पत्रपत्रिका

    Showing 251-260 of 1,254 items.
  • श्रम गन्तव्य मुलुकमा कोरोना सङ्क्रमण बढ्दो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) पछिल्लो समयमा नेपाली श्रमिकको प्रमुुख गन्तव्य खाडी क्षेत्रका देशमा पनि कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ ।कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि आफ्नो देशमा प्रवेश गर्ने आप्रवासी श्रमिकको स्वास्थ्य परीक्षणको मापदण्डमा कडाइ गर्न थालेका छन् । पछिल्ला तीन वर्षदेखि कतार र साउदी नेपाली बढी जाने श्रम गन्तव्य देश हुन् ।पछिल्लो सातादेखि कतारमा दैनिक औसत ५०० जना कोरोनाका नयाँ सङ्क्रमित देखिने गरेका छन् भने साउदी अरबमा दैनिक औसतमा ७०० भन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । यस्तै कुुवेत र यूएईमा दैनिक एक हजारको हारहारीमा नयाँ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ ।क

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 105 पटक पढिएको
  • बालिकालाई सुईमार्फत वयस्क बनाएर देहव्यापार

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बाल

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 221 पटक पढिएको
  • बालुवाटार जग्गा प्रकरण : भीआईपीलाई उन्मुक्तिको तयारी

    बिर्तामोड ( समाचारपत्र दैनिकबाट ) बालुवाटार जग्गा घोटाला काण्डको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका राजनीतिक तथा सरकारी कर्मचारी तानिने भएका छन् ।उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्र

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 132 पटक पढिएको
  • राजा वीरेन्द्रको बग्गी प्रदर्शनीमा

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)  नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उक्त बग्गी उपहार दिएकी थिइन् । स्वर्गीय राजा वीरेन्द्रले विसं २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गरेका थिए । 

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 147 पटक पढिएको
  • जापान रोजगारी साढे दुई वर्ष देखि समझदारीमै सीमित

    बिर्तामोड ( नागरिक दैनिकमाबाट ) बसोबास र पारिश्रमिकको दृष्टिकोणले निकै राम्रो मानिएको जापान रोजगारी सुरु गर्न दुईपक्षीय समझदारी भएको साढे दुई वर्ष भए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन।जापान र नेपालबीच २०७५ चैत ११ मा श्रमिक आपूर्ति गर्न सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको थियो।उक्त समझदारीपछि रोजगारीका लागि राम्रो गन्तव्यमा जान पाइने भन्दै थुप्रै युवायुवती हर्षित भएका थिए। स्वदेशमा रोजगारीका अवसर नहुँदा कोरोना महामारी सुरु हुनुअघिसम्म बर्सेनि पाँच लाख युवा श्रम स्वीकृति ९नयाँ र नवीकरण गरेर० लिएर वैदेशिक रोजगारीमा जाने गर्थे।कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या केह

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 148 पटक पढिएको
  • वायुसेवा निगमको सम्पत्ति लीलामीमा जाने संकेत

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) समयमै ऋण तिर्न नसकेपछि नेपाल वायुसेवा निगमको सम्पत्ति लीलामी हुने संकेत देखिएको छ ।सरकार जमानतमा बसेर ६ वर्षअघि नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिए पनि समयै ऋण तथा किस्ता नतिर्दा वायु सेवा निगमको सम्पत्ति लीलामी हुने संकेत देखिएको हो ।निगमले २०७५ सालदेखि लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको किस्ता, ब्याज कुनै बुझाएको छैन । ऋण तिर्नका लागि निगम व्यवस्थापनलाई दुई निकायले बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन ।दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका छन् । सोमवार मात्रै उनीहरूले राजस्व सचिव कृष्णहरि पुष्करसहितका अर्थका अ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 120 पटक पढिएको
  • नेपालगञ्ज नाकाबाट भारतीय मजदुरको आवतजावत धेरै, कोरोना जाँच शून्य

    बिर्तामोड( नेपाल समाचारपत्र दैनिकबाट)नेपालगञ्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक विभिन्न कामको सिलसिलामा नेपाल आउँछन् । पहाडी जिल्लाका नेपाली भारतमा मौसमी काम गर्न गएको जसरी सयौं भारतीय नागरिक दैनिक नेपालगञ्ज नाकाबाट मजदुरी गर्न नेपाल प्रवेश गर्छन् ।बिहान ८ देखि १० बजेको बीचमा भारतबाट मजदुरी गर्न नेपालगञ्ज आउने भारतीय मजदुरको लाइन नै देखिन्छ । भारतीय मजदुर साइकलमा खाना बोकेर नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्ज औद्योगिक क्षेत्र, इँटाभट्टा, भवन र सडक निर्माणका लागि दैनिक सयौं भारतीय मजदुर नेपालगञ्ज आउँछन् ।भारतबाट आउने यी मजदुरको नाकामा कोरोना जाँच हुँदैन । भारतमा ओमिक्रोनको संक्रमित बढिरहँदा भारत

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 129 पटक पढिएको
  • जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

    बिर्तामोड ( राजधानी दैनिकबाट) पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आध

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 121 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन तयारी

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गरेका छन् ।उनले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 129 पटक पढिएको
  • अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारी

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन ।शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा ऐन संशोधन नभएसम्म यो परीक्षा प्रदेश वा विद्यालयबाट लिन सम्भव नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।प्रतिनिधिसभामा बहुमतले पारित गरी राष्ट्रिय सभाको बहुमत वा सरकारले अध्यादेशबाट मात्र ऐन संशोधन गर्न सकिन्छ । संसद्को समितिले गत वर्ष जेठ २९ गते

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा