पत्रपत्रिका

    Showing 1,211-1,220 of 1,254 items.
  • कुखुराको दानाको मूल्य बढाउने तयारी

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपैयाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ मूल्य बढाउने भएको छ ।अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ ९भटमास०को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए । ‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 148 पटक पढिएको
  • विघटन गर्दा तत्कालै , अधिवेशन बोलाउँदा बिस्तारै

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिनुभएको छैन । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उहाँ मौन हुनुहुन्छ  ।हिजो शनिबार भएर अधिवेशनको आह्वान नभएको हो कि भन्ने हो भने पनि राष्ट्रपतिले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना भने गर्नुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे ‘ढिलाइ गर्दा जनतालाई शं

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 101 पटक पढिएको
  • निगमको लापरबाही : मर्मत गर्नुपर्ने जहाजबाट डेढ महिनामा ६० उडान

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) हेभी ल्यान्डिङ गरिएको वायुसेवा निगमको एयरबस ३३० कलसाइन ९एन९–एएलजेड० मकालु जहाज सवा लाख यात्रुको जीवन जोखिममा पारेर विनापरीक्षण दुई महिना उडान भएको पाइएको छ । क्याप्टेनद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो । जहाज हेभी ल्यान्डिङ भएपछि सम्पूर्ण परीक्षण गरेर मात्रै उडान गर्नुपर्ने हुन्छ । तर, निगम मौन बसेर यात्रुको ज्यान जोखिमै राखेर डेढ महिनादेखि ६० उडान–अवतरण गराएको गम्भीर तथ्य खुल्न आएको छ । जहाज सामान्य अवतरणका क्रममा ‘वान जी’ अर्थात् प्रतिसेकेन्ड ९।८ मिटरको गतिमा तल झर्ने गर्छ । तर, सो दिन

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 117 पटक पढिएको
  • बन्धक बनाएर बालिकामाथि बलात्कार

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट ) मोरङको उर्लाबारी घर भएकी १५ वर्षीया बालिकालाई भाडाको कोठामा बन्धक बनाएर एक व्यक्तिले बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। बालिकामाथि बारम्बार बलात्कार र यौन शोषण गरिएको घटनामा संलग्न सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएका ४९ वर्षीय रोहित कार्की पक्राउ परेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकबाट पक्राउ गरेको हो। बलात्कारमा संलग्नलाई पक्राउ गर्दै बालिकालाई उद्धार गरिएको जानकारी बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले दिए। एक सातादेखि कोठा भाडामा लिएर बन्धक बनाउँदै बलात्कार

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 116 पटक पढिएको
  • कानुन नै तगारो : बन्धक बनाएर बलात्कार, उजरी दिन उमेर पुगेन

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट )  आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने रु आफन्त को छन्, कहाँ छन् रु पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।बालिकामाथि बलात्कार हुन सक्छ। तर, कानुनले तिन

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 201 पटक पढिएको
  • मेडिकल कलेजलाई कानुन मिचेर सम्बन्धन दिलाउन चलखेल

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट )  झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अनुचित दबाब दिन थालेका छन् ।दुर्गा प्रसाईं सञ्चालक रहेको प्रस्तावित मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐनविपरीत काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन दिलाउन चलखेल थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा गत बुधबार सम्पन्न केयू सभाको बैठकले बीएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय भएको हो । सम्बन्धनको विषय बैठकको

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 236 पटक पढिएको
  • सुरक्षा संवेदनशीलताको बेवास्ता गर्दै सरकारी जग्गा भाडामा दिने तयारी

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी थालेको छ । विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चायतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दिन लागिएको हो ।भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्धार गण ९साविक उपत्यका सुरक्षा गण० लाई हटाउन लागिएको छ । ‘सरकारअनुकूल व्यक्त

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 110 पटक पढिएको
  • प्रयोग बढ्दो, आम्दानी घट्दो

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट )  सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपियाँमा सीमित भयो ।सोही वर्ष कुल आम्दानीको २२ प्रतिशत डेटा बिक्रीबाट प्राप्त गरेकोमा कम्पनीको यो हिस्सा बढेर सन् २०२० मा २४ प्रतिशत पुग्यो । पछिल्लो वर्ष एनसेलको आम्दानी १२ अर्ब रुपियाँभन्दा बढीले घटेको छ । आम्दानी ४१ अर्ब ९२ करोड रुपियाँमा झरेको छ । जबकी सन् २०१९ मा कम्पनीले ५४ अर्ब १६ करोड रुपियाँ आम्दानी गरेको थियो ।एनसेलको खुद नाफामा त झन् भारी गिरावट नै देखिन्छ । एनसेलको मुख्य लगानीकर्ताले एजियटाले सार्वजनिक गरेको पछिल्

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 105 पटक पढिएको
  • राजीनामा नदिने अडानले थप संकट

    बिर्तामोड  ( नागरिक दैनिकबाट )  मन्त्रिपरिषद्ले २३ गते संसद् बैठक बस्नेगरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीति झन् अन्योलग्रस्त हुनेछ ।संसद् अधिवेशन सुरु हुनुअघि ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रूपमा उठ्नेछ । राजीनामाको विषयले संसद् बैठक नै अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्च अदालतले बदर गर्दै पुनःस्थापना गरेपछि नैतिकताको आधारमा उनले राजीनामा दिनुपथ्र्यो । तर ओलीले राजीनामा नदिने हठ

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 104 पटक पढिएको
  • भेटियो दुई लिङ्गी चरा

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गर्नुभएको हो । उहाँले फेला पार्नुभएको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।उहाँले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहनुभएको छ । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहनुभएका उहाँले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गर्नुभएको छ ।एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पन

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 124 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा