मनोरञ्जन

    Showing 2,661-2,670 of 2,859 items.
  • सलमान खान वैशाख ३ गते नेपाल आउने

    काठमाडौं / बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरू नेपाल आउने पक्का भएको छन् ।लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडिसीले रकम समेत भारत पठाइसकेको थियो । सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ । उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 135 पटक पढिएको
  • झापा बिर्तामोडका प्रयाङ्कस्टार सेढाई पक्राउ

    बिर्तामोड / नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मंगलबार झापा बिर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई पक्राउ गरेको छ । उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणलाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए ।केही दिन अघिमात्रै गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो । पक्राउ परेका सेडाईले नेपाली प्रयाङ्कस्टार नामक युट्युबमा भिडियो अपलोड गर्दै आएका थिए ।उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 589 पटक पढिएको
  • भारतीय गायक बाप्पी लाहिरीको निधन

    एजेन्सी /  भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको हो ।समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन् । लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए । बप्पी लाहिरीले सन् १९७०-८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज दिएका छन् । उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 139 पटक पढिएको
  • An interview //a singer SARIKA SUBEDI// a child singer with sweet voice/

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 120 पटक पढिएको
  • अश्लील गीत गाएको आरोपमा मुछिए हनी सिंह

    काठमाडौं /  चर्चित र्‍याप गायक हनी सिंह अश्लील गीत गाएको आरोपमा मुछिएका छन्, । जसका कारण महाराष्ट्रको नागपुरको जिल्ला अदालतले हनी सिंहलाई आफ्नो आवाजको नमूना पेश गर्न आदेश दिएको छ । यही कारणले हनी सिंह आइतबार नागपुरको प्रहरी चौकी पुगेका थिए । यहाँ हनी सिंहले आफ्नो आवाजको नमूना रेकर्ड गरे । हनी सिंहको आवाज रेकर्ड गर्ने प्रक्रिया करिब चार घण्टासम्म चलेको थियो ।जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एसएएसएम अलीले जनवरी २७ मा हनी सिंहलाई फेब्रुअरी ४ र फेब्रुअरी ११ बीचमा नागपुरको पाँचपौली पुलिस स्टेशनमा हाजिर हुन निर्देशन दिएका थिए तर हनी सिंह ढिलो पुलिस स्टेशन पुगेका थिए ।एक अधिकारीका अनुसार आनन्दपा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 123 पटक पढिएको
  • आज ‘भ्यालेन्टाइन डे’ किन मनाइन्छ त ?

    आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे ’ युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पश्चिमी देशहरूमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै आजभोली गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटालीको रोमनबाट भएको मानिन्छन् । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पाद

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 194 पटक पढिएको
  • रवि तेजाको ‘खिलाडी’ विवादमा

    काठमाडौँ / हालै रिलिज भएको साउथ स्टार रवि तेजाको फिल्म खिलाडी रिलिजसँगै विवादमा परेको छ ।बलिउड निर्देशक रतन जैनले फिल्मको निर्माता विरुद्ध फिल्मको नामलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेसँगै विवादमा परेको हो ।वास्तवमा, बलिउड अभिनेता अक्षय कुमारको १९९२ मा रिलिज भएको फिल्मको नाम पनि खिलाडी थियो, जसलाई रतन जैनले निर्देशन गरेका थिए । रतन जैनले फिल्मको टाइटलका लागि स्वीकृति नलिएको आरोप लगाएका छन् ।एक अन्तर्वार्तामा क्रममा रतनले भने, ‘हामीसँग खेलाडीको नामको ट्रेडमार्क दर्ता छ । यो ट्रेडमार्क सम्पूर्ण देशको लागि हो । मनोरञ्जन क्षेत्रमा कसैले पनि खिलाडीले नामको शीर्षक प्रयोग गर्न सक्दैन ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 142 पटक पढिएको
  • कलाकार ‘पाँडे’ लाई मातृशोक

    काठमाडौं / हास्य सिरियल ‘सक्किगोनि’ का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ । उनकी आमाको शुक्रबार बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । अर्जुनकी आमाको केही महिनाअघि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको थियो ।लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले आमाको उपचार विधि निक्कै जटिल भएपनि उपचार भने भइरहेको उल्लेख गरेका थिए ।उनले आठ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाको स्वास्थ्य अवस्था ठीक ठाउँमा आइदिए चित्त बुझाउने बाटोसम्म हु

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 130 पटक पढिएको
  • भिटेनको युट्युब च्यानल ह्याक भएपछि.............

    काठमाडौं / नेपाली र्‍यापर भिटेन (समीर घिसिङ) को युट्युब च्यानल ह्याक भएको छ । च्यानल ह्याक भएसँगै त्यहाँ भएका दर्जनौँ गीत पनि डिलिट भएका छन् । बिहीबार बिहान उनको १६ लाख भन्दा बढी सब्स्क्राइबर भएको अफिसियल युट्युब च्यानल भिटेन म्युजिक ह्याक भएको हो । ह्याक भएपछि उक्त च्यानलको नाम इथेरियम राखिएको छ । यात्रा कथा क्रिमिनल लगायतका गीत करोडभन्दा बढी पटक हेरिएको थियो । विशेषज्ञका अनुसार च्यानल र त्यसमा भएका सबै सामग्री फिर्ता ल्याउने सम्भावना भने रहन्छ । केही दिनअघि मात्र भिटेनको गल्ली सडक बोलको र्‍याप सार्वजनिक भएको थियो । झण्डै एक करोड पटक हेरिएको उक्त र्‍याले अन्तर्राष्ट्र

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 134 पटक पढिएको
  • महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन

    काठमाडौं / बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ । लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाभारत धारावाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।त्यसपछि अभिनय छोडेर प्रवीण कुमार राजनीतिमा प्रवेश गरेका थिए । उनले दिल्लीको वजिरपुरबाट आम आदमी पार्टीको टिकटमा चुनाव लडे । त

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.