खेलकुद

    Showing ८६१-८७० of १,६४७ items.
  • कप्तान सुब्बा युरोपियन लिगमा खेल्ने

    काठमाडौं–नेपाली महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने मौका पाएकी छन् । ग्रिसको महिला ‘ए’ डिभिजन लिग क्लब निस अट्रोमिटौले २०२४(२५ सिजनका लागि उनलाई अनुबन्ध गरेको हो । सम्झौतासम्बन्धी रकम गोप्य राखिएको छ । एक दशकभन्दा बढी समय घरेलु फुटबल खेलेकी अञ्जिला पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् ।  अञ्जिलाले युरोपियन लिग खेल्न पाउँदा खुशी व्यक्त गर्दै लामो प्रयासको परिणाम चन्दै उत्साहित भएको प्रतिकृया दिइन् । तपाईंलाई जानकारी गराउ अञ्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो नेपाली खेलाडी हुन् । इजरायली क्लबबाट युरोपियन फुटबलमा प्रवेश गरेकी सावित्रा

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ७०० पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा कास्यपदक विजेता पलेशा गोवर्धनलाई बधाई

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत गोवर्धनलाई शुभकामना व्यक्त गरेका हुन् । पलेशाले पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के(४४ वर्गको महिला ५७ केजीमुनि स्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् । यो उपलब्धिसँगै‚ पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • ४७४ पटक पढिएको
  • साफ यु–२० च्याम्पियनशिपमा बङ्गलादेशको ऐतिहासिक जीत

    काठमाडौं–बङ्गलादेशले नेपाललाई ४–१ गोलले पराजित गर्दै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा भएको फाइनल खेलमा बङ्गलादेशले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक उपाधि चुमेको हो । बङ्गलादेशका मिराजुल स्लामले दुई गोल गरे भने रब्बी होसेन राहुल र मोहम्मद पिस अम्मद नोवाले समान एक–एक गोल गर्दै जित दिलाए । नेपालका समीर तामाङले खेलको ८१औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा नेपाल‚ बङ्गलादेश‚ श्रीलङ्का‚ भारत‚ माल्दिभ्स‚ र भूटानको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५१२ पटक पढिएको
  • साफ यु–२० च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको भिडन्त

    काठमाडौं–दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बङ्गलादेशबीच खेल हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २:४५ बजेबाट शुरू हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् । नेपाली यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो टोलीले ४५ दिनदेखि एन्फा मुख्यालयमा तयारी गरेको र त्यसैले फाइनलमा फाइदा पुग्ने बताए । यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । बङ्गलादेशले भारतलाई सेमिफाइनलमा हराएर फाइनलमा स्थान बनाएको हो । बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ५५४ पटक पढिएको
  • यू–२० च्याम्पियनसिप फुटबल : पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौँ- नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। 

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ५३६ पटक पढिएको
  • साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल : नेपालको प्रतिस्पर्धी भुटान

    काठमाडौँ- साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुङ्गो लागेको हो। मालदिभ्सविरुद्ध इन्ज्युरी समयमा किपगेनले गरेको गोल नै भारतीय युवा टोलीका लागि निर्णायक बन्यो। निर्धारित ९० मिनेटमा भारतलाई गोलरहित बराबरीमा रोकेको मालदिभ्सले इन्ज्युरी समयमा भने गोल खान पुग्यो। लगातार दोस्रो हार व्यहोरेसँगै मालदिभ्स भने समुह चरणबाटै बाहिरिएको छ। दुई खेलमा जित निकालेको भारत ६

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • ५१५ पटक पढिएको
  • यु-२० साफ च्याम्पियनसिप ; बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

    काठमाडौं- बंगलादेशलाई हराउँदै नेपाल समूह एको विजेता बन्दै यु-२० साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशमाथि २-१ गोलअन्तरको जित निकाल्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।नेपाललाई जित दिलाउन समिर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिरजुल इस्लामले एक गोल फर्काए । खेलको १७औँ मिनेटमा समिरले गोल गर्दै घरेलु टिम नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि खेलको १९औँ मिनेटमा निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।खेलको ४३औँ मिनेटमा बंगलादेशका लागि मिरजुलले गोल गर्दै अग

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • ४७६ पटक पढिएको
  • नेपाल एक खेल अगावै सेमिफाइनलमा

    काठमाडौं- काठमाडौंमा जारी साफ अन्डर २० फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । दुई खेलमा लगातार हार बेहोरेपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ३८१ पटक पढिएको
  • जापान जाने खेलाडीको बिदाई

    काठमाडौं- जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे । भदौ ८ र ९ गते जापानकमो टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदै छ ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ६४५ पटक पढिएको
  • साफ यू-२० च्याम्पियनसिप : साविक विजेता भारतले भुटानसँग खेल्दै

    काठमाडौं- काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपमा सोमबार  साविक विजेता भारतले भुटानसँग खेल्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने समुह बी अन्तर्गतको यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।नेपालसहित ६ देशको सहभागिता रहेको यस प्रतियोगितामा नेपाल रहेको समुह ए मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले समुह चरणको अर्को खेलमा विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ४३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.