पत्रपत्रिका

    Showing २४१-२५० of १,२६७ items.
  • सर्वोच्च अदालतमा न्याय सेवामा संकुचन

    बिर्तामोड (राजधानी दैनिकबाट) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमण दर उच्च बिन्दुमा पुगेसँगै सर्वोच्च अदालतले आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्चको फुलकोर्ट (पूर्ण बैठक)ले बुधबारदेखि लागू हुनेगरी १८ माघसम्म सेवा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका, जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २१४ पटक पढिएको
  • बढी यात्रु राख्नेमाथि ट्राफिक प्रहरीद्वारा धमाधम कारबाही

    बिर्तामोड (राजधानी दैनिकबाट) कोभिड–१९ तथा यसका नयाँ भेरियन्टको रोकथामका लागि सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै सार्वजनिक यातायातका लागि नौबुँदे निर्देशन दिएको छ । मन्त्रिपरिषद्द्वारा जारी आदेशको प्रभावकारी कार्यान्वयन भने नभएको पाइएको छ ।सरकारको ३६ बुँदे आदेशको १२औंं नम्बरमा सार्वजनिक यातायात क्षेत्रले कोभिड नियन्त्रण तथा रोकथामका लागि गर्नुपर्ने आदेशहरू उल्लेख गरिएको छ ।आदेशको पहिलो नम्बरमा नै सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था छ । सबै यात्रुलाई मास्क अनिवार्य गर्ने र सवारीसाधनको ढोकामा सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।काठमाडौं उपत्यकामा सञ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २१९ पटक पढिएको
  • संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताए । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २३२ पटक पढिएको
  • प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व

    बिर्तामोड ( नागरिक दैनिकबाट)  नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ ।‘फाइल आजभोलि नै अर्थमा जान्छ । केही दिनमा दरबन्दी थप हुन

    • प्रकाशित मितिः माघ ५, २०७८
    • २५५ पटक पढिएको
  • तीन वर्षमा खर्च र स्रोतको अवस्था बराबर

    बिर्तामोड (आजको नागरिक दैनिकबाट) अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो।चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण अवश्य होइन।मन्त्रालयले भने तीन आर्थिक वर्षका सूचकहरूलाई सामान्य वर्षका रूपमा हेरेर तुलना गरेको देखिन्छ। अहिलेको सरकारले काम गर्न सकेको छैन। चालु आवका तथ्यांकलाई अघिल्ला दुई समस्याग्रस्त आवका तथ्यांकसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ।मन्त्रालयले सोमबार जारी ग

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २०६ पटक पढिएको
  • धमाधम स्वास्थ्यकर्मी संक्रमित, सेवा प्रभावित

    बिर्तामोड (नागरिक दैनिकबाट)  दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ।टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो सेवा रोकिएको छ। त्यसैगरी स्वस्थ जनशक्ति कम भएपछि अस्पतालको नियमित शल्यक्रियासमेत कम भइसकेको र आकस्मिक शल्यक्रिया मात्र चलाएको उनले बताए। ‘अप्रेसन गरेका बिरामीसमेत संक्रमित भएपछि कोभिड वार्डमा सार्नुपरेको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २१२ पटक पढिएको
  • युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

    बिर्तामोड ( नागरिक दैनिकबाट) नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् ।युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकारी गराइसकेका छन् ।उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार,

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २०७ पटक पढिएको
  • नेपालका ७५ प्रतिशत गोही भारतमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले भने, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ ।”यसरी नै रेडियो कलर जडान गरेका

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २१० पटक पढिएको
  • प्रदेश २ को नाम बहुमतले पारित, आज मधेस प्रदेशमा सार्वजनिक बिदा

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट)  प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि पेश गरेको प्रस्ताव प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समर्थन गरेको थियो ।नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । जसमध्ये ८० जना प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरे । जबकी जसपाको ३९, लोसपा १६ माओवादी केन्द्र ८ गरी कुल ६३ मत हुन आउँछ ।एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन समेत मधेशकै पक्षमा थियो । कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २०६ पटक पढिएको
  • परीक्षण गरेकामध्ये झन्डै एक चौथाइमा संक्रमण

    बिर्तामोड (राजधानी दैनिकबाट) पछिल्लो एक सातामा नेपालमा परीक्षण गरेकामध्ये समग्रमा २३ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा २२ पुसमा ५ सय ४० जना संक्रमित रहेकोमा बुधबार मात्रै ३ हजार ७५ जनाका कोरोना संक्रमण देखिएको छ । कुल १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना देखिएको हो ।विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई आधार मान्ने हो भने हालसम्म बनाइएका भ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई काम नगर्ने देखिएको छ । जुन निकै नै चिन्ताको विषय हो, त्यसैले विशेष सतर्कता अपनाउनु नै सर्वोत्तम उपाय हो संक्रमण दरको अवस्था हेर्दा कुल परीक्षणमध्ये २० पुसमा

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २१७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.