खेलकुद

    Showing ८५१-८६० of १,६४७ items.
  • नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको छ : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताएका हुन् । ओलीले भने, ‘खेल क्षेत्रका सबै विधाहरुमा हामी यसैगरी उन्नति प्रगति गर्दै जानेछौँ आगामी दिनमा । र बितेका केही वर्षहरुमा हामीले वास्तवमै उल्लेख्य प्रगति गरेका छौँ । चाहे क्रिकेटको सन्दर्भमा होस्, फुटबलको सन्दर्भमा, भलिबल, टेबलटेनिसको सन्दर्भमा, ब्याड

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ४४७ पटक पढिएको
  • पलेशा गोवर्धनलाई प्रधानमन्त्रीबाट ६५ लाखको पुरस्कार

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि कास्य पदक जित्ने पलेशा गोवर्धनलाई पुरस्कृत  गरेका छन्। यसैगरी, पलेशाका प्रशिक्षक कविराज नेगी लामा र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि उनीहरूको योगदानको कदर गर्दै नगद पुरस्कारसहित सम्मान गरिएको छ।मन्त्रिपरिषद्को निर्णयअनुसार, पलेशालाई ६५ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ। यस्तै, प्रशिक्षक लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको छ।पलेशाको यस सफलताले नेपाली खेलकुद क्षेत्रमा नयाँ इतिहास रचेको छ। उनको यस उपलब्धिले अन्य खेलाडीहरूलाई प

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ४७३ पटक पढिएको
  • एन्फा महिला लिग : बागमतीलाई स्तब्ध पार्दै आर्मी दोस्रो स्थान उक्लियो

    काठमाडौं- ललितपूरमा जारी एन्फा महिला लिगमा विभागीय टीम त्रिभुवन आर्मी क्लव विजयी भएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीले वागमती प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको २६ औं मिनेटमा विमला चौधरीले गरेको गोल मार्फत आर्मीले अग्रता बनाएको थियो । पहिलो हाफमा १-० ले पछि परेको बागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । त्यसपछि वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले बागमतीलाई तीन शुन्यले पराजित गर्‍यो । आजको

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ५७७ पटक पढिएको
  • खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउनु : संसदीय समिति

    काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई निर्देशन दिएको छ ।आज बसेको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले आफ्नो अनुकुलतामा कार्यविधि बनाएर अघि बढ्ने कुरा राम्रो नभएको मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए । उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन भन्दै फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयल

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ६३४ पटक पढिएको
  • यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि २९ खेलाडीको छनोट

    काठमाडौं–नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि २९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।क्यानले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव लगायतका युवा प्रतिभाशाली खेलाडीहरु टोलीमा समावेश भएका छन्। प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरुमा अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पनि रहेका छन् ।यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट आगामी नोभेम्ब

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ३६९ पटक पढिएको
  • खेलकुद नेपाललाई विश्वमा चिनाउने कडी : सभापति देउवा

    काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् । ललितपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आज पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् । उनले खेलाडीहरु राष्ट्रको गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए । देउवाले नेपाली काँग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे । उनले भने, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँ

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • ४४९ पटक पढिएको
  • चन्द्रपूर संकटासँग बराबरीमा रोकिए

    काठमाडौं- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले लगातार दोस्रो खेलमा पनि बराबरी खेलेको छ ।आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको हो । लगातार दोस्रो बराबरीपछि चन्द्रपुरले दुई खेलबाट २ अंक जोडेको छ । संकटाले बराबरीपछि पहिलो १ अंक जोडेको छ । पहिलो पटक लिग खेलिरहेको संकटा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ४-० ले पराजित भएको थियो ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ३६६ पटक पढिएको
  • कीर्तिमानी खेलाडी पलेशालाई ७० लाख पुरस्कारसहित सम्मान

    काठमाडौं–पेरिस पारा ओलम्पिकमा नेपाललाई पहिलो पटक पदक दिलाउने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सरकार र काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन् भने काठमाडौं महानगरपालिकाले रु पाँच लाख नगदसहित सम्मान गरेको छ । यसरी पलेशा गोवर्धनले कुल ७० लाख रुपैयाँको पुरस्कार प्राप्त गरेकी छन् ।प्रधानमन्त्री ओलीले पलेशाको जीतलाई नेपालीको जित भन्दै यसले नेपालको इज्जत बढाएको बताए । उनले नेपाली खेलाडीको क्षमतामाथि विश्वास व्यक्त गर्दै नेपालीले मौका पाएपछि गर्छ भनेर स्मरण समेत गर्नुभयो । काठ

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ५९७ पटक पढिएको
  • राष्ट्रपति पौडेल र काठमाडौं महानगरपालिकाद्धारा पलेशालाई सम्मान

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई दिदैँ राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो पार्ने काम भएको र भविष्यमा स्वर्ण पदकको अपेक्षा रहेको बताए । कार्यक्रममा नेपाली सेनाले मङ्गलधुन बजाएर स्वागत गरेको थियो । यसैबीच‚ काठमाडौँ महानगरपालिकाले पलेशालाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा प्रमुख बालेन्द्र

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ४७२ पटक पढिएको
  • पाराओलम्पिक पदक विजेता पलेशालाई भव्य स्वागत

    काठमाडौं–फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी‚ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ‚ खेलाडी र अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ७१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.