खेलकुद

    Showing 251-260 of 1,316 items.
  • टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ ।शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया ।  नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ ।बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए । नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए । नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो । 

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 275 पटक पढिएको
  • टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित

    काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित भएको छ । शुक्रबार मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो ।  नेपालले नर्दनले दिएको १७८ रनको लक्ष्य निर्धारित ओभरमा ८ विकेट गुमाएर १३५ रनमात्रै बनाउन सफल भयो ।  नेपालका लागि कुशल मल्लले ३५, गुल्शन झाले २६ ,रोहित पौडेलले २३ रन र दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए ।  यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३, सहाब आलमले २ तथा दीप

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 212 पटक पढिएको
  • नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य

    काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाललाई घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकले १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको हो ।नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए । ३४ बलमा ७ चौका र एक छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे ।नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहव आलमले २ विकेट लिए । रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 388 पटक पढिएको
  • टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

    काठमाडौं – बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 429 पटक पढिएको
  • नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास म्याच खेल्ने तयारी

    काठमाडौं— अस्ट्रेलियाको डार्बिनमा सुरु भएको टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले भोलि आफ्नो पहिलो खेल खेल्दैछ । नेपाली टोलीले घरेलु टोली नर्दन टेरिटोरीसँग खेल खेल्नेछ ।खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमीसँग, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका तय गरिएको छ ।सिरिजपछि नेपालले अस्ट्रेलियामा एक हप्तासम्म अतिरिक्त अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपालले क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई खेल र साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई म्याच खेल्ने ताल

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 535 पटक पढिएको
  • फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौंमा विशाल लामा नेतृत्वको नयाँ समिति चयन

    काठमाडौं — नेपाल फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौं शाखामा विशाल लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।हालै सम्पन्न निर्वाचनमार्फत लामा अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको नयाँ कार्य समितिमा रितिग मगिया उपाध्यक्ष, वीरचन्द्र नकर्मी सचिव र जेनिसा तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन्।सदस्यहरूमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल र क्षितिज किरण रंजित चयन भएका छन्।महासंघले नयाँ नेतृत्वसँगै काठमाडौंमा फुल कन्ट्याक्ट करातेको प्रवर्द्धन र खेलाडीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 482 पटक पढिएको
  • एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै

    काठमाडौं –  आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बिहीबारदेखी एन्फा महिला लिग छनोट .प्रतियोगिता सुरु हुन लागेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्ने भएका छन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।यस्तै, दोस्रो खेलमा भने सङ्कटा क्लब र नेपाल खेलकुद क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि आजै अपराह्न सवा ४ बजे सुरु हुनेछ ।प्रतियोगितामा १४ टोलीको सहभागिता छन् भने सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 460 पटक पढिएको
  • टप एण्ड टी–२० सिरिजको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै

    काठमाडौं – अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजको प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज पाकिस्तान शाहिन्स र बंगलादेश ए भिड्दै छन् ।यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ भने  सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।प्रतियोगितामा नेपालले पहिलो खेल (भोली) अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान स

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 575 पटक पढिएको
  • 'साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

    काठमाडौं – म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  ।साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 495 पटक पढिएको
  • च्याम्पियन नेपाली एमएमए फाइटर ढाँटलाई बालेनले २ लाख रूपैयाँ सहित सम्मान गरे

    काठमाडौं— काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 572 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा