खेलकुद

    Showing 711-720 of 1,316 items.
  • ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल

    काठमाण्डौ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ । यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् । आज सातदोबाटो लगातार चाैथाे जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ ।सातदोबाटो ३ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार ३ खेलमा

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 173 पटक पढिएको
  • नेपालद्वारा युएई सामु २४९ रनको लक्ष्य

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले युएई सामु २४९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २४८ रनमा समेटियो। नेपालका लागी कप्तान रोहित पौड्यालले सर्बाधिक ७७ रनको योगदान गरे।आरिफ शेखले ४३ तथा गुल्सन झाले ३७ रन जोडे।दीपेन्द्र सिं ऐरीले ३४ रनको योगदान गर्दा भिम सार्कीले २९ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट हुँदा आशिफ शेखले खातानै खोल्न सकेनन्।कुनै समय २२ रन जोड्दा तीन विकेट गुमाईसकेको नेपालको ध्वीत ईनिङ भीम सार्की र रोहित पौड्यालले उकासेका थिए। दुबै जनाले ५४ रनको साझेदारी गर्दै नेपाललाई रा

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 146 पटक पढिएको
  • आज महिलाले ‘ए’ डिभिजन लिग हेर्न निःशुल्क प्रवेश पाउने

    काठमाडौं - सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज हुने तीन खेलहरू हेर्नका लागि महिलाले निःशुल्क प्रवेश पाउने भएका छन् । प्रत्येक वर्ष मार्च आठमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आजका लागि लिगका खेलहरू हेर्न महिलालाई निःशुल्क प्रवेश दिइएको हो । लिगको आर्थिक स्वामित्व लिएको एमडीएसी स्पोर्ट्सले आजका खेलहरु हेर्न महिलालाई साधारण प्यारापिटतर्फ प्रवेश निःशुल्क गरिएको जनाएको हो ।लिगमा आज च्यासल र दशरथ गरी दुई रंगशालामा तीन खेलहरु हुँदैछन् । आज दिउँसो २ः३० बजे च्यासलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 250 पटक पढिएको
  • चेल्सी युएफा च्याम्पियन्स लिगको अन्तिम आठमा

    काठमाडौं : इंग्लिस प्रिमियर लिग क्लब चेल्सी युएफा च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।  डर्टमुन्डमाथि समग्रमा २–१ गोलको पुनरागमन जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो। ​च्याम्पियन्स लिगअन्तगर्त अन्तिम १६ को दोस्रो लेगमा स्टाम्फर्ड ब्रिजमा भएको खेलको पहिलो हाफमा चेल्सी १–० ले अघि रहेको थियो।खेलको  ४३ मिनेटमा रहिम स्टर्लिङले गोल गरे। दोस्रो हाफमा पनि चेल्सीले अर्को गोल थप्यो। ५३ औँ मिनेटमा काइ हाभेट्रजले गोल गरेका हुन्।बेन चिलवेलको क्रसलाई रोक्न खोज्दामा बक्समा मारियस उल्फले ह्याण्डबल गरेपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो। हाभेर्टजले गरे

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 199 पटक पढिएको
  • म्यानचेस्टर युनाइटेडकाे पाेष्टमा लिभरपुलकाे ७ गाेल

    काठमाडौं  : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७– ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।  लिभरपुलको जितमा मोहम्मद सल्लाह, कोडी गाक्पो र डार्विन नुनियाजले २–२ गोल गरे।​एन्फिल्डमा भएको खेलमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० गोलको अग्रता बनाए। उनले पहिलो हाफ सकिन २ मिनेट मात्र बाँकी हुँदा एन्डी रोबर्टसनले दिएको पासमा गोल गरेका हुन्।दोस्रो हाफको पुरै समय लिभरपुलले आफ्नो नियन्त्रणमा लिएको थियो। ४७ औँ मिनेटमा नुनियाजले गोल गरेर लिभरपुलको अग्रता दोब्बर बनाए। ५० औँ मिनेटमा गाक्पोको व्यक्तिगत दोस्रो गोलमा योर्गन क्लोपको टोली ३ –० ले अघि

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 355 पटक पढिएको
  • आज नेपाल र यूएई खेल्दै

    काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेको छ।तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया होडमा छन् । ३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 269 पटक पढिएको
  • विश्वकप लिग टु शृखंला : नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

    काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 158 पटक पढिएको
  • खुमलटार र फ्रेन्ड्स क्लब खेल्दै

    झापा- नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 342 पटक पढिएको
  • संखुवासभामा राष्ट्रव्यापी पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता हुने

    झापा- संखुवासभाको मादीमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। मादी नगरपालिकाको आयोजनामा ‘पृथक पहिचान मादी नगरपालिकाको शान’ भन्ने नाराका साथ फागुन २८ गतेदेखि ३० गतेसम्म राष्ट्रव्यापी खुला पुरुष तथा महिला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ।बुधबार आयोजक मादी नगरपालिकाले खाँदबारीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएको हो। पुरुष युगल, महिला युगल र भेट्रान्स युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने मादी नगरपालिका नगरप्रमुख जीवन लिङ्थेपले जानकारी दिए।खेलकुदको माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट मादी नगरपालिका

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 174 पटक पढिएको
  • आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग खेल्दै

    झापा । आईसीसी १९ वर्ष मुनिको विश्वकप एसिया छनोटमा नेपालले अन्तिम खेलमा आज घरेलु टोली युएईसँग खेल्दैछ ।खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपालले सुरुवाती सबै चार खेल जितेको छ । युएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्वकप पुग्न निर्णायक हुनेछ ।नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३ रन तथा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेवि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा