खेलकुद

    Showing 621-630 of 1,316 items.
  • टी–२० आईबाट विराट कोहलीले लिए सन्यास

    काठमाडौं— भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन्। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे। सन्यासपछि उनले भनेका छन्, ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो । मैले मेरो काम पूरा गरेँ। अब, नयाँ पिँढीका लागि अवसर हो। केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन्।’शनिबारको खेलमा भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए। उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए। कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन्। प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थि

    • प्रकाशित मितिः असार १६, २०८१
    • 564 पटक पढिएको
  • १७ वर्षपछि च्याम्पियन बन्यो भारत, दक्षिण अफ्रिका सात रनले पराजित

    काठमाडौं— भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ। शनिबार राति वेस्ट इन्डिजमा भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो। वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो। भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो। अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ। एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा प

    • प्रकाशित मितिः असार १६, २०८१
    • 573 पटक पढिएको
  • उपाधि जित्न दक्षिण अफ्रिकालाई भारतले दियो १७७ रनको लक्ष्य

    कठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जित्न  भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ राजेको भारतले ७ विकेट ग’माएर निर्धारित २० ओभरमा १७६ रन बनाएको हो। भरतका लागि ओपनर विराट कोहलीले ५९ बलमा ७६ रनको अर्धशतकीय इनिङस खेले।प्रतियोगिता भर लयमा नदेखिएका कोहलीले फाइनलमा २ छक्का र ६ चौका प्रहार गर्दै रनको वर्षा गरे। ऋर्का ओपनर रोहित शर्मा ९ रनमा आउट ह’ँदा अक्षर पटेलले अर्धशतक नजिक ४७ रन बनाएर बाहिरिए। श्रीयम द’बेले २७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक छ’न सकेनन्। क्ेन्सिनटोन ओभलमा दक्षिण अफ्रिकाका लागि शव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्य

    • प्रकाशित मितिः असार १५, २०८१
    • 225 पटक पढिएको
  • टी-२० विश्वकपको फाइनलमा कोहलीको अर्धशतक

    काठमाडौंँ- आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारतका विराट कोहलीले अर्धशतक पूरा गरेका छन्।बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ रोजेका भारतको लागि विराट कोहलीले ४८ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। उनले ४ चौका प्रहार गरेका छन्।१८ ओभरको खेलमा ४ विकेटको क्षत्रिमा भारतले १५० रन जोडेको छ । खेल जारी छ। 

    • प्रकाशित मितिः असार १५, २०८१
    • 357 पटक पढिएको
  • टी-२० विश्वकप फाइनल ; दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत

    काठमाडौं । जारी आईसीसी टी २० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    • प्रकाशित मितिः असार १५, २०८१
    • 374 पटक पढिएको
  • रियल म्याड्रिडका कप्तान साउदीको टिममा अनुबन्धित

    काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । नाचो भर्खरै साउदी शीर्ष डिभिजनमा बढवा भएको टोलीमा अनुबन्धित भएका हुन् ।  सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । ३४ वर्षीय नाँचो रियलले गत सिजन कीर्तिमानी ३५औं पटक ला लिगा, १५औं पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कोपा जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।उनको प्रस्थानले क्लबसँगको २३ वर्षको लामो यात्रा टुंगिने छ । नाँचो सन् २००१ देखि नै रियलमा रहेका थिए । रियलक

    • प्रकाशित मितिः असार १४, २०८१
    • 480 पटक पढिएको
  • आईसीसी टी-२० विश्वकपमा उपाधि भिडन्त भारत र दक्षिण अफ्रिकाबीच

    काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भिडन्त दक्षिण अफ्रिका र भारतबीच हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्दै दक्षिण अफ्रिकासँगको उपाधि भिडन्त पक्का गरेको हो । यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिएको छ। दक्षिण अफ्रिका पनि अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो। दक्षिण अफ्रिका र भारतबीचको उपाधि भिडन्त शनिबार हुनेछ।भारतले इंग्ल्याण्डलाई ६८ रनल

    • प्रकाशित मितिः असार १४, २०८१
    • 680 पटक पढिएको
  • युरो कप २०२४ को समूह चरणको 'चिरफार'

    काठमाडौँ- युरो २०२४ मा समूह चरण खेल सकिएसँगै अब प्रि क्वाटंरफाइनलका खेल सुरु हुँदैछन्। क्वाटरफाइनल पुग्न सानदार प्रदर्शनसँगै भाग्यसाली टिम पुगेका छन्। कुनै टिममा निरन्तर बराबरीले अन्तिम १६ मा पुगेका छन् भने कुनै टोली जितपछि पनि घर फर्किएका छन्। जस्तो, युक्रेन। यसपटक युक्रेन अभागी ठहरियो। समूह इ मा परेको यो टोली शीर्ष टोलीकै समान अंक ल्यायो। समूह इ का रोमानिया, बेल्जियम र स्लोभाकिया ४ अंकले नै माथिल्लो चरणमा जाँदा युक्रेन ४ अंक नै ल्याएर बाहिरियो। अन्य टोलीसँग युक्रेन गोल अन्तरले पछाडि धकेलियो। युरोमा एउटै समूहका तीन टोलीसम्म माथिल्लो चरणमा जाने सम्भावना रहन्छ। तर ४ अंक ल्याए पनि युक्

    • प्रकाशित मितिः असार १३, २०८१
    • 537 पटक पढिएको
  • महिला टी–२० एसिया कप : नेपालको पहिलो प्रतिस्पर्धी नै शक्तिशाली यूएई

    काठमाडौँ- महिला टी–२० एसिया कप–२०२४ क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। यूएई शक्तिशाली टिम हो। यूएई यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको उपाधि जितेको टोली हो। यता नेपाल भने सेमिफाइनलबाटै बाहिरिएको थियो। सुरुमा फाइनल खेल्ने दुई टिमले एसिया कप खेल्न पाउने एसीसीको नियम थियो। परिमार्जन गरेर सेमिफाइनल पुगेको टोली पनि खेल्न पाउने बन्यो। यही कारण नेपाली महिला टिमले एसिया कप खेल्ने अवसर पाएको हो। बुधबार सार्वजनिक गरिएको परिमार्जित खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्न लागेको हो । सो खेल १९ जुलाईंमा हुनेछ ।यस्तै, २१ जुलाईंमा नेपालले पाकिस्ता

    • प्रकाशित मितिः असार १२, २०८१
    • 339 पटक पढिएको
  • कोपा अमेरिकामा क्यानाडाले पेरुलाई हरायो

    काठमाडौं— कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा पेरुलाई १–० गोलले हराउँदै क्यानडा विजयी भएको हो ।क्यानडाका लागि जोनाथन डेभिडले एक गोल गरेका थिए । उनले खेलको ७४औँ मिनेटमा गरेको गोल नै क्यानडाको जितका लागि निर्णायक बनेको थियो ।खेलको ५९औँ मिनेटमा मिगुएल अराउजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि पराजित भएको पेरु १० जनामा सिमित भएको थियो ।यो जितसँगै क्यानडा ३ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ । पराजित भएको पेरु १ अंकसहित पुछारमा छ । यस्तै अर्जेन्टिना ४ अंक जोडेर शीर्षस्थानमा छ । २ अंक भएको चिली तेस्रो स्थानमा छ ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 450 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा