खेलकुद

    Showing २३१-२४० of १,६४७ items.
  • भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

    टक्सार। भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो । आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३-२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १-१ गोल गरेका थिए । त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १-१ गोल गरे ।सोमबार भएको दोस्रो खेलमा आयोजक भोजपुर फुटबल सङ्घ २-१ गोलले सङ्खुवासभा-११ लाई पछि धकेल्दै समिफाइ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ३४५ पटक पढिएको
  • इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङ आमनेसामने

    इलाम। इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडाँै र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् ।  फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ ।  यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो । पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ । यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचाल

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २५८ पटक पढिएको
  • टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ ।यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ५६२ पटक पढिएको
  • इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

    धरान। प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार  सम्पन्न खेलमा प्लानिङ ब्वाइले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प्रताप सिंह

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ३२१ पटक पढिएको
  • फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा

    विराटनगर— प्लानिङ ब्वाइज काठमाडौं १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।खेलको ५औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारुले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ४७३ पटक पढिएको
  • इटहरी गोल्डकप फुटबल प्रतियोगिता : युवा समाज गछिया मोरङ फाइनलमा

    धरान। १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार इटहरीस्थित रङ्गशालामा सम्पन्न खेलमा युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ट्राइबेकरमा पाँच–चार गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।निर्धारित समयमा दुवै टोलीले तीन–तीन गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो । पेनाल्टीमा पनि दुवै टोलीले चार–चार गोल गरेपछि खेल सडनडेथमा पुगेको हो ।पेनाल्टी सुटआउटमा मछिन्द्रका रोहित चन्द, द

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ३७६ पटक पढिएको
  • खजुरा गोल्डकपः जेबीएम एकेडेमी लखनउ फाइनलमा

    राँझा। बाँकेको खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगितामा जेबीएम फुटबल एकेडेमी, लखनउ फाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जेबीएम फुटबल एकेडेमी, लखनउ (भारत)ले गोर्खा ब्वाइज क्लब, बुटवल (रुपन्देही)लाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको १२औँ मिनेटमा निखिल तामाङले उत्कृष्ट गोल गर्दै जेबीएमलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफमा ४२औँ मिनेटमा सुरज भण्डारी र ६०औँ मिनेटमा कमल जिसीमार्फत दुई थप गोल गर्दै जेबीएमले जित निश्चित गरेको थियो । खेलको ७०औँ मिनेटमा गोर्खा ब

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ३०३ पटक पढिएको
  • इटहरी गोल्डकप : भारतीय टोलीलाई हराउँदै प्लानिङ ब्वाइज सेमिफाइनलमा

    विराटनगर । सुनसरीको इटहरीमा जारी १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको अन्तिम क्वार्टर फाइनल खेलमा जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति सम्पन्न खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा पुग्न सफल भएको हो ।बुढासुब्बा गोल्ड कपको हालैको च्याम्पियन समेत रहेको प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले दुई तथा धिरेन्द्र शाहले एक गोल गरेका छन् ।खेलको पाँचौँ मिनेटमा युकेएफसीका दिवस रोयले धिरेन्द्र शाहलाई डी–एरियामा लडाएपछि फिफा रेफरी उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • ३९० पटक पढिएको
  • सातदोबाटो सेमिफाइनलमा प्रवेश, आयोजक राष्ट्रिय जागृति गोल्डकपबाट बाहिरियो

    विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सात दोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोका सुरजज्यु ठकुरी र समीर तामाङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए । खेलको ३१औँ मिनेटमा सुरजले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। त्यसको चार मिनेटमै समीर तामाङले अर्को गोल थप्दै पहिलो हाफमै टोलीलाई २–० को स्पष्ट अग्रता दिलाए ।पहिल

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १८८ पटक पढिएको
  • आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौ— नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो ।उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।उनले भनिन्, ‘जति पनि हामी किक्रेट खेल्दै आयौं त्यसमा अब २०८३ सालमा अझैं राम्रो खेलेर जित हासिल गर्ने छौं । लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ४६५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.