खेलकुद

    Showing १७१-१८० of १,६४७ items.
  • विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    काठमाडौँ। फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु हुँदैछ । मेक्सिको सिटी स्टेडियममा हुने उक्त उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । उक्त खेल नेपाली समयअनुसार अहिले राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार स

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २२७ पटक पढिएको
  • फिफा विश्वकप २०२६ कसको समर्थनमा छन् नेपाली राजनीतिक नेताहरू

    काठमाडौं । फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् ।बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए । उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो । तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु ।’ त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भ

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २६७ पटक पढिएको
  • विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ । घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यम

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • ९५२ पटक पढिएको
  • हस्तक्षेप नहटाए नेपाली फुटबलमाथि प्रतिबन्ध लगाउने फिफाको अल्टिमेटम

    काठमाडौं । नेपाली फुटबल फेरि अन्तर्राष्ट्रिय प्रतिबन्धको संघारमा पुगेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपलाई सन्देश दिँदै एन्फाको कामकारबाहीमा भएको हस्तक्षेप पूर्ण रूपमा फिर्ता नलिए एन्फालाई तत्काल निलम्बन गर्न सकिने चेतावनी दिएको छ।फिफा र एएफसीले राखेपको २५ मार्चको निर्णयलाई फुटबलको स्वायत्ततामाथिको सीधा हस्तक्षेप भन्दै आपत्ति जनाएका छन्। एन्फाको निर्वाचन रोक्ने, विधान संशोधन गर्न दबाब दिने र जिल्ला संघहरूलाई निर्देशन दिने निर्णय अन्तर्राष्ट्रिय फुटबल नियमविपरीत रहेको फिफाको निष्कर्ष छ।११ जुनभित्र सबै विवादित निर्णय खारेज गरिएको लिखित सुनिश्चितता दिन फिफाले नेपाललाई अन्तिम समयसीमा

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३११ पटक पढिएको
  • नेपालमा विश्वकप फुटबलको रौनक जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरुको व्यापार चम्किएको छ । ठूला–साना सहरका पसलहरुमा जर्सी र खेल सामग्री खरिद गर्नेहरुको भीड देख्न सकिन्छ । विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरुको भीड बढेको छ । आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् ।  फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ ज

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ४०२ पटक पढिएको
  • विमानस्थलमै रोकिए विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिव

    काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको नेतृत्वमाथि अध्यागमनले ब्रेक लगाएको छ। फिफा विश्वकप फुटबल अवलोकनका लागि मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।मंगलबार बिहान अन्तर्राष्ट्रिय उडान समात्न विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएपछि यात्रा रोकिएको हो। अध्यागमन विभागका अनुसार दुवै जनाको राहदानी ‘वाच लिस्ट’मा रहेकाले विदेश जान रोक लगाइएको हो।अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेका नेम्वाङ र राईलाई नियमअनुसार अफलोड गरिएको जानकारी दिए

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १,१०३ पटक पढिएको
  • काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपमा नेपाल पुलिस क्लव विजेता

    काठमाडौं । नेपाल पुलिस क्लव, काठमाडौं मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ । टीम र्याङिकङमा विजेता क्लवलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा शनिवार र आइतबार सञ्चालन भएको च्याम्पियनसिपमा १,०३६ अंकसहित क्लव पहिलो बनेको हो । ७७८ अंकसहित निसर्ग बाटिका स्कूलले फस्ट रनर अप स्थान र ५७६ अंकसहित नेपाल एपीएफ क्लवले सेकेण्ड रनरअप स्थान प्राप्त गरेका छन् । आइतबार भएको कार्यक्रममा फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ४२२ पटक पढिएको
  • एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै

    काठमाडौं— एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ ।नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएका थिए । यस्तै ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाए । बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट लिए ।ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८, जुबिर अली अकबरले २२ र

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ४८३ पटक पढिएको
  • दौडमार्फत पर्यटन प्रवर्द्धन गर्न लाङटाङमा ट्रेल रन सुरु

    रसुवा। नेपालको प्रमुख हिमाली गन्तव्य लाङटाङमा साहसिक खेल र पर्यटनलाई जोड्ने उद्देश्यसहित दोस्रो लाङटाङ ट्रेल रन सुरु भएको छ।क्यान्जिन गुम्बाबाट सुरु भएको ३२ किलोमिटर लामो दौडमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी धावक सहभागी भएका छन्। प्रतियोगिताले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार यो केवल खेलकुद प्रतियोगिता मात्र नभई लाङटाङलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउने अभियान पनि हो। हिमालको काखमा आयोजना गरिएको ट्रेल रनले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ।बागमती प्रदेश सर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २०३ पटक पढिएको
  • ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।  ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९२ ओभरमा पछ्याएको हो ।  नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए । टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.