मनोरञ्जन

    Showing 91-100 of 2,224 items.
  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

    झापा  ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्दथे।उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भने, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उनले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 267 पटक पढिएको
  • चर्चामा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत

    पछिल्ला दिनमा टिकटक, फेसबुकको रिल्स र युट्युबलगायतमा ‘पहिलो हाँसो पहिलो बाेल’ गीत चर्चामा छ।तर उक्त गीत एआईको सहारामा तयार पारिएको पाइएको छ । सुरुमा यसको लेखक तथा गायक आफू भएको सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले दाबी गरेका थिए । हाल आएर उनैले आफूले एआईको सहारामा गीत तयार गरेको स्विकारिसकेका छन् । अहिले यो गीत युट्युब च्यानलहरुमा फरक फरक भिडियोसहितसमेत देख्न सकिन्छ । यही क्रममा जीबी चिरन नामक युट्युब च्यानलमा समेत सोही गीतलाई भिडियोसहित 'Inspired Version' राखिएको छ । उक्त युटयुब च्यानलको बायोमै भनिएको छ, 'अहिले टिकटकमा निकै चर्चित एउटा एआई गीतले हाम्रो मन गहिरो रूपमा छोयो। त्यस गीतको धु

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 414 पटक पढिएको
  • ‘झलिको’मा अर्जुन र कुसुमको रोमान्स

    लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन् । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ।गीतमा शब्द सन्तोष सापकोटा र संगीत अर्जुन स्वयंको छ । कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो । गीतमा प्रदीप रोदनको कविता वाचन छ । गीतका शब्दहरूले मायाको कुरा गर्छ । प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ । गीतको भिडियोमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ । परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडियोले पस्किएको छ । भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 221 पटक पढिएको
  • ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको इन्ट्री

    निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चरणको छायाँकन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाँकन नेपालमा हुने निर्देशक चाम्सले बताए ।उनले भने, ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच राखेर नै मैले प्रायः चलचित्रमा प्रतिभा भएका नवकलाकारलाई अवसर दिन्छु । यसपटक पनि बेलायतमा बसोबास गर्दै आउनुभएकी गुरुङले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गर्नुभएको छ । चलचित्रमा उहाँको पात्रको नाम सुम्निमा हुने भएका चलचित्रको नाम पनि सोही राखिएको हो ।’निर्देशक चाम्सले ‘सुम्निमा’ कुनै धर्म वा सं

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 210 पटक पढिएको
  • अभिनेत्री रीमा बनिन् कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य

    अभिनेत्री रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेकी छन्। पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र रीमाले हस्ताक्षर गरेकी छिन् ।बुझिएअनुसार, रीमा औपचारिकरुपमा पार्टीको केन्द्रीय सदस्य बनेकी हुन्। स्रोतका अनुसार रीमाले बुधबार अपरान्ह मात्र नाममा साइन गरेकी थिइन् । यसबाहेक, यो पार्टीमा डकुमेन्ट्री फिल्ममेकर तथा रियालिटी शोका निर्माता श्री गुरुङ र फिल्ममेकर किरण विक पनि सदस्य छन् ।पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरि ‘उज्यालो नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने तयारीमा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 250 पटक पढिएको
  • ‘झिँगेदाउ २’मा मुकुनलाई रिप्लेस गर्दै महेश

    निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिँगेदाउ २’मा मुकुन भुसालको ठाउँमा महेश त्रिपाठी भित्रिएका छन् । यो फिल्मको कथाअनुसार कलाकार रिप्लेस गरेको निर्देशक देउजाले बताए। उनले भने,-‘अब मुकुन फिल्ममा छैनन् । मैले हटाइसकेको छ। उनको ठाउँमा महेश त्रिपाठी अनुबन्धित पनि भइसकेका छन् ।’ फिल्ममा महेशले केकीको श्रीमानको भूमिकामा निभाउनेछन् । यो सुपरहिट फिल्म ‘झिँगेदाउ’को यो सिक्वेल हो । आगामी मंसिर १५ गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, कुशल विष्टलगायत कलाकारहरू अनुबन्ध भइसकेका छन् । घरेलु बक्स अफिसमा ४ करोडमाथिको व्यापार गरेको यो फिल्म जहाँ अन्त्य भएको थियो, त्यही

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 220 पटक पढिएको
  • परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

    सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ । सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ । “घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”,

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 232 पटक पढिएको
  • सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । उनले भने, ‘यो सबै खेलकुदको कुरा

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 162 पटक पढिएको
  • ‘मन बिनको धन’ को गीत सार्वजनिक

    गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश "बा आमा " बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकीको  संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द छ  । देशैभरिका हलमा प्रदर्शन भईरहेको  ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् ।फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जाल

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 150 पटक पढिएको
  • सन्चो भएर अस्पतालबाट घर फर्किए धर्मेन्द्र

    बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । उनलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो ।परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा. समदानीले जानकारी दिए । उनका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा