खेलकुद

    Showing २०१-२१० of १,६४७ items.
  • अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो । यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस (डिएल) पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।नेपालली टोलीमा रोहित पौडेल (कप्

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २९५ पटक पढिएको
  • विश्वकप लिग–२ः आज नेपाल र अमेरिका भिड्दै

    काठमाडौं— आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ ।समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहि

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ७९१ पटक पढिएको
  • मेची रङ्गशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

    झापा। भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ सालयता दुईवटा अन्तरराष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् ।फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २५४ पटक पढिएको
  • आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

    काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ । स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डको प्ले

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ४७४ पटक पढिएको
  • आइपिएलमा लखनउको अर्को हार, राजस्थान ७ विकेटले विजयी

    काठमाडौं— राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए ।त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ७४० पटक पढिएको
  • मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु

    जनकपुर— मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार (आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ ।प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए ।प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ५२४ पटक पढिएको
  • क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिएको छ । खेल बिहान ९ः३० बजे सुरु हुँदैछ । आजको खेलमा नेपाली टोलीमा कुनै पनि परिवर्तन भएको छैन । आजको प्लेइङ–११ मा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।  नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ४१३ पटक पढिएको
  • क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो । तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिका

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ४४२ पटक पढिएको
  • ३३ किलोमिटर लामो प्रथम छायाँनाथ अल्ट्रा रेस सुरु

    काठमाडौं— मुगुको कार्मारोङ गाउँपालिकामा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता सुरु भएको छ । ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आइतबार बिहान देखि औपचारिक रुपमा सुरु भएको हो ।हिमाली भू–भागको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छायाँनाथ क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरिएको हो । यो आयोजनामा ५१ जना खेलाडी सहभागी रहेका छन ।३३ किलोमिटर दुरीको यो प्रतियोगिता किर्मीदेखि छायाँनाथ धाम, चितै गाउँ, चितै कुना हुदै पुलु बजार सम्म पुगेर आजै बेलुका सम्पनन् हुनेछ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५११ पटक पढिएको
  • आईपीएलः हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

    काठमाडौं— गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।अहमदाबादमा‌ पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे ।हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा पर्यो ।पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो । हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ र

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ४८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.