खेलकुद

    Showing ९४१-९५० of १,६४७ items.
  • सन्दीपलाई ए ग्रेडमा राख्ने क्यानको निर्णय

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ।बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए। बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्।

    • प्रकाशित मितिः असार २१, २०८१
    • ५५५ पटक पढिएको
  • मिस भयो मेस्सीको पेनाल्टी सुट, इक्वेडरलाई ट्राइभेकरमा ४-२ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौं— पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले विजयी भएको हो ।निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो।अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टिएल र निकोलस ओटामेन्डीले पेनाल्टी सुटआउटमा गोल गरे।इक्वेडरका लागि जोन येबोह र जोर्डी काइसिडोले गोल गर्दा एन्जल मेना र एलन मिन्डाको प्रहार गोल हुन सकेन ।खेलको ३५औं मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रत

    • प्रकाशित मितिः असार २१, २०८१
    • ४३९ पटक पढिएको
  • सेमिफाइनल प्रवेशका लागि अहिले अर्जेन्टिना र इक्वेडर भिड्दै

    काठमाडौं— कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेशका लागि अहिले केहीबेरमा अर्जेन्टिना र इक्वेडरको खेल हुँदैछ ।साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अहिले ६:४५ बजे सुरु हुनेछ।इक्वेडर समूह ‘बि’को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। अर्जेन्टिना समूह ‘ए’ को विजेता हो।अर्जेन्टिनाले क्यान्डालाई २-०, चिलीलाई १-० र पेरुलाई २-० गोलअन्तरले पराजित गरेको छ ।शनिबार पेरुविरुद्धको खेल गुमाएका अर्जेन्टियन स्टार लियोनल मेस्सी इक्वोडरविरुद्धको खेलमा मैदानमा छन् । ह्यामस्ट्रिङको समस्याका कारण मेसीले शनिबार पेरुविरुद्धको खेल गुमाएक

    • प्रकाशित मितिः असार २१, २०८१
    • ६४९ पटक पढिएको
  • पाराग्वेलाई हराए पनि समूह चरणबाटै बाहिरियो कोस्टारिका

    काठमाडौं— अन्तिम खेलमा जितको बाबजुद कोस्टारिका कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ।क्वू टू स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा समूह डी को अन्तिम खेलमा कोस्टरिकाले पाराग्वेलाई २-१ गोलअन्तरले पराजित गरेको हो। जितसँगै कोस्टरिकाले तीन खेलबाट चार अंक जोड्यो। कोस्टरिका समूहमा तेस्रो भयो। यो समूहबाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरे। पाराग्वे जित र अंकविहीन रह्यो।पहिलो हाफको सात मिनेटभित्रै फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले गोल गर्दै कोस्टरिकालाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा रामोन सोसाले गोल गर्दै पराग्वेलाई २-१ को स्थितिमा ल्याएका थिए। तर, त्य

    • प्रकाशित मितिः असार १९, २०८१
    • ५६० पटक पढिएको
  • कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा

    काठमाडौं— कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। लेभिस स्टेडियममा बुधबार सम्पन्न समूह डी को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-१ गोलको बराबरीमा रोकेको हो। यस समूहबाट कोलम्बिया यो खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अंक जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अंक जोड्यो।चार अंक जोडेको कोस्टरिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरियो।खेलको १२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। तर, पह

    • प्रकाशित मितिः असार १९, २०८१
    • ६०० पटक पढिएको
  • टर्की र नेदरल्याण्ड युरो कपको क्वाटरफाइनलमा

    काठमाडौं— टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।मंगलबार रातिका खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।नेदरल्याण्डले रोमानियालाई ३-० गोल अन्तरले हराउँदै प्रतिययोगिताको अन्तिम ८ मा स्थान बनाएको हो।अब टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनलका अन्य प्रतिस्पर्धामा स्पेनले जर्मनीको सामना गर्नेछ भने इङ्ल्याण्डले स्विटजरल्याण्डसँगको भेट पक्का गर्दा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।

    • प्रकाशित मितिः असार १९, २०८१
    • ४२० पटक पढिएको
  • इंग्ल्याण्ड र स्पेन युरो कपको क्वाटरफाइनलमा

    काठमाडौं— जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत उपाधि दावेदार इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।गएराति वेल्टिन एरिनामा भएको खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड (अन्तिम ८) क्वार्टरफाइनलमा पुगेको हो ।इंग्ल्याण्डका लागि ह्यारी केन र जुडे बेलिङ्घमले एक–एक गोल गरेका थिए । स्लोभाकियाका इभान स्क्रान्जले एक गोल गरेका थिए ।खेलको २५औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई पुनरागमन जित द

    • प्रकाशित मितिः असार १७, २०८१
    • ४०६ पटक पढिएको
  • आईसीसी टी-२० को उपाधि जितेको भारतीय क्रिकेट टोलीले १२५ करोड पुरस्कार पाउने

    काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने भारतीय क्रिकेट टोलीले १२५ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीलाई उक्त रकम पुरस्कार दिने घोषणा गरेको हो । बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेल प्रदर्शन गरेको भन्दै उक्त रकम पुरस्कार दिन लागिएको जानकारी दिएका छन् ।उनले यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई समेत दिएका छन् ।उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने भारतीय टिमलाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले

    • प्रकाशित मितिः असार १७, २०८१
    • ४४८ पटक पढिएको
  • अन्तिम १६ बाटै बाहिरियो साविक विजेता इटाली

    काठमाडौं— साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । गएराति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डले २–० गोलले पराजित गरेसँगै इटाली अन्तिम १६ बाटै घर बाहिरिएको हो । स्विट्जरल्यान्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरे । स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेतासँग खेल्नेछ ।यसैबीच घरेलु टोली जर्मनी युरोकप २०२४ को क्वाटरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुगेको हो ।जर्मनीले क्वाटरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । अन्तिम १६ का खेलअन्तर्गत आजराति इङ्ग्ल्यान

    • प्रकाशित मितिः असार १६, २०८१
    • ४८० पटक पढिएको
  • जर्मनी युरोकपको क्वार्टरफाइनलमा

    काठमाडौं—  जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहानको सकिएको प्रिक्वार्टरफाइनलको खेलमा डेनमार्कलाई २–० गोलले हराउँदै जर्मनी क्वार्टरफाइनल यात्रा तय गरेको हो ।जर्मनीका काइ हाभर्ट्ज र जमाल मुयियालले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा जर्मनीका हाभटर्जले सुरुवाती गोल गरेका थिए ।यसैगरी ६८औँ मिनेटमा जमालले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा जर्मनी २–० गोलले विजयी भयो ।यो जितपछि अब जर्मनीले क्वार्टरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । पराजित भएको डेनमार्क प्रतियोगि

    • प्रकाशित मितिः असार १६, २०८१
    • ५०१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.