पत्रपत्रिका

    Showing 211-220 of 1,254 items.
  • मन्त्रालय बढेपछि खर्च कटौती गर्दै प्रदेश सरकार

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) विद्यमान सातओटा मन्त्रालयबाट विस्तार गरेर १२ पुर्‍याएको प्रदेश सरकारले आर्थिक भार नपर्नेगरी मन्त्रालय सञ्चालनको तयारी गरेको छ । १२ मन्त्रालय पुर्‍याएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले कामको आवश्यकताअनुसार आर्थिक भार नबढ्नेगरी मन्त्रालय विस्तार गरेको दाबी गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी सातओटा मन्त्रालयलाई १२ ओटा बनाएको थियो ।मन्त्रालय विस्तारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने नागरिक तहबाट पनि आलोचना भइरहेको छ । सरकारले भने संविधानले १९ ओटा मन्त्रालय बनाउने अधिकार

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 122 पटक पढिएको
  • बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दैबैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो ।नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ ।बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था पर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 125 पटक पढिएको
  • तह वृद्धिको प्रस्तावित मापदण्ड अलपत्र

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ । स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणामुखी बनाउन सरकारले एक तह वृद्धि गर्ने मापदण्ड बनाएको थियो ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाखमा मापदण्ड निर्माण गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । प्रस्तावित मापदण्ड अझै अर्थ मन्त्रालयबाट फिर्ता भएको छैन ।सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिलेसम्म अर्थ मन्त्रालयबाट कुनै पनि जवाफ नआएको बताए । कर्मचारी समायोजनका क्रममा सरकारले

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 117 पटक पढिएको
  • बागमती किनार अतिक्रमणको चपेटामा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त गर्यो तर खाली भने भएनन् ।समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो त

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 115 पटक पढिएको
  • बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि ?

    बिर्तामोड (राजधानी दैनिकबाट)  सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० द

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 108 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन मिति सार्वजनिक गर्न एमालेद्वारा देशैभर प्रदर्शन

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रेको छ ।सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नमा ढिलाइ गरिरहेको आरोप लगाउँदै युवा संघ र अनेरास्ववियुले देशैभर प्रदर्शन गरिरहेको छ । युवा संघका स्थायी कमिटी सदस्य निवेश यादवका अनुसार सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्ने षड्यन्त्र गरिरहेको दबाब दिने उद्देश्यले विरोधका कार्यक्रम भइरहेको बताए ।‘विभिन्न बहाना गर्दै सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गरिरहेको छ । निर्वाचन आयोगले निर्व

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 115 पटक पढिएको
  • एमसीसीबारे पर्ख र हेरको रणनीतिमा एमाले

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गर्न संसद्मा प्रस्ताव लगे पनि अहिले पारित गर्ने वा नगर्ने विषयमा एमालेले आधिकारिक धारणा सार्वजनिक नगरी सत्ता गठबन्धनको धारणा कुरेर बसेको छ ।एमालेभित्र एमसीसीको विषयमा पार्टीको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने आवाज उठे पनि अध्यक्ष ओलीले अहिले सत्ता गठबन्धनको निर्णयपछि पार्टीले धारणा बनाउने बताउँदै आएका छन् । एमालेका एक

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 105 पटक पढिएको
  • त्रिविका उपकुलपति कहिले पनिका, कहिले पाङ्ग्रेघर

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)  त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समिति

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 123 पटक पढिएको
  • एमसीसी सकसः देउवाको प्रस्तावमा प्रचण्ड र नेपालको अपत्ति

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन ।प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसदमा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 114 पटक पढिएको
  • स्थानीय तह निर्वाचनको अर्को मिति जुराउँदै आयोग

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए ।आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 115 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा