खेलकुद

    Showing 661-670 of 1,259 items.
  • खुमलटार र फ्रेन्ड्स क्लब खेल्दै

    झापा- नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 314 पटक पढिएको
  • संखुवासभामा राष्ट्रव्यापी पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता हुने

    झापा- संखुवासभाको मादीमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। मादी नगरपालिकाको आयोजनामा ‘पृथक पहिचान मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ फागुन २८ गतेदेखि ३० गतेसम्म राष्ट्रव्यापी खुला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ।बुधबार आयोजक मादी नगरपालिकाले खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएको हो। पुरुष युगल, महिला युगल र भेट्रान्स युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने मादी नगरपालिका नगरप्रमुख जीवन लिङ्थेपले जानकारी दिए।खेलकुदको माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट मादी नगरपालिका

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 162 पटक पढिएको
  • आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दै

    झापा । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेवि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 258 पटक पढिएको
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै

    झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै वि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 207 पटक पढिएको
  • केपी ओली कप फुटबलको फाइनलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै

    झापा – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल खेलमा आज सातदोबाटो र मच्छिन्द्र खेल्दै छन् । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन् ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 244 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

    भद्रपुर-  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षक समित श्रेष्ठले रोकेका थिए ।टाइब्रेकरमा आर्मीका सेसेहाङ आङदम्बेको प्रहार मछिन्द्रका रक्षक विशाल श्रेष्ठले रोके ।टाइब्रेकरमा आर्मीका दिपेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलाल र सुशान्त चौधरीले गोल गरे ।टाइब्रेकरमा मछिन्

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 209 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज मच्छिन्द्र र आर्मी भिड्दै

    झापा - सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब उपाधी उचाल्न यो सिजनमा पहिलो पटक एकआपससँग भिड्दै छ । झापास्थित मेची रंगशालामा आज ९मंगलबार० हुने प्रथम भद्रपुर झापा गोल्डकपको उपाधीका लागि दुबै टोली भिड्न लागेका हुन्। सेमिफाइनलमा मच्छिन्द्रले सशस्त्रको एपिएफलाई र आर्मीले संकटा फुटबल क्लबलाई हराउँदै उपाधि नजिक पुगेको हो ।राष्ट्रिय खेलाडी सुजल श्रेष्ठको कप्तानीमा भर्खरै सातौँ राजर्षी जनक कप जितेको मच्छिन्द्र दोस्रो उपाधि उचाल्ने दाउमा छ । राष्ट्रिय खेलाडीले भरिभराउ मच्छिन्द्रलाई मैदानमा रोक्दै लिगको दोस्रो टोली आर्मी यो सिजनमा पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 131 पटक पढिएको
  • तीर हान्ने खेल सम्पन्न

    झापा - ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । तीन दिनसम्म सञ्चालित खेलमा प्रथम भएको कु–दिङले ५ हजार २५० अंक ल्याएको थियो । के.वाई.सी. किम्माथांकाले ५ हजार २२० अंक ल्याउँदै दोस्रो भएको थियो भने थांमुछी विकास समाजले ४ हजार ४८० अंक ल्याएर तेस्रो स्थान प्राप्त गरेको नेपाल आर्चरी संघका जिल्ला अध्यक्ष पासाङ भोटेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख, दोस्रो हुनेले एकाउन

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 126 पटक पढिएको
  • महिला फुटबलको ओलम्पिक छनोट पहिलोपल्ट नेपालले आयोजना गर्ने

    झापा । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्खेछ ।छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टो

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 141 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकप : एपिएफ सेमिफाइनलमा प्रवेश, बंगलादेश सडनडेथमा पराजित

    भद्रपुर- विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो ।निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको थियो ।सडनडेथमा एपिएफले बंगलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए ।जितसँगै एपिएफले फाइनल प्रवेश

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 169 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा