खेलकुद

    Showing 1,251-1,260 of 1,639 items.
  • पीएनजीलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

    काठमाडौँ  / नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो ।नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो । 

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 172 पटक पढिएको
  • दिपेन्द्र बने १ हजार रन बनाउने पहिलो नेपाली

    काठमाडौँ / नेपालको इतिहासमा नै क्रिकेटर दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन ल्याउने पहिलो नेपाली बन्न सफल भएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध २१ रन बनाएका कारण उनले नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । दिपेन्द्रले जारी खेलमा पीएनजी विरुद्ध १३ औं ओभरमा २१ रन बनाउँदै हालसम्म टी–२० मा ३९ खेल खेलेर १ हजार रन पूरा गरेका हुन् ।  उनी यसै क्रममा १ शतक र ४ अर्धशतकको रेकर्ड समेत सफल बनेका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 257 पटक पढिएको
  • राष्ट्रिय टिमका बलर कमलसिंह ऐरीको शल्यक्रिया

    काठमाडौँ /  बायाँ घाटी मुनिको हट्टीमा चोट लागेर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमलसिंह ऐरीको आइतबार बिहान शल्यक्रिया गरिएको छ । त्रिदेशीय शृङ्खला अन्तर्गत शनिबार मलेसियासँग भएको खेलमा घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा  शल्यक्रिया गरिएको हो ।उनको नेशनल अस्पतालका डा. निरज केसी र डा. निरञ्जन सुवेदीको टोलीले शल्यक्रिया गरेको छ भने उनलाई निको हुन ६ हप्ता लाग्ने  बताइएको छ  ।मध्यम गतिका बलर २१ वर्षीय ऐरीले दुई वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट तीन वटा एकदिवसीय र १० वटा टी–२० खेल खेलिसकेका छन

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 246 पटक पढिएको
  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपालले आज पपुवा न्युगिनीको सामना गर्दै

    बिर्तामोड / त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ ।घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबारको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ ।तीन टोली सम्मिलित श्रृंखलमा दुई दुई खेलको समाप्तिसम्म नेपाल ४ अंकसहित शिर्ष स्थानमा रहँदा मलेसिया दुई अंकसहित दोस्रो तथा अंकबिहिन पपुवा न्युगिनी तेस्रो स्थानमा रहेको छ ।किर्तिपुर मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै ने

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 267 पटक पढिएको
  • पारस खड्कालाई पछि पार्दै दीपेन्द्रले बनाए सर्वाधिक रन

    बिर्तामोड / नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी २० क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।काठमाण्डौको त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० शृङ्खलामा मलेसिया विरुद्धको खेलमा २१ रन बनाएसँगै उनले नेपालका लागि टि २० खेलमा उनले कूल ८०३ रन पुर्याएका छन् । ८०३ रन बनाए सँगै सर्वाधिक रन बनाउने उनी नेपाली खेलाडी भएका हुन् ।  दीपेन्द्रले ३६ खेलबाट ३१ इनिङ्समा ब्याटिङ गर्दै ३ अर्धशतक मद्दतमा उपलब्धि हासिल गरेका हुन् ।नेपाली क्रिकेटमा आफ्नो नाममा रेकर्ड बनाउने क्रममा उनले आफ्ना पूर्व कप्तान पारस खड्कालाई समेत पछि पारेका छन् । पारसले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक मद्द

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 173 पटक पढिएको
  • त्रिकोणात्मक टी-२० : नेपालसँग मलेसिया पराजित

    काठमाडौं / त्रिकोणात्मक टी-२० शृङ्खलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउन सफल भएका थिए । आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले सहजै पार गर्न सफल भएको थियो ।आसिफले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । टी-२० मा डेब्यु गरेका दिलिप नाथले ७ बलमा ३ चौका बनाउँदै अविजित १५ रन बनाएका थिए ।यसअघिको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले हराएको थियो । पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको मलेसियाको भने यो पहिलो हार हो ।

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 164 पटक पढिएको
  • विश्वकप छनौट : इजिप्टलाई पराजित गर्दै विश्वकपमा सेनेगल

    एजेन्सी / सेनेगल विश्वकप छनोटमा छनोट भएको छ । गएराति भएको प्ले अफको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा इजिप्टलाई ३९१ गोल पराजित गर्दै सेनेगल विश्वकपमा छनोट भएको हो ।सेनेगल पहिलो लेगमा इजिप्टसँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए । खेलको निर्धारित समय र अतिरिक्त समयमा इजिप्टले गोल फर्काउन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो ।पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । इजिप्टका मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुकेका थिए । सेनेगलसँगै क्यामरुन, घाना,

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 221 पटक पढिएको
  • कतार विश्वकप : पोर्चुगल र पोल्यान्ड छनोट

    एजेन्सी / पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरका हुन् ।पोर्चुगलले मंगलबार राति भएको प्लेअफमा नर्थ म्यासेडोनियालाई २-० गोलले र पोल्याण्ड पनि २-० गोलले स्विडेनलाई पराजित गर्दै विश्वकपमा छनौट भएका हुन् ।पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरेका थिए । पोर्चुगल लगातार छैटौँ पटक विश्वकपमा छनोट भएको हो । अब कप्तान रोनाल्डोले करिअरको पाँचौ विश्वकप खेल्नेछन् ।अर्को प्लेअफमा स्विडेनलाई २-० गोलले पराजित  गर्ने क्रममा पोल्यान्डका लागि लेवान्डोस्कीले ४९ मिनेटमा पेनाल्टी मार्फत र जिलेन्स्

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 181 पटक पढिएको
  • त्रिकोणात्मक टी- ट्वेन्टी : नेपाल र मलेसिया आज खेल्दै

    बिर्तामोड / त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग खेल्दैछ । खेल किर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे शुरु हुनेछ ।शृङ्खलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ ।मलेसिया र नेपालबीच टी-ट्वेन्टी खेल भएको छ । जसमा नेपाल ६ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ ।नेपाली टोलीसन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रस

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 205 पटक पढिएको
  • विश्वकप छनौट : ब्राजिलद्वारा बोलिभिया ४-० ले पराजित

    एजेन्सी / विश्वकपमा छनोट भइसकेको ब्राजिलले सानदार जित निकालेको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।ब्राजिललाई सानदार जित दिलाउनको लागि रिर्चालिसन दुई गोल गरे भने लुकास पिक्वाइटा र ब्रुनो गुइमारेसले समन एक-एक गोल गरे । ब्राजिलले पहिलो हाफमा दुई गोल गरेका थियो भने दोस्रो हाफमा पनि दुई गोल थप्यो ।खेलेको २४ औँ मिनेटमा पिक्वाइटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा रिर्चालिसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।६६ औँ मिनेटमा ब्रुनोले गोल गर्दै ब्राजिललाई ३-० ले अघि बढाए । इन्ज्युरी समयमा रिर्चालिसनले गोल ग

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.