खेलकुद

    Showing 21-30 of 1,316 items.
  • यही पुस २३ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

    काठमाडौं— शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए। नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 402 पटक पढिएको
  • कोशीका क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा निधन

    विराटनगर— कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।विराटनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा निधन भएको हो ।थापाको निर्धनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले दुख व्यक्त गरेको छ । क्यानले भनेको छ–'कोशी प्रदेशका कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी भएको असामयिक निधनको दुःखद खबरले नेपाल क्रिकेट संघसहित सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • 350 पटक पढिएको
  • आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक

    काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ ।  क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् । आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, बंगलादेश, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोग

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 179 पटक पढिएको
  • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    काठमाडौँ। क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक कार्कीले यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनका लागि नभइ युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको उल्लेख गरे । उनले नेपालमा क्रिकेट खेलमा उल्लेखनीय विकास भएको बताए ।खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै प्रबन्ध निर्देशक कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास न

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 185 पटक पढिएको
  • टि ट्वान्टी विश्वकप तयारीः २४ खेलाडीको‌ नाम सार्वजनिक

    काठमाडौं— भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते (२०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ ।यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ ९क्यान० ले प्रशिक्षणमा बोलाएको छ ।११ दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्ने

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 396 पटक पढिएको
  • भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन

    काठमाडौं— पाकिस्तानले एसिसी यु –१९ एसिया कपको उपाधि जितेको छ । फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो ।दुबईमा भएको खेलमा किस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो ।समिरलाई अहमद हुसैनले ७२ बलमा ५६ रनको बनाएर दिए । समिर र अहमदले तेस्रो विकेटका लागि १ सय ३७ रनको साझेदारी पनि गरेका थिए ।जवाफमा भारतले सुरुमा आक्रामक सुरुवात गर्दै पाँचौं ओभरमा ५० रन बनायो । तर वैभव सूर्यवंशी १० बलमा २६ रनमा आउट भएपछि भारत दबाबमा पर्यो। पावरप्लेको अन्त्यसम्म भारतले ५ विकेट गुमाउँदै ६

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 368 पटक पढिएको
  • कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

    काठमाडौं— कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो ।प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स रहेका छन् ।पत्रकार सम्मेलनमा आयोजकले टोली मालिकहरूको पनि परिचय गराएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित इकाल, बिर्तामोड हिट्सका मालिक अ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 422 पटक पढिएको
  • कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

    कर्णाली। कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई विश्वसामु चिनाउन हैसियत राख्छन् भन्ने बुझाउन तथा उनीहरूलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।अध्यक्ष शाहीले भने, “करिब एक हप्ताको अवधिमा हामी महिला र पुरुष बास्केटबल प्रतियोगिता गर्नेछौँ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 229 पटक पढिएको
  • साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

    काठमाडौं— साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 410 पटक पढिएको
  • साम्बाको ह्याट्रिकमा वेलिगंटनको सानदार जित

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ। शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो।वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन्। साम्बाले खेलमो १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन्। खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा