खेलकुद

    Showing ८०१-८१० of १,६४७ items.
  • एनपीएलमा आज दुई खेल हुँदै

    काठमाण्डौ । आज नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछ। आज कर्णाली याक्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र विराटनगर किंग्सका खेल हुदैछ।पहिलो खेल कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजको हुदैछ । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्स खेल्दै छन । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुदैछ।पहिलो खेल बिहान ९ : १५ बजे र दोस्रो खेल दिउँसो १ : १५ बजे हुदैछ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ५६४ पटक पढिएको
  • एनपीएलमा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने।एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ।

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ४५९ पटक पढिएको
  • विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सुखद सुरुवात

    काठमाडौं - सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट सुरुवात गरेको छ ।सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।यो विराटनगरको लगातार दोस्रो हार हो ।  यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरिह बन्यो । विराटनगरविरुद्ध फराकिलो जीत

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • ४७४ पटक पढिएको
  • खेल हारे पछि सोमपाल कामीको प्रतिक्रिया

    काठमाण्डौ   ।   खेल हारेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले भने : राम्रो टार्गेट सेट गरेपछि अर्को टोलीलाई गाह्रो हुन्छ भनेर हामीले ब्याटिङ रोजेका हौं,’  ‘त्यसैले टस जितेर ब्याटिङ रोजेकोमा कुनै पश्चाताप छैन। खेल हारेकोमा त दु:ख लागिहाल्छ।’‘कुनै एक खेलमा राम्रो गर्न सकेन भनेर जज गर्न मिल्दैन। यहाँको विकेट बुझ्नलाई समय लाग्छ।’

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ६६० पटक पढिएको
  • ओगिवारा र ब्रूक्सले एफआईएस स्नोबोर्ड बिग एयर विश्व कप उपाधि जिते

    बेइजिङ  ।   जापानका किशोर स्कीयर हिरोती ओगिवारा र ब्रिटेनकी मिया ब्रूक्सले आइतवार  बेइजिङम: जापानका किशोर स्कीयर हिरोती ओगिवारा र ब्रिटेनकी मिया ब्रूक्सले आइतवार बेइजिङमा भएको एफआईएस विश्व कपमा क्रमश: पुरुष र महिला स्नोबोर्ड बिग एयर उपाधि जितेका छन्।१९ वर्षीय ओगिवाराले १६९.५० अङ्कका साथ जित हासिल गरे। उनी इटलीका उपविजेता इयान मेटेओलीभन्दा चार अङ्क अघि थिए। चीनका याङ वेनलोङ तेस्रो स्थानमा रहे भने उनी विश्व कपमा पहिलोपल्ट पोडियममा पुगे।मेटेओलीले पहिलो दौडमा २१६०चक्कार पूरा गरेर दर्शकहरूलाई चकित पार्दै प्रभावशाली ९७.७५ अङ्क हासिल गरे। इटालीका खेलाडी अन्तिम दुई रनमा गति कायम रा

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४९६ पटक पढिएको
  • टस जितेको कर्णाली याक्सले जनकपुर बोल्टस्‌विरुद्ध पहिले ब्याटिङ गर्दै

    काठमाडौं— काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् ।जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ । जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् ।आजै बिहान भएको दोस्रो दिनको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ५३४ पटक पढिएको
  • चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ५ विकेटले हरायो

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। सोमबार टीयू क्रिकेट मैदानमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।काठमाडौंका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमा

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४७३ पटक पढिएको
  • खुदनाबारी गोल्डकपको उपाधि मेची नगरले जित्यो

    बिर्तामोड़   ।   चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो । मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ५१८ पटक पढिएको
  • सिस्‍नेरीको बाढीमा ज्यान गुमाएका ६ फुटबलरका परिवारले एन्फा घेरे

    काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय घेरेका छन् ।गत असोज १२ गते बाढी-पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकहरूले बिहीबार एन्फा घेराउ गरेका हुन् ।एन्फा एकेडेमीका किशोर फुटबलरका परिवार र आफन्तले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गर्दा केहीबेर  तनाव भएको छ ।उनीहरूले किशोर फुटबलरको ज्यान गएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।त्यहाँ आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको थियो । कतिपय अभिभावकलाई प्रहरीले दुर्व्

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • ७६९ पटक पढिएको
  • यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख दिने

    काठमाडौं— विश्वकपमा छनोट इतिहास रच्‍न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप  एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो ।त्यसैगरी मधेश प्रदेश सरकारले पनि विश्‍वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।नेपालले बुधबार भएको खे

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ४२६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.