रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैँया नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् ।ग
काठमाडौं— नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आइतबार भएको खेलमा अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ ।जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । टि–ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आइतबार अत्यन्त कमजोर प्रदर्शन गर्यो । जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो ।नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा रुसिल उगार्करको बलमा ओपनर कुशल दोस्रो बलमै कट बिहाइन्ड भए ।६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए । उनी २९ रन
काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २६२ रनको योगफल तयार गरेको हो ।अमेरिकाका ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए । त्यसैगरी मिलिन्द कुमारले आक्रामक खेल प्रदर्शन गर्दै ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ७० रनको योगदान दिए ।यस्तै, साइतेजा मुक्काकालले पनि स्थिर ब्याटिङ गर्दै ५८ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । प्रारम्भिक ४८ र
काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।
काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो
काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्
रामेछाप । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित श्री फुलासी जनप्रिय युवा क्लब (पीजेवाईसी) ले आयोजना गरेको तेस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि अखिल क्रान्तिकारीले जितेको छ । कात्तिक १ देखि आजसम्म सञ्चालन गरिएको प्रतियोगितामा सहभागी १२ टिमबिचको प्रतिस्पर्धाबाट अखिल (क्रान्तिकारी) रामेछाप प्रथम भएको हो । फाइनल खेलमा एबीसी मन्थलीलाई पराजित गर्दै अखिल (क्रान्तिकारी) रामेछाप विजेता बनेको हो। प्रतियोगितामा एबीसी मन्थली द्वितीय र आयोजक क्लब ‘पीजेवाईसी ए’ (फुलासी) तथा सृजना युवा क्लब (फर्पु)ले सान्त्वना स्थान हासिल गरेका छन्।विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई ३० हजार रुप
काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेड लगातार दोस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको छ ।अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन ग्लोबल फाइनान्स म्यागेजिनले यस बैंकलाई लगातार दोस्रो पटक ‘द बेस्ट बैंक इन नेपाल’को उपाधि प्रदान गरेको हो ।यो सम्मान बैंकले वित्तीय सेवा, ग्राहकको सन्तुष्टि, नवीन प्रविधिको प्रयोग तथा समग्र बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानका आधारमा प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिएका हुन् ।उनले लेखेका छन,‘गौरव र खुशीको यस अवसरमा नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, समर्पित कर्मचारी तथा शुभेच्छ
काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्
काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ।ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए।बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे।आसिफ शेख ४१ बलमा ६९
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.