मनोरञ्जन

    Showing 2,531-2,540 of 2,859 items.
  • मङ्सिरमा विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

    काठमाडौँ / अभिनेता सलोन बस्नेत र उनकी प्रेमिका करिश्मा केसी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी मंसिर १२ गते यि दुईले विवाह गर्ने भएका हुन् । सलोन र करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए करिश्मा नेपाल एयरलाइन्सकी एयरहोस्टेज हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा अनुसार गरिने योजनामा छ ।

    • प्रकाशित मितिः असोज २३, २०७९
    • 207 पटक पढिएको
  • आजबाट ‘बाबरी’ सहित तीनवटा फिल्म एकैसाथ प्रदर्शनमा

    काठमाडौँ / आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय हल गतसाता रिलिज भएको ‘प्रेम गीत ३’ र आजबाट रिलिज भएको बलिउड ‘विक्रम वेधा’ र ‘पिएस वान’ ले पनि ओगटेको छ ।‘बाबरी’ले दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बलिउड फिल्म आएको कारण मल्टीप्लेक्सहरुमा राम्रो शोज पाउन सकेको छैन । गीतसंगीत र ट्रेलरको कारण चर्चामा रहन सफल फिल्म ‘वर्ड अफ माउथ’ बलियो हुन सके फिल्मले दशैंको एक हप्ता लामो विदाको फाइदा पनि उ

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 173 पटक पढिएको
  • ‘मिलन‘ को तिम्रो इसारा काफी छ सार्वजनिक , टिकटक बनाउँदा नगद जितिने

    काठमाडौँ / कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिलन’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो इसारा काफी छ’ बोलको रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काले स्वर दिएका छन् । कविराज गहतराजको कोरियाग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक कुशल शाह र नायिका शिल्पा थापा फिचर छन् ।निर्माण टिमले गीत सार्वजनिक गर्दै टिकटक प्रतियोगिताको समेत घोषणा गरेको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरूलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्न लागिएको हो । साथै, उक्त गी

    • प्रकाशित मितिः असोज १३, २०७९
    • 119 पटक पढिएको
  • सारमनको दशैँ आयो तिहार आयो म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

    बिर्तामोड / बुद्धशान्तिका गायक सारमन श्री ल्वागुनको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले बुधबार दशैं आयो तिहार आयो बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको भिडियोमा गणेश खड्काको शब्द दीप घतानीको संगीत रहेको छ  । यस्तै  भिडियोमा बल बहादुर ल्वागुन , दिपा धमला , गङ्गा ल्वागुन , चन्द्र बिर ल्वागुन , कमला ल्वागुन लगायतको अभिनय रहेको छ । बुद्धशान्तिका बिभिन्न स्थानमा डिलाइट क्रिएसनबाट छायांकन र सम्पादन गरिएको भिडियोमा  सारमन आफैले निर्देशन गरेका छन् ।

    • प्रकाशित मितिः असोज १२, २०७९
    • 329 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिए कलाकार बुद्धि तामाङ

    काठमाडौं / नेपाली चलचित्र क्षेत्रका हास्य कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । उनले आज तामाङ परम्पराअनुसार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।  कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् । अनुसँग उनको मागी विवाह भएको हो । ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् । अभिनेता बुद्धिले साँघुरो, कबड्डी, टलकजङ्ग भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् । 

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 264 पटक पढिएको
  • भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै

    काठमाडौँ / नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए ।केही दिनयता भारतमा रहेको अभिनेता प्रदीप खड्का र अभि

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 223 पटक पढिएको
  • ३० वर्षीया युवतीसँग विवाह गर्दै बुद्धि तामाङ

    काठमाडौं /  कलाकार  बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 231 पटक पढिएको
  • भारतीय कमेडियन राजु श्रीवास्तवको निधन (भिडियाेसहित)

    झापा  / भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघातका कारण श्रीवास्तवको निधन भएको हो । अगस्ट १० मा ट्रेडमिलमा शारीरिक व्यायाम गर्ने क्रममा उनी एक्कासि लडेका थिए। उनलाई तत्कालै दिल्लीको ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ मा भर्ना गरिएको थियो । श्रीवास्तवको उपचारको क्रममा अस्पतालमै निधन भएको बताइएको छ । ५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।सन् २००५ क

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 241 पटक पढिएको
  • ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

    झापा / अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो । सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन द

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 129 पटक पढिएको
  • यस वर्ष राजेश हमालदेखि प्रदिप खड्काले समेत मानपदवी र अलङ्कार पाउने

    झापा / सरकारले आठौं संविधान दिवसको अवसरमा विभिन्न मानपदवी र अलङ्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। फिल्म तथा संगीत क्षेत्रका व्यक्तिहरूलाई पनि मानपदवी र अलङ्कारबाट विभूषित गर्ने घोषणा गरिएको छ। राष्ट्रपतिबाट विभूषित तथा सम्मानित हुने कलाकारहरू मध्ये सुकीर्तिय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, कलाकार मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, हरिवंश आचार्य र गायक नन्द कृष्ण श्रेष्ठ रहेका छन् । गायक तथा संगीतकार शम्भु राई, चलचित्र निर्देशक प्रदीप लाचल श्रेष्ठ, निर्देशक अशोक शर्मा, अभिनेता दीपक राज गिरी, संगीतकार आलोकश्री (सुर्य कुमार खाती), दीपक संगम, गायक आनन्द कार्की,

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 196 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.