खेलकुद

    Showing ५५१-५६० of १,६४७ items.
  • एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

    काठमाडौं ।  भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।  आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन ब

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • ४७० पटक पढिएको
  • एसिया कपः आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं— एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ७३३ पटक पढिएको
  • काभा महिला भलिबल लिग २०२५ स्थगित

    काठमाडौं—  काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ६४९ पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • ४४२ पटक पढिएको
  • बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जस अन्तरगत नेपाल र बंगलादेशबीचको पहिलो खेल शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुन लागेको छ । साथै दोस्रो खेल मंगलबार हुने तय भएको छ । विजेताको निर्णय समग्र नतिजामा आधारित हुनेछ । यदि दुवै खेलमा समान नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता घोषणा गरिनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • ३४३ पटक पढिएको
  • एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

    काठमाडौं— वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ६५८ पटक पढिएको
  • एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध ग¥यो पहिलो विदेशी खेलाडी

    काठमाडौं— सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लिनले टी२० फम्र्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।  उनले इन्डियन प्रिमियर लिगसहित विश्वका

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५५३ पटक पढिएको
  • दशरथ रंगशाला अयोग्यः भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त

    काठमाडौं— नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ ।तर पछिल्लो समय रंगशालामा अन्तर्राष्ट्रिय खेलहरु हुन सकेको छैनन् । एसियन फुटबल महासंघ (एएफसी)ले समेत रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गरेपछि रंगशाला नै अयोग्य ठहर भएको छ । तर यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) भने दशरथ रंगशालालाई परिमार्जनसहित अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दापनि त्यसको विकल्पमा जुटेको छ । भक्तपुरको सूर्यविनायकमा दशरथ रंगशालाको विकल्पमा अर्को रंगशालाको निर्माणको प्रक्रिया अगाडि बढाएको एन्फाका प्रवक्ता सुरेश शाह

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५०८ पटक पढिएको
  • दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा

    काठमाडौं— दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपाल आइपुगेको छ। बुधबार राति त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने छ । खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ५२७ पटक पढिएको
  • पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल भदौ अन्तिम सातामा हुने

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहका सहभागी हुन पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।चावहिल स्पोट्र्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल म

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.