं उपत्यका विशेष समिति तथा बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा च्याम्पियनसिप हुने लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजकका अनुसार प्रतियोगिता २०२६ जुलाई ११ र १२ ९असार २७ र २८० मा गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित गेटवे एड्भेन्चर हब क्लाइम्बिङ सेन्टरमा आयोजना हुनेछ । प्रतियोगिताको उद्घाटन समारोह जुल
काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्। समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अ
काठमाडौँ। विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो ।
काठमाडौँ। जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो ।त्यसपछि खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।खेलको दोस्रो हाफको ७७ औँ मिनेटमा इक्वेडरका अर्का खेलाडी लियोगोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इ
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ ।फिफा विधानको धारा १४ को उपधारा १(आई )र उपधारा ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको उल्लङ्घन भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरेपछि नेपाली फुटवलको भविष्यपनि अनिश्चयतिर धकिलिएको हो । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै तत्काल लागू हुने गरी निलम्बनको ऐतिहासिक र अप्रत्याशित निर्णय गरेको हो। खेल पत्रकार एवम विश्लेषक नविन अर्यालका अनुसार एन्फाले राम्रो योजना अनुसार कार्म गर्न
काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ । असार ११ र १२ गते दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरणको विवरणअनुसार, ’१००० मि। भेट्रान्स’ इभेन्टमा रामचन्द्र श्रेष्ठ प्रथम, केट ट्यारेन्ट द्वितीय र भिम बहादुर गुरुङ तृतीय भएका छन् । त्यसैगरी, ’२००० मि। भेट्रान्स’ इभेन्टमा धर्म महर्जन प्रथम, रैवत बहादुर दाहाल द्वितीय र गोपाल थापा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।प्रतियोगितामा स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.