निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ।यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सोसल मिडियामा ठुलो चर्चा बटुलेको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विश
पोखरास्थित झलकमान गन्धर्व सारङ्गी पाठशाला र रेडियो अन्नपूर्णको संयुक्त आयोजनामा आगामी बिहीबार ‘स्मृतिमा झलकमान, नारायणगोपाल साँझ’ हुने भएको छ । पोखरा महानगरपालिका–९ को वडा कार्यालय मुख्य प्रवद्र्धक रहेको उक्त साङ्गीतिक कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीले झलकमान र नारायणगोपालका गीत सुनाउने छन् ।रेडियो अन्नपूर्णको रजत वर्षको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले बताए । कला, साहित्य र सङ्गीतको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली सङ्गीत जगतका दुई मूधन्र्य प्रतिभाको स्मृतिमा साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । कार्यक्र
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । फिल्ममा गणेशको अलवा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपा
आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन।फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको हो
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो ।चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए ।चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् ।यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ ।चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए ।सबैलाई जित्नै प
“सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”पञ्चे बाजा समूहमा निरु मात्र हुनुहुन्न । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्य
गायक तथा संगीतकार सौगात जंग थापाको नयाँ गीत ‘होनी रेशम’ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रहेको गीत गायनमा थापालाई गायिका मेलिना राईल स्वरमा साथ दिएकी छन् ।रोमान्टिक शैलीमा तयार गीतमा युवायुवतीको माया प्रेमका कुरा समेटिएका छन् । गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ । जसमा आयुब केसी र सृजना सिंह ठकुरीले अभिनय गरेकी छन् ।भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, सुमन कार्कीको छायांकन र युवराज खत्रीको सम्पादन छ । भिडियोको निर्देशक युवराज खत्रीले गरेका हुन् ।
हलिउडका प्रसिद्ध पटकथा लेखक (स्क्रिनराइटर) मध्येका एक टम स्टपर्डको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले अहिले हलिउड उद्योगमा गहिरो शोक छाएको छ ।सन् १९३७ मा चेकोस्लोभाकियामा जन्मिएका स्टपर्डको बाल्यकाल निकै सङ्घर्षपूर्ण रह्यो । नाजी आक्रमणपछि उनको परिवार विस्थापित भएर सिंगापुर पुगेको थियो । पछि परिस्थिति यस्तो बन्यो कि उनकी आमा दुई छोरा लिएर भारत पसिन् । स्टपर्ड सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनले लेखेका नाटकहरूले नै उनलाई विश्वव्यापी पहिचान दिलायो । टम स्टपर्डले आफ्नो करियरमा धेरै उत्कृष्ट नाटकहरू रचना गरेका छन् । जसमा ‘जम्पर्स’, ‘ट्राभेस्टिज’, ‘द रियल थिङ’
नेपाली चलचित्र रमिताको पिरतीको अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुसी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।टिजर हेर्दा फिल्म केही फरक लाग्छ । एक युवतीको मनोविज्ञानलाई फिल्मले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।यो फिल्म विशेष रूपमा
चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो ।युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका चलचित्र ‘मिरमिरे’को केही समयअघि दुईवटा पोस्टर सार्वजनिक भएको थियो । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड थिए ।दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन पोस्टरमा फिचर्ड थिए ।चलचित्र ‘मिरमिरे’ माघ १ गते रिलिज
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.