खेलकुद

    Showing 771-780 of 1,263 items.
  • यू -१५ महिला साफ च्याम्पियनसिपमा आज भुटान र नेपाल बिच प्रतिष्पर्धा

    काठमाडौँ / यू -१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पहिलो खेल खेल्दैछ । बङ्गलादेशमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।नेपाली टोली आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पहिलो खेलमा बङ्गलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उ

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 222 पटक पढिएको
  • सन्दीप लामिछाने प्रकरण : आजबाट थुनछेक बहस सुरु हुँदै

    काठमाडौं / १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ ।मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये एउटा आदेश गर्नेछ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारी लगायतले बहस गर्दैछन् । सन्दीप विरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 132 पटक पढिएको
  • सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

    झापा  / बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरूद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदा भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।प्रहरीका

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 197 पटक पढिएको
  • प्याराग्लाइडिङ उडान आजदेखि खुला, स्वास्थ्य परिक्षण गरेकाले मात्र खेल्न पाइने

    झापा / नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए । प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 149 पटक पढिएको
  • सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप

    काठमाडौं / बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले आज दुई दिनको म्याद गरेको हो ।यसअघि जिल्ला अदालत काठमाडौँले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिए

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 167 पटक पढिएको
  • प्याराग्लाइडिङबाटै ज्यान गुमाएका खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक (भिडियो सहित)

    झापा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । उनलाई प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रङ्गशालामा उनको सालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप सालिक बनाउने नि

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 127 पटक पढिएको
  • आज समापन हुँदै नवौँ राष्ट्रिय खेलकुद

    झापा / गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।समापनमा १० औं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । १०औं राष्ट्रिय खेलकुद २०८१ सालको मङ्सिरमा आयोजना हुनेछ । यस्तै, समापनमा प्रतियोगिताको विजेता टोल

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 160 पटक पढिएको
  • सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडियो सहित)

    झापा / बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाण्डु जिल्ला अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।यसअघि पहिलो पटक सात दिनका लागि र दोस्रो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनीमाथिको अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले उनलाई थप हिरासतमा राख्न बुधबार तेस्रोपटक अदालतसँग अनुमति मागेको थियो ।यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत भदौ ५ गते नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 204 पटक पढिएको
  • नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दोमा प्रदेश १ लाई पहिलो स्वर्ण

    झापा  / नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागलुङमा जारी आईटीएफ तेक्वान्दो प्रतियोगितामा एक नं प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ ।१८ स्वर्ण पदकको फाइनल भइसक्दा मङ्गलबार भएको ५१–५५ किलो तौल समूहको महिला स्पाइरिङमा प्रदेश १ की कुसुम राजवंशीले स्वर्ण पदक जितेकी हुन् । उनीसँग पराजित गण्डकी प्रदेशकी हिसिला अडाइले रजत पदक पाइन् भने विभागीय टिम नेपाल आर्मीकी रीना धिमाल र सशस्त्र प्रहरी बलकी सन्जना कुमारी चौधरीले काश्य पदक जितिन् ।प्रतियोगिताको चौथो दिनमा एक नं प्रदेश स्वर्ण हात पार्न सफल भएको हो । यसअघिका खेलमा उसले दुई वटा कास्य पदक जितेको थियो । मङ्गलबार नै भएको ४२–४५ किलो तौल समूहबाट मह

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • 159 पटक पढिएको
  • आफ्नै कीर्तिमान तोड्दै जयरानीले जितिन डबल स्वर्ण

    पोखरा  / पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थारुले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन

    • प्रकाशित मितिः असोज ३१, २०७९
    • 136 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा