खेलकुद

    Showing 851-860 of 1,264 items.
  • आईपीएल : हैदरावादसँग चेन्नाई १३ रनले विजयी

    झापा / इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेलमात्रै जितेको थियो । टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।हैदराबादको सुरुवात राम्रो थियो। सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो ।

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 206 पटक पढिएको
  • नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित

    काठमाडौं / नेपाल  पहिलो टी-२० खेलमा जिम्बावे ए टिमसँग पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए । रोए काए ९ रनमा अविजित रहे ।बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।त्यसअघि आद

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 125 पटक पढिएको
  • भारत्तोलनको प्रारम्भिक चरणबाट १६ खेलाडी छनोट

    काठमाडौँ / खेलकुदका लागि भारत्तोलनका समान आठ पुरुष र महिला गरी १६ जना खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी र ७३ केजीमा आर्मीका राजु चौधरी छनोट भएका छन् । त्यस्तै ७३ केजीमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशाल सिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभास उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।नेपाल भारत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 228 पटक पढिएको
  • युरोपियन च्याम्पियन्स लिग : लिभरपुलसँग भिल्लारियल २-० गोलले पराजित

    एजेन्सी / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ । इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो ।लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिभरपुलले अग्रता लिन सफल भयो । लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।५५ मिनेटमा सडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । उनले सलाहको पासमा गोल गरेका थिए ।यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गो

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 103 पटक पढिएको
  • आइपिएल : बैङ्ग्लोरलाई २९ रनले पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

    एजेन्सी / आइपिएल २०२२ मा बैङ्ग्लोरलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा पुगेको छ ।मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि २९ रनको जित निकाल्दै राजस्थान ८ खेलबाट १२ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको गुजरात टाइटन्सको ७ खेलबाट १२ अङ्क नै छ। पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो ।उसका लागि रियान परागले नटआउट ५६ रन जोडे । उनले ३१ खेलमा ३ चौका र ४ छक्का हिर्काउँदा राजस्थानका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।बलिङमा बैङ्ग्लोरका हर्षरंगा डि सिल्भा, मोहमद सिराज र  जोश हजलउडले २-२ विकेट लिए ।१४५ रनको ल

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 136 पटक पढिएको
  • युइएफए च्याम्पियन्स : सेमिफाइनलको पहिलो खेलमा म्यानचेष्टर र रियल मड्रिड बीच प्रतिस्पर्धा

    एजेन्सी / यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्न सेमिफाइनलको पहिलो खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिडबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धा यो हिसाबमा पनि हुनेछ कि सिटी संसारमा सबैभन्दा बढी रुचाइने र हेरिने इंग्लिस प्रिमियर लिगको शीर्षस्थानको टोली हो । अर्को टोली रह्यो रियल । जुन स्पेनिस ला लिगमा उपाधि जित्न मात्र एक अङ्कको खोजीमा छ । ऊसँग अझै पाँच खेल बाँकी छ । दुबै टोली दुई लिगमा शीर्षस्थानमा छन् ।  यस अर्थमा पनि यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । खेल नेपाली समयअनुसार आज (मंगलबार) मध्यराति पौने १ बजे सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । दोस्रो लेग रियलको घरे

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 147 पटक पढिएको
  • आईपीएल टी-ट्वान्टी क्रिकेट : चेन्नाईलाई ११ रनले हराउँदै पन्जाबको जीत

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नाई सुपर किङ्सलाई ११ रनले हराएको हो ।पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो । 

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 145 पटक पढिएको
  • आईपीएल टि-ट्वान्टी क्रिकेट : आज राजस्थान र दिल्ली भिड्दै

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टि-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटलसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ ।यता दिल्ली आजको खेलमा सहज जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको दिल्ली ६ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 130 पटक पढिएको
  • आईपीएल टी-ट्वान्टी : दिल्ली र पन्जाब बीच प्रतिस्पर्धा हुँदै

    एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ । यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौँ स्थानमा उक्लने छ । 

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 196 पटक पढिएको
  • इंग्लिस प्रिमियर लिग : शीर्षस्थानमा लिभरपुल

    एजेन्सी / म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।लिभरपुलले घरेलु मैदान एनफिल्डमा मंगलबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो ।लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे ।खेलको पाँचौ मिनेटमा सलाहको पासमा डियाजले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए । त्यसपछि २२ औं मिनेटमा मानेको पासमा सलाहले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि लय जारी राखेको लिभरपुलले थप दुई गोल गर्‍यो ।  खेलको ६८ औं मिनेटमा डियाजको प

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 138 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा