काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ ।क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अङ्क जोडेको छ ।समूह ‘एल’ मा तीन अङ्क जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् । विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७
काठमाडौँ। फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बर
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले नियन्त्रणमा राखेको थियो । तर पहिलो हाफमा थपिएको चार मिनेटको अतिरिक्त समयको अन्तिम क्षणमा कंगोका लागि योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत चाली चुमाएपछि खेल बराबरीमा पुग्यो ।दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।विश्वकपको जारी प्रतियोगितामा नेपाल
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गर्यो ।कान्सास सिटी स्टेडियममा मंगलबार भएको खेल मेसीका लागि ऐतिहासिक रह्यो । अर्जेन्टिनाको सुरुआती टोलीमा स्थान बनाउँदै उनी विश्वकपका छ संस्करण खेल्ने पहिलो फुटबलर बने ।पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बुधबार यही कीर्तिमान बराबरी गर्ने सम्भावना छ भने मेक्सिकोका अनुभवी गोलकिपर गिलेर्मो ओचोआले पनि प्रतियोगिताम
काठमाडौँ। कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ ।अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जित
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका ल
काठमाडौं— सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो। इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थि
रुपन्देही— रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चार सामुदायिक विद्यालयका १९० जना किशोरीले आत्मरक्षा तालिम सम्पन्न गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म सञ्चालन भएको तालिममा किशोरीहरूको सहभागिता रहेको हो।तालिमअन्तर्गत भैरहवा नमूना माध्यमिक विद्यालय, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र पक्लिहवा माध्यमिक विद्यालयबाट ५०–५० जना तथा सूर्यदेव माध्यमिक विद्यालयबाट ४० जना किशोरी सहभागी भएका थिए।भैरहवा तेक्वान्दो क्लबका सचिव तथा प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिमको उद्देश्य किशोरीहरूलाई आत्मरक्षा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए। उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए। सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे। ‘विश्वकपमा अहिले सबैको चास
काठमाडौँ। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.