बिर्तामोड / पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा खुलेको जनमैत्री अस्पताललाई अर्थमन्त्री जनार्दन शर्माले सुटुक्क बेचिदिएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाले माओवादी शान्ति प्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पतालको स्थापना गरेका थिए ।जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित उक्त अस्पताललाई जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डर समेत रहेका अर्थमन्त्री शर्माले केही माओवादी नेताहरुकै मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई एक अर्ब २५ करोड रुपैय
बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नेपालमा अब वन्यजन्तु पालन गर्न पाइने भएको छ । लाइसेन्स लिएर वन्यजन्तु पालन, प्रजनन, मासु खान, बेचबिखन र विदेश निकासी गर्न पाइनेछ । १९ फागुन ०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ संशोधन गरेर ‘अनुमति प्राप्त गरी व्यावसायिक रूपमा उत्पादन गरिएका वन्यजन्तु वा तिनका अंग वा अङ्गबाट तयार गरिएको वस्तु तोकिएबमोजिम उपयोग, बिक्रीवितरण वा निकासी गर्न सकिने’ व्यवस्था कायम गरेअनुसार वन्यजन्तु पाल्न बाटो खोल्न लागिएको हो ।यही व्यवस्थालाई कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयले व्यावसायिक वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्ड–२०७८ को मस्यौदा तयार पार
बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो ।यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको छ । सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निर
बिर्तामोड (आजको कारोबार दैनिकबाट)चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वर्षअघि नेपाल भ्रमणमा आउँदा पूर्वी नेपालको तमोर नदीमा ७६३ मेगावाटको जलविद्युत आयोजना चीनकै लगानीमा बनाउने सम्झौता भयो। लगानी बोर्ड नेपाल र पावर चाइना कर्पोरेसनबीच दुई वर्षभित्र विस्तृत अध्ययन सकेर आठ वर्षमा बनाइसक्ने सम्झौता भए पनि अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन।उक्त भ्रमणकै बेला दुई मुलुकबीच ७२ किलोमिटर लामो काठमाडौं(केरुङ रेलमार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन थाल्ने सहमति भए पनि त्यसयताको प्रगति शून्यजस्तै छ । यो त उदाहरणमात्र हुन्, नेपाल र चीनबीच भएका अधिकांश सम्झौताको प्रगति निराशाजनक छ। तमोर जलविद्युत
बिर्तामोड(गोरखापत्र दैनिकबाट) उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७औँ बैठकले काठमाडौँ र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।सहरी विकासमन्त्रीको सचिवालयले जनाएअनुसार समितिले एक लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत् नै राखेको छ । काठमाडौँ उपत्यका विका
बिर्तामोड ( आजको गोरखापत्र दैनिकबाट) रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ । निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९
झापा / स्थानीय तहमा भएका अनियमितताका बारेमा एकै आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार उजुरी परेका छन् ।स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुने गरेका र सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतले ऐन नियम पालना गराउन खोज्दा उल्टै धम्की दिएर सरुवा गराउने प्रवृत्ति मौलाएको छ ।स्थानीय तहमध्ये पनि तराईका नगरपालिकाहरुमा बढी अनियमितता हुने गरेको छ । तराईका नगरपालिकाका मेयरले आफ्नै नातेदारलाई कर्मचारीमा भर्ति गर्ने, उपभोक्ता समितिमा आफन्त राखी भ्रष्टाचार गर्ने गरेका धेरै उजुरी पर्ने गरेका छन् । नगरपालिकाको मेयरमा निर्वाचित भएको ३ बर्षमै करोडौंका घर, गाडी समेत जोड्न
बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट )गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ।भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो ।भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ ।विभागलाई लेखेको प
बिर्तामोड / युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् ।रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् ।तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक
बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा समस्या आए सम्झौता तोड्न पनि सकिने बताएका छन् ।केन्द्रीय समितिको बैठकमा शुक्रबार एमसीसीबारे उठेका प्रश्नहरूको जबाफ दिँदै उनले भने, “व्याख्यात्मक घोषणाअनुसार कार्यान्वयन भए ठिक छ, नभए सम्झौता स्वतः निष्क्रिय हुने प्रावधान छ ।” सत्ता गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको चर्चा गर्दै उनले भने, “नेपालको संविधान, कानुन र सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार्न सक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.