बिर्तामोड(राजधानी दैनिकबाट) साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ ।श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै ‘वैज्ञानिक आविष्कार’ हुन पाएन । तर, उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको इतिहासमा उल्लेख छ ।तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौः उहिले र अहिले’मा सूर शमशेर नै साइकल भित्र्याउने व्यक्ति
बिर्तामोड(नेपाल समाचारपत्र दैनिकबाट) नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको
बिर्तामोड(आर्थिक अभियान दैनिकबाट) सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने संकेत देखाएको छ । तर, उक्त कम्पनीबाट आयोजना फिर्ता लिएपछि कसरी अगाडि बढाउने भन्ने विषय भने सरकारसँग ब्याकअप योजना नभएको देखिएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले शुक्रवार मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलन उक्त आयोजना अगाडि बढाउन गेजुवालाई समयसीमा तोकिएको बताएकी थिइन् । गेजुवालाई नै पर्खेर बस्न नसकिने उनको भनाइ थियो । गेजुवाबाट उक्त आयोजना खोस्ने रणनीतिमा सरकार लागेको देखिन्छ । तर, गेजुवाबाट आयोजना फिर्ता आएपछि त्यसल
काठमाडौँ / बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी, बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल सुरु भएको छ ।ललिता निवास प्रकरण डिल्लीबजार मालपोत कार्यालयका खरिदारदेखि पूर्वप्रधानमन्त्रीसम्मका व्यक्तिको संलग्नतामा भएको खुलिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गर्दै भूमाफिया र कर्मचारीदेखि तत्कालीन उपप्रधानमन्त्रीसम्मलाई प्रतिवादी बनाएको थियो ।सीआईबीमाथि अख्तियारबाट प्रतिवादी बनाइएका कतिपय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन र बढीमा कर्मचारी
काठमाडौँ / माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहाललाई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् ।पार्टीबाट ती नेता बाहिरिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौकाचाहिँ छैन । राजनीतिक, वैचारिक र सांगठनिक रूपमा फरक मत राख्ने नेताहरू नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ । के अब नयाँ माओवादी पार्टी निर्माण होला ? दाहालले पार्टी निर्माणका लागि निर
बिर्तामोड ( अन्नपूर्ण पोस्ट् दैनिकबाट ) कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो। मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखरप्रसाद कोइराला पक्षका हुन्। निर्वाचनका क्रममा प्रदेश २ बाट आनन्दप्
बिर्तामोड (राजधानी दैनिकबाट) निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन पनि २०७९ फागुनभित्रै गर्न
बिर्तामोड ( राजधानी दैनिकबाट) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।माओवादी केन्द्रको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने छलफल गरिरहेका छन् ।माओवादी केन्द्रले विधान परिमार्जन गर्न विधान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत
बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) रेलमार्फत कन्टेनर ढुवानीमा सेवाप्रदायकबीच प्रतिस्पर्धा बढेपछि नेपालको वैदेशिक व्यापारमा त्यसको लाभ पुग्ने अपेक्षा गरिएको थियो । तर, लाभ त परको कुरा यति बेला आयातकर्तालाई यो थप हैरानीको कारण बन्न पुगेको छ ।भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट निजी रेलसेवा प्रदायकले सेवा शुरू गरेको ३ महीना बितिसकेको छ । यो प्रतिस्पर्धा नेपाली आयातकर्ताका लागि समस्याको एकअर्को अध्याय बन्न पुगेको छ ।नेपाल–भारत रेलसेवा सम्झौता संशोधनबाट नेपालका लागि कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार अन्त्य भएको थियो । डेढ दशकसम्म ढुवानीका एकाधिकार चलाएको कोन्कर
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.