खेलकुद

    Showing ५७१-५८० of १,६४७ items.
  • टेरीटरीमाथि नेपालको ४१ रनको जित

    काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो । नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ४७९ पटक पढिएको
  • आना फ्लाभियापछि मायरा भिटोरिया कर्णाली यशभिसमा अनुबन्ध

    काठमाडौं— एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशभिसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरेको छ । ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिन भित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धाका लागि कर्णाली यशभिसले सेटर आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।पहिलो संस्करणको विजेता कर्णाली यशभिसले  दोस्रो संस्करणमा पनि जित निकाल्नका लागि ब्राजिलका महिला भलिबल खेलाडीहरु अनुब

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ८०६ पटक पढिएको
  • यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै

    काठमाडौं— राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।  टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने छ । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरण र सेमि–फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ ।   राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समूहका खेलाडीले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले यु–१४ क्रिकेट आयोजना गरेको बताए ।   प्रतियोगिताको फाइनल खेल तल्लो वा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने छ । &nbs

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ६८२ पटक पढिएको
  • साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

    काठमाडौं— भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।  खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ ।नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो । प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६४७ पटक पढिएको
  • टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ ।सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ६६४ पटक पढिएको
  • ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

    काठमाडौं— एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ८१० पटक पढिएको
  • आजदेखि ग्रिनल्यान्ड बास्केटबल सुरु हुँदै

    काठमाडौं— ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने छ ।  सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए । विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो । २०६२/६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५/७६ को कोभिड महाम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ७७७ पटक पढिएको
  • साफ यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

    काठमाडौं—  भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । नेपाल–भारत बिचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ भने नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार छ । आजै हुने दोस्रो खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भदौ १३ गते भारतसँग, १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ७३५ पटक पढिएको
  • टप एण्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

    काठमाडौं— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो ।मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन । उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे ।नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुव

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ७३१ पटक पढिएको
  • बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनौट सुरु

    मकवानपुर— मकवानपुरको बागमती गाउँपालिकाले  फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनौट सुरु गरेको छ । आइतबारदेखि वडा नम्बर ४ स्थित सहिद स्मृति रंगशालामा खेलाडी छनौट सुरु गरेको हो ।आइतबार वडा नम्बर ४ र ५ नम्बरका खेलाडीहरु छनौट गरिएको छ । भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनौट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । सबै वडामा छनौट पश्चात् अन्तिम चरण छनौट गरेर एकेडेमीमा राखेर व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने उनले बताए । यस्तै एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट भएकोमा खुशी व्यक्त गरे । उनलाई एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ७७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.