मनोरञ्जन

    Showing 111-120 of 2,224 items.
  • हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार हो : अध्यक्ष डीसी

    नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले हालै भएको ‘जेन–जी आन्दोलन’का कारण हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार अभ्यास भएको दाबी गरेका छन्।राजधानीमा शनिबार चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले इगोयुक्त पत्रकारिताले देश र समाजमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे।उनले भने, ‘हिल्टन होटल किन जल्यो भन्ने कुरा बुझ्न जरुरी छ। अरु होटलहरू नजलेर हिल्टन किन जल्यो? पत्रकारितामा इगो राखेर लेख्दा त्यस्तो भयो। देशलाई घाटा भयो, पर्यटन क्षेत्रमा ठुलो असर पर्‍यो। तर लगानीकर्तालाई भने घाटा भएन, उसले इन्सोरेन्सबाट ७ अर्ब पाइसक्यो,

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 251 पटक पढिएको
  • लन्डनमा हुने दोस्रो संस्करणको ‘इन्फा अवार्ड २०२५’ को तयारी पूरा

    इन्फा इभेन्ट्स यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको अवार्डलाई नेपाली चलचित्र उद्योगका कलाकारहरूको महाउत्सवका रूपमा मनाइने आयोजकले जनाएका छन्। यसअघि नेपालमा भएको जेनजी आन्दोलनका कारण यो कार्यक्रम १३ सेप्टेम्बरमा स्थगित गरिएको थियो।आयोजकका अनुसार, 'इन्फा अवार्ड २०२५' मा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ। समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दिया मास्के र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा लगायत थुप्रै चर्चित कलाकारहरूको उपस्थिति रहनेछ।कार्यक्रममा जीतु नेपाल 'मुन्द्रे', केदार घिम

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 190 पटक पढिएको
  • पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण

    नेपाली फिल्म पत्रकारिताको इतिहासदेखि वर्तमानसम्म चित्रण गरिएको पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार भएको यो पुस्तकको काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न संघसंस्था फिल्मीकर्मीहरुले एकसाथ लोकार्पण गरे । व्यक्तिगततर्फ एक हजार र संस्थागततर्फ २५ सय रुपैयाँ मूल्य तोकिएको यो पुस्तकमा नेपाली फिल्मको इतिहासदेखि वर्तमान समेटिएको छ । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डीसीले चलचित्र विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 180 पटक पढिएको
  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् ।कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्न

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 270 पटक पढिएको
  • रश्मिका मन्दाना र विजय विवाह बन्धनमा बाँधिदै

    अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ। भेन्यू छनोट गर्न रश्मिका हालै उदयपुर पुगेकी थिइन्। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, रश्मिका उदयपुर पुगेर तीन दिनसम्म सम्भावित विवाह स्थलहरूको निरीक्षण गरेकी थिइन्। यद्यपि, उनले कुनै भेन्यू बुक गरेको बारेमा भने जानकारी आएको छैन।यसबिच इन्डिया टुडेले पनि विजयका एक निकट स्रोतलाई उद्धृत गर्दै यो जोडीले आगामी वर्ष विवाह गर्ने दाबी गरेको छ। विवाह साउथ इन्डियन र

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 217 पटक पढिएको
  • फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु

    यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ ।चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर जिरौनास्थित धर्मधाम कृष्ण मन्दिरबाट छायांकनको शुभारम्भ गरेका थिए । ‘राम नाम सत्य’को छायांकन चितवनमा हुँदा चितवनलाई फिल्म सिटीको रुपमा चिनाउन र पर्यटन प्रवद्र्धनमा फाइदा हुने लाइन प्रोड्यूसर राजेन्द्र आचार्यले बताए ।यो फिल्म यही वर्षको चैत्र २७ गतेबाट रिलिज गर्न

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 233 पटक पढिएको
  • प्रिमियरमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया

    कार्तिक २१ गते आज शुक्रबारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोज गरिएको थियो ।कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा हेर्न प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 173 पटक पढिएको
  • माघ १६ मा ‘आ बाट आमा’

    आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर फिल्म ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।जहाँ सार्वजनिक पोस्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी मुद्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ। ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।पोस्टरमा लेखिएको संवाद,‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 222 पटक पढिएको
  • पहिलोपटक स्क्रिन सेयर गर्दै निखिल र वर्षा

    निखिल उप्रेती र वर्षा शिवाकोटीको मुख्य भूमिकामा अभिनय रहने गरी फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा।लि। ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन् ।ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्ममा सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ। फिल्मले मनो

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 213 पटक पढिएको
  • ‘अभिमन्यु: च्याप्टर–१’को रिलिज डेट लक

    चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ ।पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।नयाँ पोस्टरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।“हामीले अब म

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 226 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा