पत्रपत्रिका

    Showing २५१-२६० of १,२६७ items.
  • २५ लाख रुपैयाँ तिर्न नसक्दा साउदी अरबमा बन्धक

    बिर्तामोड (अन्नपूर्ण पोस्ट दैनिकबाट) हरेक युवाको सपना हुन्छ– विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने। यही सपना बुनेर ११ वर्षअघि बुटवल–४ का दामोदर क्षेत्री साउदी अरब पुगे। साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो। पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र दुई, चार पैसा कमाएर श्रीमती र छोराछोरीलाई पठाउने।क्षेत्री जब अलहरफीमा पुगे। उनलाई ड्राइभर नभई मजदुरीको काममा लगाइयो। उनले पूर्वसम्झौताअनुसार ड्राइभिङ कामको भिसा बनाइदिन कम्पनीसँग आग्र

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २६४ पटक पढिएको
  • कोरोनाले राष्ट्रिय सभा निर्वाचन तालिकामा फरक नपार्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताए ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ । प्रवक्ता पौडेलले आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डब

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २०९ पटक पढिएको
  • प्रधानसेनापतिलाई के भएको हो?

    बिर्तामोड (नागरिक दैनिकबाट)  प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै प

    • प्रकाशित मितिः पुस २५, २०७८
    • २४६ पटक पढिएको
  • नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा अनुसन्धान

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ ।सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने । सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यक

    • प्रकाशित मितिः पुस २५, २०७८
    • २२६ पटक पढिएको
  • निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता !

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो ।सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।कार्यविधिको दफा ५ मा भनिएको छ, “निर्वाचनको कुनै काममा संलग्न आयुक्त, आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा कार्यरत काज तथा सेवा करारसमेतका कर्मचारी, आयुक्तका आवासमा रहने सुरक्षाकर्मी,

    • प्रकाशित मितिः पुस २५, २०७८
    • २२२ पटक पढिएको
  • संसद् गतिरोध अन्त्य होला?

    बिर्तामोड( नागरिक दैनिकबाट )प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्।‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत सभामुख उभिएपछि त्यसलाई सच्याउन हामीले बैठक सञ्चालनमा अवरोध गर्नुपरेको हो, सभामुखले निकास दिए गतिरोध अन्त्य हुन्छ’, एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रहलाई

    • प्रकाशित मितिः पुस २५, २०७८
    • २११ पटक पढिएको
  • ‘पाँच दलले एमसीसीबारे साझा धारणा बनाऔँ’

    बिर्तामोड (आजको गोरखापत्र दैनिकबाट) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता साझेदार पाँच दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।वरिष्ठ नेता पौडेलले गठबन्धन समन्वय समितिको बैठकमा १२बुँदे प्रस्ताव पेस गर्दै एमसीसीबारे साझा धारणा बनाउनुपर्ने बताएका हुन् ।पौडेलले भने, “आर्थिक सहयोग राष्ट्रको हितमा हुनुपर्छ । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । त्यसैले पाँच दलले स्पष्ट धारणा बनाउनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ ।” उनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्ने, सर्वोच्च अदा

    • प्रकाशित मितिः पुस २५, २०७८
    • २२२ पटक पढिएको
  • राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार

    बिर्तामोड (राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् ।एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमा

    • प्रकाशित मितिः पुस २४, २०७८
    • २२२ पटक पढिएको
  • मानव संसाधनको व्यवस्थापनसँगै नवप्रवर्तन आवश्यकः प्रधानमन्त्री

    बिर्तामोड (गोरखापत्र दैनिकबाटं)प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीले देशको विकासमा आवश्यक पर्ने सीपयुक्त, नयाँ प्रविधिको ज्ञान भएको दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।कर्पोरेट क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘एक्सिलेन्स अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो बताएका हुन् । उनले नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले मानव संसाधनको उचित व्यवस्थापन गर्दै नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।प्रधानमन्त्री देउवाले युवा जनशक्ति विश्वस्तरीय शिक्षा र राम्रो रोजगारीका लागि विदेशिने क्रम बढिरहेकाले त्यसलाई

    • प्रकाशित मितिः पुस २४, २०७८
    • २८८ पटक पढिएको
  • दुई वर्षदेखि उपसभामुखविहीन संसद्

    बिर्तामोड (नागरिक दैनिकबाट) प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन गर्नका लागि अझै पनि तयारी गरिएको छैन। पाँच दलीय गठबन्धनले मन्त्रीसँग उपसभामुख पनि भागवन्डा गरे पनि उपसभामुखको निर्वाचन गर्ने तर्फ काम अघि बढेको छैन।२०७६ माघ १२ सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै खाली भएको उपसभामुख पद २ वर्ष पुग्न लाग्दा समेत खाली नै छ। उपसभामुखको कार्यकक्षमा कोही नभएपछि माकुराको जालो मात्रै देखिन्छ।संसद्मा बहुमत सदस्यले निर्वाचित गरेर उपसभामुख निर्वाचित गर्न सकिने भए पनि सत्तापक्ष पाँच दलीय गठबन्धनले यस तर्फ प्राथमिकता दिएका छैनन्।संविधान बमोजिम संविधान बमोजिम उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने तथा प

    • प्रकाशित मितिः पुस २४, २०७८
    • २१९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.