पत्रपत्रिका

    Showing 201-210 of 1,267 items.
  • पुँजीगत खर्च २७ प्रतिशत मात्र

    काठमाडौं / चैत मसान्तसम्ममा ७० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले करिब २७ प्रतिशतको हाराहारीमा मात्र खर्च सकेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका हरेक महिनामा २०/२० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखे पनि मंगलबारसम्ममा सरकारले २६.८१ प्रतिशत अर्थात् १ खर्ब १ अर्ब रुपैयाँमात्र पुँजीगत खर्च गरेको हो। यो खर्च गत आर्थिक वर्षको सोही अवधिमा सरकारले गरेको खर्चभन्दा न्यून हो । गत वर्षको चैत मसान्तसम्ममा सरकारले ३० प्रतिशत अर्थात् १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको खर्च गरेको थियो।चालू आवमा अर्धवार्षिक समीक्षामार्फत सरकारले पुँजीगत खर्चको लक्ष्य घटाएको छ । ख

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 218 पटक पढिएको
  • जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को

    काठमाडौं / मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार ९वैशाख १ गते० एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको विकास भए पनि जनशक्ति अभावमा प्रभावकारी काम हुन सकेको छैन । अझै पनि मालपोत तथा नापी कार्यालयबाट सम्पादन हुने काम झन्झटबेगर सम्पन्न गर्न मुस्किल पर्छ । धेरैजसो मालपोत तथा नापी कार्यालयले कम्प्युटर प्रणाली अवलम्बन गरे पनि सेवाग्राही लामो समयसम्म लाममा बस्नुपर्ने बाध्यता छ । एकद्वार प्रणाली लागू गरेका मालपोत कार्यालयले पनि प्रभावकारी सेवा दिन सकेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 235 पटक पढिएको
  • कानुन भन्दा माथि ओली : २८ कारोड खर्चेर फोन ट्यापिङ गर्ने मेसिन खरिद

    झापा / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन विपरीत फोन ट्यापिङ गर्ने मेसिन खरिद गरेको पाइएको छ । नेपालमा व्यक्तिको फोन ट्यापिङ गर्नु गैरकानुनी मानिए पनि प्रधानमन्त्री ओलीले इजरायलबाट गृहमन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका लागि २८ करोड रुपैयाँ खर्च गरेर उक्त मेसिन खरिद गरेको पाइएको हो । ओलीले विभागबाट २०७६ साल मङ्सिरमा गभर्मेन्ट टु गभर्मेन्ट (जी टु जी) प्रकिया मार्फत इजरायली कम्पनीबाट इन्टेलिजेन्स मोनिटरिङ सिस्टमका नाममा मेसिन खरिद गरेको अनुसन्धान विभागको स्रोतले जनाएको छ । मन्त्रिपरिषद्ले फोन ट्यापिङ सम्बन्धी प्रविधि खरिद गर्न २०७६ साल जेठ २३ मात्र अनुम

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 255 पटक पढिएको
  • माओवादी सेनाको तलब भत्ता कटाएर बनाएको अस्पताल शर्माद्धारा सवा अर्वमा बिक्री !

    बिर्तामोड / पूर्वजनमुक्ति सेनाहरूको लगानीमा बालाजुमा खुलेको जनमैत्री अस्पताललाई अर्थमन्त्री जनार्दन शर्माले सुटुक्क बेचिदिएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा सहभागी भएका जनमुक्ति सेनाले माओवादी शान्ति प्रक्रियामा आएपछि रकम जम्मा गरेर उक्त अस्पतालको स्थापना गरेका थिए ।जनमैत्री फाउन्डेसनको नामबाट सञ्चालित उक्त अस्पताललाई जनमुक्ति सेनाका तत्कालीन डेपुटी कमान्डर समेत रहेका अर्थमन्त्री शर्माले केही माओवादी नेताहरुकै मिलेमतोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उद्योगी एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई एक अर्ब २५ करोड रुपैय

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 405 पटक पढिएको
  • अब वन्यजन्तु पाल्न र बेच्न पाइने

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नेपालमा अब वन्यजन्तु पालन गर्न पाइने भएको छ । लाइसेन्स लिएर वन्यजन्तु पालन, प्रजनन, मासु खान, बेचबिखन र विदेश निकासी गर्न पाइनेछ । १९ फागुन ०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ संशोधन गरेर ‘अनुमति प्राप्त गरी व्यावसायिक रूपमा उत्पादन गरिएका वन्यजन्तु वा तिनका अंग वा अङ्गबाट तयार गरिएको वस्तु तोकिएबमोजिम उपयोग, बिक्रीवितरण वा निकासी गर्न सकिने’ व्यवस्था कायम गरेअनुसार वन्यजन्तु पाल्न बाटो खोल्न लागिएको हो ।यही व्यवस्थालाई कार्यान्वयन गर्न वन तथा वातावरण मन्त्रालयले व्यावसायिक वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्ड–२०७८ को मस्यौदा तयार पार

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 210 पटक पढिएको
  • २० हजार बढी प्रहरीको बढुवा हुँदै

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो ।यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका तीन तहका २० हजार ४ सय १९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीबारबाट नै सुरु भएको छ । सरकारले प्रहरी नियमावली, २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हबल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निर

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 217 पटक पढिएको
  • चीनसँग सम्झौता कार्यान्वयनको अवस्था निराशाजनक

    बिर्तामोड (आजको कारोबार दैनिकबाट)चिनियाँ राष्ट्रपति सि चिनफिङ तीन वर्षअघि नेपाल भ्रमणमा आउँदा पूर्वी नेपालको तमोर नदीमा ७६३ मेगावाटको जलविद्युत आयोजना चीनकै लगानीमा बनाउने सम्झौता भयो। लगानी बोर्ड नेपाल र पावर चाइना कर्पोरेसनबीच दुई वर्षभित्र विस्तृत अध्ययन सकेर आठ वर्षमा बनाइसक्ने सम्झौता भए पनि अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन।उक्त भ्रमणकै बेला दुई मुलुकबीच ७२ किलोमिटर लामो काठमाडौं(केरुङ रेलमार्ग निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन थाल्ने सहमति भए पनि त्यसयताको प्रगति शून्यजस्तै छ । यो त उदाहरणमात्र हुन्, नेपाल र चीनबीच भएका अधिकांश सम्झौताको प्रगति निराशाजनक छ। तमोर जलविद्युत

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 248 पटक पढिएको
  • चवालीस हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

    बिर्तामोड(गोरखापत्र दैनिकबाट)  उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७औँ बैठकले काठमाडौँ र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।सहरी विकासमन्त्रीको सचिवालयले जनाएअनुसार समितिले एक लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत् नै राखेको छ । काठमाडौँ उपत्यका विका

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 243 पटक पढिएको
  • कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

    बिर्तामोड ( आजको गोरखापत्र दैनिकबाट) रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ । निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 193 पटक पढिएको
  • शिवसताक्षीका नगरप्रमुखको ३ बर्षमा ३ करोडको बंगला र गाडी

    झापा / स्थानीय तहमा भएका अनियमितताका बारेमा एकै आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार उजुरी परेका छन् ।स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नै अनियमिततामा संलग्न हुने गरेका र सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतले ऐन नियम पालना गराउन खोज्दा उल्टै धम्की दिएर सरुवा गराउने प्रवृत्ति मौलाएको छ ।स्थानीय तहमध्ये पनि तराईका नगरपालिकाहरुमा बढी अनियमितता हुने गरेको छ । तराईका नगरपालिकाका मेयरले आफ्नै नातेदारलाई कर्मचारीमा भर्ति गर्ने, उपभोक्ता समितिमा आफन्त राखी भ्रष्टाचार गर्ने गरेका धेरै उजुरी पर्ने गरेका छन् । नगरपालिकाको मेयरमा निर्वाचित भएको ३ बर्षमै करोडौंका घर, गाडी समेत जोड्न

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 914 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.