खेलकुद

    Showing ६८१-६९० of १,६४७ items.
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ४८२ पटक पढिएको
  • साउदी लिगमा अल नासर पराजित

    रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।  गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबा

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • २९३ पटक पढिएको
  • फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

    काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ ।बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो ।खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् । खेलमा सेन्ट एटिनले दुई पटकसम्म अग्रता बनाए पनि दुवै पटक साम्बाले गोल गर्दै गुइगाम्पलाई जिताएकी हुन् ।यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंक तालिकामा भने १२ औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ३६१ पटक पढिएको
  • हैदराबादमाथि गुजरातको शानदार जित

    काठमाडौं— आईपीएलअन्तर्गत सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। नरेन्द्र मोदी रंगशालामा शुक्रबार भएको खेलमा हैदराबाद ३८ रनले पराजित भएको हो। यससँगै गुजरातले सिजनमा आफ्नो सातौँ जित दर्ता गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।  हैदराबादले १० मध्ये ७ खेल हारेको छ।हैदराबादको बलिङमो गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन बनायो। जवाफमा हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनायो।गुजरातका कप्तान शुभमन गिलले ७६ रन बनाए। जोस बटलर ६४ रन बनाएर आउट भए। साई सुदर्शनले ४८ रनको इनिङ्स खेले।जयदेव उनाडकटले ३ विकेट लिए। हैदराबादका लागि अभिषेक शर्माले ७४ रन, हेनरिक क्लास

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ४०५ पटक पढिएको
  • घरेलु मैदानमै बार्सिलोनाको संघर्ष

    काठमाडौं— यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानविरुद्ध रोकिएको छ । बुधबार राति घरेलु मैदानमा बार्सिलोनाले इटालियन क्लबविरुद्ध ३–३ को संघर्षपूर्ण बराबरी खेलेको हो ।बार्सिलोनाका लामिन यमल र फेरान टोरेसले गोल गरे । स्पेनिस क्लबले अर्को एक गोल भने इन्टरका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका डेन्जेल डम्फ्रिजले दुई र मार्कुस थुरमले एक गोल थपे ।खेलको पहिलो मिनेटमै थुरमको गोलमा इन्टरले अग्रता बनाएको थियो । २१औँ मिनेटमा डम्फ्रिजले अग्रता दोब्बर बनाए । २४औँ मिनेटमा यमलले गोल गर्दै इन्टरको अग्रतालाई २–१ मा झारे । ३८औँ मिनेटमा टोरेसले गो

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ३६२ पटक पढिएको
  • एनएसएलमा ललितपुर सिटी र धनगढीबीच आज प्रतिस्पर्धा हुँदै

    काठमाडौं— नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ। यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ५५५ पटक पढिएको
  • टस जितेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं— काठमाडौंमा जारी आईसीसी यू—१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ ।काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको छ । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू(१९ विश्वकपमा छनोट हुने छन् ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • ५४१ पटक पढिएको
  • टी–२० आई सिरिजः आज नेपाल र कुवेत भिड्दै

    काठमाडौं— हङ्कङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत भिड्दै छन् । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आजको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुने छ ।शनिबार भएको घरेलु टोली हङ्कङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङ्कङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकियो । हङ्कङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो ।वर्षा नरोकिएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । जारी प्रतियोगितामा पाँच अंक बटुलेको नेपाल तालिकाको शीर्षस्थान कायम गर्दै फाइनलमा सुरक्षित स्थान बनाएको थियो ।नेपालले आफ्नो पहिलो खेलम

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३९२ पटक पढिएको
  • कुवेतमाथि नेपालको शानदार जित

    काठमाडौं— चारदेशीय टी २० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार बिहान कुवेतसँग भएको खेलमा नेपालले ६ विकेटले जित हात पारेको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपालले कुवेतमाथि सहज जित निकालेको हो ।पहिला व्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । सो लक्षय पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे । आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतम

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ५४४ पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

    धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन् ।सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को रु १५ लाख खर्च भएको थियो ।यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहर

    • प्रकाशित मितिः चैत २०, २०८१
    • ५४९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.