खेलकुद

    Showing ३६१-३७० of १,६४७ items.
  • साम्बाको ह्याट्रिकमा वेलिगंटनको सानदार जित

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा वेलिंगटन फिनिक्सले निन्जा ए लिगमा सानदार जित हासिल गरेको छ। शनिबार भएको खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो गोलअन्तरले हराएको हो।वेलिंगटनको जितमा साम्बाले ह्याट्रिक गरिन्। साम्बाले खेलमो १३, ६९ र ८० मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेकी हुन्। खेलको तेस्रो मिनेटमा नै वेलिंगटनले १–० को अग्रता बनाएको थियो।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २३७ पटक पढिएको
  • चौध खेलाडीलाई छात्रवृत्ति प्रदान

    काठमाडौँ। नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।  नेपाल ओलम्पिक कमिटीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटी र छात्रवृति पाउने खेलाडी तथा सम्बन्धित खेल सङ्घका अध्यक्ष एवं महासचिवबीच ओलम्पिक छात्रवृतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि आठ जना खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस विधामा छात्रवृति प्राप्त गर्ने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ४४१ पटक पढिएको
  • जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

    काठमाडौं— देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ ।थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्।‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उद्घाटन गरेका थिए।प्रतियोगिताको समुद्घाटन समारोहमा जे

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ५३२ पटक पढिएको
  • खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

    दमौली। जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलाई ज्ञापनपत्र बुझाएका छन् ।यही पुस २४ गतेदेखि खेलमैदानमा आदिवासी जनजाति महासङ्घ तनहुँले महोत्सव गर्न लागेकाले त्यसका

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ४०५ पटक पढिएको
  • फिफा विश्वकपको पुरस्कार रकम घोषणा, विजेताले ५ करोड डलर पाउने

    काठमाडौं— फिफा काउन्सिलले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार रकम स्वीकृत गरेको छ ।आगामी विश्वकपमा सहभागी टोलीका लागि कुल ६५५ मिलियन अमेरिकी डलर पुरस्कार वितरण गरिने भएको हो । जुन २०२२ मा कतारमा भएको विश्वकपको तुलनामा झण्डै ५० प्रतिशतले बढी हो ।विश्वकपको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर पुरस्कार पाउनेछ, जुन अघिल्लो संस्करणमा प्रदान गरिएको रकमभन्दा ४ करोड २० लाख डलर बढी हो । उपविजेता टोलीलाई ३ करोड ३० लाख डलर दिइनेछ ।यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले २ करोड ९० लाख र चौथो स्थानमा रहने टिमले २ करोड ७० लाख डलर प्राप्त गर्ने फिफाले जनाएको छ । यस्त

    • प्रकाशित मितिः पुस ३, २०८२
    • ६६५ पटक पढिएको
  • एपीएफ र इस्ट बंगालबीचको पहिलो हाफमा गोलरहित बराबरी

    काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल टिम र भारतीय टिम इस्ट बंगाल एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ । बुधबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एपीएफ र इस्ट बंगालबीचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको हो । खेलमा एपीएफ तेस्रो जितको खोजी छ । एपीएफले यसअघि पहिलो खेलमा बंगलादेशी टिम नस्रिन स्पोर्ट्स एकेडेमीलाई ४–०, तेस्रो खेलमा पाकिस्तानी टिम कराची सिटी एफसीलाई १–० ले पराजित गर्दा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी गरेको थियो । इस्ट बंगाल भने अपराजित रहँदै समूह चरण टुंग्याउने लक्ष्यम

    • प्रकाशित मितिः पुस २, २०८२
    • ३४९ पटक पढिएको
  • राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

    काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिखसमा नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दैछ ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३०९ पटक पढिएको
  • एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा

    काठमाडौं— एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ५०३ पटक पढिएको
  • यी हुन् एनपीएलमा सर्वाधिक पुरस्कार जित्ने खेलाडी

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् ।लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक जित्न पनि सफल भए ।यस्तै,लुम्बिनी लायन्सकै शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भइ पल्सर बाइक पुरस्कार हात पारे । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनी ५ लाख नगद पुरस्कार पाए ।त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्द

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ४४२ पटक पढिएको
  • उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

    काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो ।उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने सुरुदेखि विश्वास थियो । सबै टिम एकजुट भएर लाग्यौँ र च्याम्पियन बन्यौँ ।”टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो । उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ४१० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.