पत्रपत्रिका

    Showing 231-240 of 1,254 items.
  • प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व

    बिर्तामोड ( नागरिक दैनिकबाट)  नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ ।‘फाइल आजभोलि नै अर्थमा जान्छ । केही दिनमा दरबन्दी थप हुन

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 137 पटक पढिएको
  • तीन वर्षमा खर्च र स्रोतको अवस्था बराबर

    बिर्तामोड (आजको नागरिक दैनिकबाट) अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो।चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण अवश्य होइन।मन्त्रालयले भने तीन आर्थिक वर्षका सूचकहरूलाई सामान्य वर्षका रूपमा हेरेर तुलना गरेको देखिन्छ। अहिलेको सरकारले काम गर्न सकेको छैन। चालु आवका तथ्यांकलाई अघिल्ला दुई समस्याग्रस्त आवका तथ्यांकसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ।मन्त्रालयले सोमबार जारी ग

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 107 पटक पढिएको
  • धमाधम स्वास्थ्यकर्मी संक्रमित, सेवा प्रभावित

    बिर्तामोड (नागरिक दैनिकबाट)  दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ।टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो सेवा रोकिएको छ। त्यसैगरी स्वस्थ जनशक्ति कम भएपछि अस्पतालको नियमित शल्यक्रियासमेत कम भइसकेको र आकस्मिक शल्यक्रिया मात्र चलाएको उनले बताए। ‘अप्रेसन गरेका बिरामीसमेत संक्रमित भएपछि कोभिड वार्डमा सार्नुपरेको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 121 पटक पढिएको
  • युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

    बिर्तामोड ( नागरिक दैनिकबाट) नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् ।युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकारी गराइसकेका छन् ।उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार,

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 114 पटक पढिएको
  • नेपालका ७५ प्रतिशत गोही भारतमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले भने, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”यसरी नै रेडियो कलर जडान गरेका

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 112 पटक पढिएको
  • प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो ।नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । जसमध्ये ८० जना प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरे । जबकी जसपाको ३९, लोसपा १६ माओवादी केन्द्र ८ गरी कुल ६३ मत हुन आउँछ ।एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन समेत मधेशकै पक्षमा थियो । कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 113 पटक पढिएको
  • परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

    बिर्तामोड (राजधानी दैनिकबाट) पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ । जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 119 पटक पढिएको
  • २५ लाख रुपैयाँ तिर्न नसक्दा साउदी अरबमा बन्धक

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र दुई, चार पैसा कमाएर श्रीमती र छोराछोरीलाई पठाउने।क्षेत्री जब अलहरफीमा पुगे। उनलाई ड्राइभर नभई मजदुरीको काममा लगाइयो। उनले पूर्वसम्झौताअनुसार ड्राइभिङ कामको भिसा बनाइदिन कम्पनीसँग आग्र

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 169 पटक पढिएको
  • कोरोनाले राष्ट्रिय सभा निर्वाचन तालिकामा फरक नपार्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताए ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ । प्रवक्ता पौडेलले आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डब

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 117 पटक पढिएको
  • प्रधानसेनापतिलाई के भएको हो?

    बिर्तामोड (नागरिक दैनिकबाट)  प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै प

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 151 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा