मनोरञ्जन

    Showing 1-10 of 2,224 items.
  • पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

    काठमाडौँ। नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरुको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठूलो भएको छ । हिजोका गाउँ विकास समिति ९गाविस० अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पनि पछि परेका छैनन् । हिजोको दिनमा सिंहदरबारमा भएको अधिकार अहिले गाउँगाउँसम्म पुगेको मान्यता स्थापित गर्न पनि गाउँगाउँमा सिंहदरबारको नारा लगाइएको छ । कतिपय अवस्थामा यो सार्थक छ कि छैन भन्ने कुरा पनि छलफलको विषय बनेको छ ।&nb

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 189 पटक पढिएको
  • ‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’

    ललितपुरको पाटन यतिबेला कलामय बनेको छ । यहाँ फोटो सर्कलको आयोजनामा ‘फोटो काठमाडौँ महोत्सव’ भइरहेको छ । गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।यहाँ विशेषगरी युवा पुस्ताले महोत्सवमा प्रदर्शनका लागि राखिएका तस्बिरलाई रुतिपूर्वक अवलोकन गर्ने गरेका महोत्सव आयोजक संस्थाका प्रतिनिधि निशी रुङ्गटाले बताउनुभयो ।महोत्सवका अवसरमा यहीबीचमा फोटोपत्रकार उषा तितिक्षुलाई ‘फोटो काठमाडौँ २०८२’ विशिष्ट सम्मान प्रदान गरिएको छ । सल्यानमा जन्मिनुभएकी तितिक्षुले सानै उमेरदेखि फोटोग्राफी गरिरहनुभएको थियो ।सन् २००७ मा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 171 पटक पढिएको
  • प्रदर्शनमा आयो रणवीर सिंहको फिल्म 'धुरन्धर'

    अभिनेता रणवीर सिंहको मल्टिस्टारर फिल्म ‘धुरन्धर’ आज शुक्रबारबाट प्रदर्शनमा आयो । ट्रेलर सार्वजनिक भएपछि फ्यानहरूमा प्रतीक्षित बनेको यो फिल्म हेर्ने दर्शकले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।धेरैजसो दर्शकले ‘धुरन्धर’लाई देशभक्तिले ओतप्रोत भएको एक जबरदस्त फिल्म बताएका छन् । कतिले रणवीर सिंहको अभिनयको खुलेर तारिफ गरेका छन् । एक सामाजिक प्रयोगकर्ताका अनुसार फिल्मका एक्सन दृश्यहरू, विशेष गरी युद्ध र रेस्क्यु (उद्धार)का दृश्यहरू निकै वास्तविक र उत्कृष्ट ढंगले बनाइएको छ ।फिल्म हेर्दाहेर्दै एक दर्शकले यसलाई ‘ज्वालामुखी’को संज्ञा दिएका छन् । रणवीरका साथै अक्षय खन्नाको अभिनयले पनि दर्शकको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 169 पटक पढिएको
  • बक्स अफिस रिपोर्ट: ‘तेरे इश्क मे’ को कमाइ शानदार

    सन् २०२५ को अन्तिम महिना (डिसेम्बर) मा बलिउड बक्स अफिसमा धनुष र कृति सेनन अभिनीत फिल्म ‘तेरे इश्क मे’ सबैभन्दा अगाडि देखियो । ठुला बजेटका र विभिन्न विधाका फिल्महरू प्रतिस्पर्धा रहे पनि ‘तेरे इश्क मे’ कमाइको मामलामा बलियो देखियो । फिल्मको ओपनिङदेखि अहिलेसम्मको रफ्तार हेर्दा दर्शकले यसलाई अत्यधिक रुचाइरहेको मान्न सकिन्छ ।रिलिजको पहिलो दिन फिल्मले १६ करोड (भारु)को ओपनिङ व्यवसाय गरेको थियो । त्यसपछि शनिवार १७ करोड र आइतबार १९ करोड, सोमबार ८.७५ करोड, मङ्गलवार १०.२५ करोड कमाई गर्दै बुधबार ५.०७ करोड कलेक्सन गरेको थियो । हालसम्म फिल्मको कुल कमाई ७६.०७ करोड पुगेको छ । मिडिया रिपोर्टका अनुसार फिल्म

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 149 पटक पढिएको
  • ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु

    ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो ।नर्सहरूको लिडरसिपको विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ आयोजना हुँदै आएको प्रतियोगिताको केही अगाडिदेखि आवेदन खुला भएको थियो । प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेबाट सुरु हुनेछ ।एनक्लेकेस नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिइने आयोजकले जनाएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 143 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

    पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी म

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 142 पटक पढिएको
  • अभिमन्यु’लाई दर्शकको राम्रो रिभ्यू, हल पुगेका दर्शकले भने– हेर्न नछुटाउनु होला

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन् ।तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा चलचित्र  दर्शनीय बनेको दर्शकले बताएका छन् ।“चलचित्रको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो,” चलचित्र हेर्न हलमा पुगेका दर्शकले भनेका छन्, “महिला पनि अहिलेको समाजमा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 146 पटक पढिएको
  • स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

    प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उहाँको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै  स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित हुनुहुन्छ । ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि’ उहाँले स्वर र सङ्गीत दिनुभएका गीत जनजिब्रोमा झुन्डिएका छन् । मूर्धन्य क

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 152 पटक पढिएको
  • फिल्म ‘परिवर्तन’काे क्यारेक्टर पाेस्टर सार्वजनिक

    विजय केरुङको निर्देशन रहेको फिल्म ‘परिवर्तन’काे क्यारेक्टर पाेस्टर सार्वजनिक गरिएको छ । दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको बुधबार सार्वजनिक दोस्रो चरणको पोस्टरमा सात मुख्य कलाकारहरू आ-आफ्नो पात्र लुक्समा प्रस्तुत छन् ।अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गर्दै पोस्टरमा घाइते अवस्थामा रहेका सुशील दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ । अभिनेत्री अञ्जना बराइली इन्स्पेक्टरको भूमिकामा छिन् । उनको नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ । सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 138 पटक पढिएको
  • ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो ।चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ ।सोमबार भएको प्रिमियरमा उपस्थित हुनेले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा पाएको प्रतिक्रियाजस्तै दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ फिल्म मेकर र कलाकारबाट आएकाले दर्शकले पनि सिनेमा मन पराउनेमा यसका कलाकार पनि विश्वस

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 166 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा