पत्रपत्रिका

    Showing 221-230 of 1,254 items.
  • पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थेरु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले बताए । शिवरात्रि आगामी फागुन १५ गते परेको छ । इतिहासविद् डा गोविन्द

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 126 पटक पढिएको
  • मासिक झन्डै ४ अर्ब घाटामा एनओसी

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू। ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी दिएको छ । निगम ग्यासको विक्रीबाट पाक्षिक रूपमै २ अर्ब २४ करोड घाटामा छ ।ग्यास विक्रीबाट अधिक घाटा बेहोर्दा निगमको कुल घाटा बढेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको कारोबारमध्ये अधिक घाटा ग्यासबाट नै भएको जानकारी दिए । 

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 118 पटक पढिएको
  • एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले जनाएको छ । बाँकी १५ जिल्लाले केही दिनभित्रै केन्द्र तोकेर पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए।केन्द्रको संख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय ईकाईलाई निर्देशन दिइएको जानकारी दिँदै परीक्षा नियन्त्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 136 पटक पढिएको
  • देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

    बिर्तामोड(नेपाल समाचारपत्र दैनिकबाट) सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् भने नेपालले एमसीसीको विषयमा सत्ता

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 113 पटक पढिएको
  • स्थानीय तह निर्वाचन मिति बिहीबार टुंगो लाग्ने

    बिर्तामोड ( राजधानी दैनिकबाट) सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् ।निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा बैठकमा सहमति बनेको बताए ।स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ,

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 121 पटक पढिएको
  • परीक्षण गरिएकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपालमा कोरोना संक्रमण भित्रिएयता एकै दिन १० हजार बढी संक्रमित थपिएका छन् । २२ हजार ८ सय २८ जनाको नमुना परीक्षण गर्दा मंगलबार ४४।९ प्रतिशत अर्थात् १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार १७ हजार ४ सय ६५ जनाको नमुना परीक्षण गर्दा ३८।५५ प्रतिशत अर्थात् ५ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।यसअघि गत २८ वैशाख २०७८ मा ९ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएको नयाँ संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । हाल देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।भेन्टिलेटरमा रहेका मध्ये १८ जना बाग्मत

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 118 पटक पढिएको
  • हवाई टिकट काट्न र सार्वजनिक स्थानमा हिँडडुल गर्न खोप कार्ड अनिवार्य

    बिर्तामोड (राजधानी दैनिकबाट)  तपाईंसँग कोरोनाविरुद्ध खोप लगाएको खोप कार्ड छरु कार्ड छ ? भने तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनुहुन्छ । छैन भने अब कार्ड नभई सार्वजनिक स्थानमा हिँडडुल गर्न पाइनेछैन ।कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले कोरोना संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी०ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्र्न भन्दै सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।गृह मन्त्रालयमा मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 150 पटक पढिएको
  • सर्वोच्च अदालतमा न्याय सेवामा संकुचन

    बिर्तामोड (राजधानी दैनिकबाट) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमण दर उच्च बिन्दुमा पुगेसँगै सर्वोच्च अदालतले आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्चको फुलकोर्ट (पूर्ण बैठक)ले बुधबारदेखि लागू हुनेगरी १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका, जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 114 पटक पढिएको
  • बढी यात्रु राख्नेमाथि ट्राफिक प्रहरीद्वारा धमाधम कारबाही

    बिर्तामोड (राजधानी दैनिकबाट) कोभिड–१९ तथा यसका नयाँ भेरियन्टको रोकथामका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै सार्वजनिक यातायातका लागि नौबुँदे निर्देशन दिएको छ । मन्त्रिपरिषद्द्वारा जारी आदेशको प्रभावकारी कार्यान्वयन भने नभएको पाइएको छ ।सरकारको ३६ बुँदे आदेशको १२औंं नम्बरमा सार्वजनिक यातायात क्षेत्रले कोभिड नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने आदेशहरू उल्लेख गरिएको छ ।आदेशको पहिलो नम्बरमा नै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था छ । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने र सवारीसाधनको ढोकामा सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।काठमाडौं उपत्यकामा सञ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 122 पटक पढिएको
  • संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 128 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा