मनोरञ्जन

    Showing 1,191-1,200 of 2,225 items.
  • दृश्यको पोस्टर सार्वजनिक

    काठमाडौं । सर्ट फिल्म ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्नसँगै पोस्टर सार्वजनिक भएको छ । फिल्मको छायांकन काठमाडौंमा गरिएको हो ।पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ । पोस्टर रसिकराजले तयार पारेका हुन् । ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको फिल्मको निर्माता नितु घिमिरे हुन् । फिल्मका लेखक तथा निर्देशक मोहन अभिलाषी हुन् । निर्देशक अभिलाषीले बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा फिल्ममा देखाउन खोजिएको बताए । ‘मान

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 224 पटक पढिएको
  • कर्माको पागल सार्वजनिक

    काठमाडौं । फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ ।विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । फिल्ममा सुशान्तले गाएको यो पहिलो गीत हो ।फिल्मको फुटेज भिडियोमा प्रयोग गरिएको छ । फिल्मका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 263 पटक पढिएको
  • जेठ ९ मा नरसिंहाः अवतार

    काठमाडौं । नायक राजेश हमालको प्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत्रको २९ गते रिलिज भनिएको यो फिल्म अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो ।दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । संभवत नेपाली फिल्मको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी फिल्ममा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेख

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 279 पटक पढिएको
  • दुर्गेशले गाए कर्माको गीत

    काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय छ । गीत केही दिनमा नै सार्वजनिक हुनेछ ।नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म आगामी चैत २९ गते रिलिज हुँदैछ ।  फिल्ममा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 310 पटक पढिएको
  • वसन्तको हेर्दै आँखामा

    काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ । नेपालका विभिन्न लोकेशन र भारतको गोवामा खिचिएको गीतमा अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।फिल्मको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो । पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक तथा अभिनेता सपुतले मानिष जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश ‘हेर्दै आँखामा’ गीतले दिने बताए । ‘वसन्त’मा समावेश गीतले सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्लान तर कुनै न कुुनै दिन पक

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 319 पटक पढिएको
  • राजेशले गरे नरसिंहाः अवतारको डबिङ

    काठमाडौं । नायक राजेश हमालले स्वर भरेसँगै फिल्म ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरुको पनि डबिङ सकिएको बताए । डबिङमा राजेश हमालले बोले–‘के तपाई मलाई वेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल फिल्मलाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ’, हमालले भने ।फिल्मको प्रदर्शन मिति सहितको फस्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ । यो फिल्ममा राजेश हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 288 पटक पढिएको
  • जनै हराएको बाहुनमा सुशांक

    काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशांक मैनाली अनुबन्धित भएका छन् । सुशांकले यसअघि फिल्म ‘साँघुरो’, ‘टलकजंग भर्सेस टुल्के’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । चैतको अन्त्यबाट छायांकनमा जाने फिल्ममा सुशांक अनुबन्धित भएका हुन् ।फिल्मले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा देखाउनेछ ।हिमाल न्यौपानेको डेब्यू निर्देशन रहने फिल्ममा सुशांक केही दिन अघिमात्र अनुबन्धित भएका हुन् । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।फिल्ममा यसअघि नै विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी र रेअर राई अनुबन्धित भइसकेका छन् ।हरि

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 268 पटक पढिएको
  • आइइसी डिजाइनर रनवेमा कलाकारको क्याटवाक

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगीता प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार साँझ आयोजित १४औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत भएका हुन् ।जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२ सिक्वेलमा प्रस्तुत गर

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 258 पटक पढिएको
  • कर्माबारे के भन्छन् निर्देशक सौरभ

    काठमाडौं । निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर फिल्म बनाएको उनको भनाई छ ।टिजरमा राखिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि धेरै कुरा खुलाउने निर्देशक चौधरीको दाबी छ । ‘मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो । अर्थात मान्छेले जे भोग्छ र जति भोग्छ । त्यो उसको कर्मकै फल हो’, निर्देशक चौधरी भन्छन्, ‘ढिलो चाँडो मात्रै हो । मान्छेले उसले असल कर्म गरे राम्रो खराब कर्म गरे त्यही अुनसार नराम्रो सजाय नै पाउँछन् ।जतिसुकै गलत काम गरे पनि त्यसलाई भाग्यले सजाय दिने उनको विश्वास छ ।

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 160 पटक पढिएको
  • मिलनको तिमी टाढा छौ

    काठमाडौं । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ । गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, भाग १’ को रुपमा यो गीत सार्वजनिक गरेकी हुन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी  र बाल–कलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यू अभिनय हो । गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजंग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र बुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।यस गी

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 336 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा