खेलकुद

    Showing 981-990 of 1,265 items.
  • आहा-रारा गोल्डकपमा उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

    झापा / पोखरामा जारी आहा –रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ क्लबबीच भिडन्त हुँदैछ ।सेमिफाइनलमा एपीएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । यस अघि एपीएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।केही महिना पहिलेदेखि पोखरा रङ्गशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको सर्वाधिक विजेता हो । उसले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो ।बीसौं संस्करणसम्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 389 पटक पढिएको
  • विश्वकप फुटबलमा छनोट भए १४ देश

    काठमाडौं / कतारमा हुन लागेको विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । इराकमाथि १० को जित निकालेर एशियाबाट छनोट भएको पहिलो देश इरानसहित १४ देशले कतारको टिकट निश्चित गरेका हुन् । कतार आयोजकको रुपमा छनोट भइसकेको छ भने युरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरू छनोट भइसकेका छन् । अफ्रिकाबाट ५, एशियाबाट ४ र १ ले प्ले अफ, युरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४  र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम रहेको छ ।अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाँचौं हुनेले दक्षिण अमेरिकाको पाँचौं हुने टोलीसँग प्ले अफ खेल्ने

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 154 पटक पढिएको
  • विश्वकप छनोट : ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी

    काठमाडौँ / आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको छ ।यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औं मिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।ब्राजि

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 229 पटक पढिएको
  • आहा ! रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आज मनाङ र आर्मी भिड्दै

    काठमाडौँ / पोखरामा जारी २० औँ संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् । आजको विजेताले शनिबार हुने फाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा एपीएफले मच्छिन्द्र फूटबल क्लबलाई हराउँदै फाइनलमा स्थानमा पक्का गरिसकेको छ । खेल आज दिउँसो दुई बजे पोखरा रङ्गशालामा हुने छ । आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रिस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो । उक्त खेल आर्मीले १–० गोल अन्तरले जितेको थियो । यता मनाङले भने नेपाल पुलिसलाई २–० गोलले हराउँ

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 183 पटक पढिएको
  • नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक अफ्ताब बालोकको निधन

    बिर्तामोड / नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक अफताब बालोकको निधन भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार उनको निधनले दुःखी भएको जनाउँदै क्यानले श्रद्धाञ्जली व्यक्त गरेको छ। यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि पूर्व प्रशिक्षकको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको क्यानले जनाएको छ। उनी पाकिस्तानका चर्चित क्रिकेट खेलाडी थिए। 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 451 पटक पढिएको
  • आहा रारा गोल्डकप : आर्मी र थ्रीस्टार भिड्दै

    बिर्तामोड / पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । 

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 312 पटक पढिएको
  • आहा रारा गोल्डकपमा संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

    बिर्तामोड / मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ४ १ ले पन्छाउँदै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । यी दुवै टिम बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेका थिए ।सहिद स्मारक ए डिभिजन लिगमा पहिलो स्थानमा रहेको मछिन्द्रले पोखरा रङ्गशालामा १३ औँ मिनेटमै गोलको खाता खोलेको थियो । उसका लागि उत्सव राईले पहिलो गोल गरेका थिए । त्यसपछि विदेशी खेलाडी मेुसुके ओलोमौउले ४७ औँ मिनेटमा मछिन्द्रको दोस्रो गोल गरे । उनले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनीअघि अभिषेक गुरुङले मछिन्द्रको तेस्रो गोल गरेका थि

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 222 पटक पढिएको
  • १२ खेलाडीलाई कोरोना भएपछि

    काठमाडौँ / आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ ।भारतले आइतबार समूह चरणको खेलमा चाइनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै बाहिरिएको हो ।एएफसीको नियम अनुसार कोभिडको महामारीको समयमा कम्तिमा १३ खेलाडी टिममा उपलब्ध हुनुपर्छ । तर, भारतले आवश्यक खेलाडी उपलब्ध गराउन सकेको थिएन ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 106 पटक पढिएको
  • म्यानचेष्टर युनाइटेडको रोमाञ्चक जित, चौथो स्थानमा उक्लियो

    एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम विरूद्व रोमाञ्चक जित निकालेको छ ।शनिबार राति म्यानचेस्टर युनाइटेडको घरेलु मैदान वल्डट्राफोर्डमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गरेपछि म्यान्यूले रोमाञ्चक जित निकालेको हो ।इन्जुरी समयको तेस्रो मिनेटमा काभानीको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अङ्क दिलाए ।जारी सिजनमा युनाइटेडको यो ११ औं जित हो । २२ खेल खेलेको युनाइटेड लिग अंकल तालिकामा ३८ अङ्क बनाउँदै शीर्ष चारमा उक्लिएको छ ।तालिकाको शीर्ष स्थानमा ५७ अङ्कसहित म्यानचेष्टर सिटी कायमै छ। दोस्रो स्थानमा

    • प्रकाशित मितिः माघ ९, २०७८
    • 152 पटक पढिएको
  • नेपालका १५ खेलाडीद्धारा आईपीएल अक्सनमा नाम दर्ता

    काठमाडौँ  / इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएकोमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।सर्वाधिक धेरै टि२० विश्वकप च्याम्पियन अष्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्याण्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्टइन्डिजबाट ४१ र जिम्बावेबाट २ खेलाडी छन् ।नामिबियाबाट ५ खेलाडीले नाम दर्ता गराएका छन् भने भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्ड अमेरिकाबाट १–१ खेलाडील

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 173 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा