खेलकुद

    Showing 701-710 of 1,506 items.
  • विश्वकप क्रिकेट लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

    काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले मंगलबार ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ । ६ खेलमा पाँच अङ्कसहित ओमान छैटौँ स्थानमा छ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगातार खराब प्रदर्शन गरिरहेको छ ।नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले, दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो  । 

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 360 पटक पढिएको
  • नेपाल क्यानडासँग पाँच विकेटले पराजित

    काठमाडौं–क्यानडामा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा १८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर जित हासिल गर्‍यो । क्यानडाका लागि नाभिनित धालिवालले ८७ रन र प्रगत सिंहले ६४ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४९ रन बनाए भने दुई विकेट लिए । करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिए ।यसअघि, नेपालले टस जितेर ब्याटिङ गर्दै ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालले सिरिजको आफ्नो अन्तिम खेल मङ्गलबार ओमानसँग खेल्नेछ ।&n

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 449 पटक पढिएको
  • आईसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार

    काठमाडौं— आईसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानाडासँग नेपाल ५ विकेटले पराजित भएको छ।क्यानाडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानाडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो।सुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन। सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो।यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए। उनी अर्धशतक बनाउन मात

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 461 पटक पढिएको
  • काभा महिला भलिबलको उपाधि भिडन्त आज

    काठमाडौं— नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा पुगेको छ । पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो । पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो । फाइनल खेल आज हुनेछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ । 

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 344 पटक पढिएको
  • नेपाल ओमानसँग एक विकेटले पराजित

    काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ। क्यानडाको किङ सिटीस्थित म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्डमा नेपालले दिएको २२० रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै जित हासिल गरेको हो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको ओमानले नेपालको इनिङलाई रोक्दै आफूलाई जितसम्म पुर्यायो।

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 447 पटक पढिएको
  • १२ औं एनएसए कप पौडी प्रतियोगिता हुने

    काठमाडौं- आगामी असोजको तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।नेपाल पौडी संघको आयोजनामा असोज १३ र १४ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा प्रतियोगिता हुन लागेको हो । बुधवार संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लव र प्रदेशबाट कुल तीन सय ५० खेलाडीले प्रतिष्पर्धा गर्ने संघले जानकारी दिएको छ । खुला (महिला/पुरुष) र विभिन्न उमेरसमूह (महिला/पुरुष) गरी कुल ७२ वटा स्पर्धामा प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयका आधारमा

    • प्रकाशित मितिः असोज २, २०८१
    • 601 पटक पढिएको
  • सङ्कटालाई ३–० ले पराजित गर्दै एपिएफ शीर्षस्थानमा

    काठमाडौं – एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफले सङ्कटा क्लबलाई ३–० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले सहज जित निकालेको हो । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी, र सविता रानामगरले समान एक–एक गोल गरे। सरुले १३औँ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाइन्, जसलाई अनिताले ५०औँ मिनेटमा थप गोल गर्दै बलियो बनाइन्। अन्त्यमा, सविताले ६४औँ मिनेटमा गोल गर्दै खेललाई ३–० मा पुर्‍याइन् । यो जितसँगै एपिएफले ६ खेलबाट १६ अङ्क जोडेर शीर्षस्थान सुरक्षित गरेको छ भने सङ्कटा ५ अङ्कसहित सातौँ स्थानमा छ । 

    • प्रकाशित मितिः असोज १, २०८१
    • 427 पटक पढिएको
  • प्रधानसेनापति ट्रफी प्रतियोगिता शुरु

    काठमाडौं- प्रधानसेनापति ट्रफी प्रतियोगिता आइतबार राजधानीमा सुरु भएको छ ।नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको शुभारम्भ गरे । प्रतियोगिता आगामी असोज १५ गतेसम्म जारी रहनेछ । हरेक वर्ष नेपाली सेनाले प्रधानसेनापति ट्रफी प्रतियोगिता गर्दै आएको छ । नेपाली सेनाले विभिन्न खेलकुद विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने अभिप्रायले २०६५ सालबाट ६ वटा विधाहरु समावेश गरी प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता शुरु गरेको थियो । यस वर्ष भने ८ विधा रहेको सेनाले जनाएको छ । जसमा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स समावेश छन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 461 पटक पढिएको
  • कर्णालीलाई ६-० ले हराउँदै एपीएफ एन्फा महिला लिगको शीर्ष स्थानमा

    काठमाडौं— विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६-० गोल अन्तरले पराजित गर्दै एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। एपीएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन्। त्यस्तै एक गोल आत्मघातीमार्फत पाएको थियो।एपीएफले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ। कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना जारी लिगमा १० टोलीको सहभागिता

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 506 पटक पढिएको
  • नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको छ : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताएका हुन् । ओलीले भने, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याड

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 421 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.